बसको ठक्करबाट घाईते व्यक्ति अझै अचेत,परिचय समेत खुलेन

पोखरा । पोखराको चाईनापुलमा बसमा ठोकिन घाईते हुन पुगेका एक व्यक्ति अझैसम्म अचेत अवस्थामा रहेका छन् भने उनको हालसम्म परिचय समेत खुल्ल सकेको छैन् । शनिबार साँझ करिब ६ः३० बजेको समयमा अम्मरसिंहचोबाट पुथ्बीचोक तर्फ आउदै गरेको पोखरा बस व्यबसायि समितिको ग १ ख ६९९२ को बसमा करिब ५० बर्षको जस्तो देखिने पुरुष एकाएक ठोकिन पुग्दा सक्क्त घाईते भई हालसम्म अचेत अवस्थामा रहेका छन् भने उनको हालसम्म कुनै परिचय खुल्ल नसकेको समितिले जनाएको छ । उनको हाल फिस्टेल हस्पिटलको सघन कक्ष (आईसियू) मा उपचार भईरहेको छ । उपचारमा संलग्न डा. बालगोपाल…

Read More

एनमार्कको अष्ट्रेलियन एजुकेशन फेयर पोखरामा

पोखरा । अष्ट्रेलिया जान चाहाने विद्यार्थीहरु लक्षित गरेर पोखरामा अष्ट्रेलिया एजुकेशन फेयर हुने भएको छ । विद्यार्थीहरुको चाहाना र आवश्यकतालाई मध्यनजर गर्दै एनमार्क एजुकेशन प्रालिले ‘एनमार्क अष्ट्रेलियन एजुकेशन फेयर’को आयोजना गरेको हो । भदौ ४ गते सोमवार एनमार्कको आफ्नै कार्यालय महेन्द्रपुल पोखरामा हुने फेयरमा अष्ट्रेलियाका विभिन्न २० वटा कलेजका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा सम्वन्धी परामर्श दिने प्रालिका अध्यक्ष नविन अधिकारी(नसिव)ले जानकारी दिए । ‘फेयरमा अष्ट्रेलियाका प्राय शहर समेटिने गरी प्रतिनिधिहरुको सहभागिता रहन्छ,’ उनले भने, ‘उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान इच्छुक विद्यार्थी र अभिभावकका लागि फेयर उपयोगी हुनेछ ।’ कन्सल्टेन्सीको एक…

Read More

जहाँ माया त्यहि हुन्छ झलल…गीतबाटै मायालुको बखान (भिडियोसहित)

पोखरा । तिज भनेको बिशेष गरी महिलाहरुको पर्व भन्ने बुझिन्छ । तर हिजो आज समयको परिवर्तनसँगै पुरुष कलाकारहरुले पनि तिज गीत गाउन थालेका छन् । गत वर्ष साँझमा भेट्न आम्ला बरिलै, काँकरी पहेँलै जस्ता गीतमा आवाज भरेकी दुर्गा क्षेत्रीले यस वर्ष पनि तिज गीतलाई निरन्तरता दिदैँ रातो सारी सितारा टलल तिज गित बजारमा ल्याएकी छन् । यसपटकको तिजमा सबैलाई नचाउने उद्देश्यले यो गीत निकालिएको उनी बताउँछिन् । दुर्गा क्षेत्री र सञ्चारकर्मी समेत रहेका नारायण भट्टराईको आवाजमा रहेको गीतमा प्रत्यक्ष प्रतियोगी दोहोरीका बादशाह राजु के.सी.को शव्द सिर्जना छ भने चर्चित सर्जक…

Read More

कास्की एजुकेशनका अध्यक्ष बराल सामाजिक कार्यमा,संस्कृत गुरुकुल आश्रमका ६० वटुकलाई भोजन

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १, भिमकाली पाटनमा रहेको संस्कृत माविमा रहेको गुरुकुल आश्रममा आवासिय रुपमा अध्ययन गर्ने वटुकहरुलाई एक दिनको भोजन सहयोग गर्ने दाता दिन प्रतिदिन आकर्षित हुँदै आएका छन् । शनिबार सञ्चारकर्मी तथा कास्की एजुकेशन प्रा.लिका अध्यक्ष कमल वराल र उनकी धर्मपत्नीले आवासिय रुपमा अध्ययनरत ६० जना वटुकलाई भोजन प्रदान गरेका थिए । वरालले आगामी दिनमा सहयोगलाई निरन्तरता दिदैं विद्यालय र विद्यार्थीेहरुको आवास तथा शैक्षिक क्षेत्रमा सहयोग गर्ने तथा सहयोगी मनहरुलाई प्रोत्साहित गर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीले पोखराको सबैभन्दा पुरानो स्कुल भएर…

Read More

चलचित्र ‘शत्रु गते’को च्यारिटी शो विन्दवासिनी सिनेमा हलमा भोलि

पोखरा । ख्यातिप्राप्त निर्देशक प्रदिप भट्टराईद्धारा निर्देशित नेपाली चलचित्र शत्रु गतेको पोखरामा च्यारिटी शो हुने भएको छ । शो शुक्रवार विहान ८ वजे पोखराको विन्दवासिनी सिनेमा हलमा प्रदर्शन हुनेछ । मह सञ्चारको प्रस्तुतीमा रहेको यस चलचित्रमा चर्चित हास्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, राजाराम पौडेल, शिव हरि पौडेल, किरण केसी लगायत पल शाह, आचल शर्मा, प्रियंका कार्की, बसुन्धरा भुसुल,सुष्मा कार्की, अन्जु महर्जन लगायतको कलाकारको अभिनय रहेको छ । चलचित्र मार्फत समाजमा वातावरणसम्वन्धी सकरात्मक सोचको विकास गर्ने उद्देश्यले ल्याङ्गोईज एशोसियनसन अफ नेपाल (लान)ले च्यारिटी शोको आयोजना गरेको…

Read More

“गण्डकी प्रदेश प्रकृतिको वरदान”-प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश प्रकृतिको वरदान भएको बताएका छन् । गण्डकी प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्बोधनमा उनले गण्डकी प्रदेशको प्रचुर बयान गरे । उनले भने-“यो प्रदेश प्राकृतिक, पर्यटकिय, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक, भाषिक तथा जातिय लगायत सम्पूर्ण हिसावले भरिपूर्ण छ ।” तर यसमा प्रदेश सरकारको चासो केन्द्रित हुनुपर्ने उनको सुझाव छ । सम्बोधनमा उनले गण्डकी प्रदेशका फेवाताल, वेगनासताल, विन्दवासिनी, स्तुपा, मनकामना, मुक्तिनाथ, कालीगण्डकी लगायत धार्मिक, पर्यटकीय तथा प्राकृतिक सम्पदाहरुलाई स्मरण गरे । उनले गण्डकी प्रदेशमा जसलाई जे चाहिन्छ, त्यही पाईने…

Read More

‘गण्डकी प्रदेशको समृद्धि पर्यटनबाट’

पेखरा । पर्यटन क्षेत्रबाट गण्डकी प्रदेशको समृद्धि सम्भव भएको विज्ञहरुले बताएका छन् । बिहीबार पर्यटन पत्रकार मञ्च पोखराले आयोजना गरेको ‘गण्डकी प्रदेशमा आवश्यक पर्यटकीय पूर्वाधार र पोखराको भविष्य’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले पर्यटन क्षेत्रको विकासका लागि पर्यटनमैत्री पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोेड दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गण्डकी प्रदेशको समृद्धिका लागि आफू निरन्तर लागिरहने बताए । ‘पर्यटन क्षेत्रको सुधारका लागि सरकारका तर्फबाट धेरै काम भएका छन्,’ उनले भने, ‘अबको एक वर्षमा पर्यटन क्षेत्रमा धेरै सुधारको अनुभूति हुनेछ ।’ निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन…

Read More

८० वर्षीय वृद्ध आमा भन्छिन-“नातिनातिनालाई पढ्न सिकाएको हेरेर मैले पनि सिके”

तारा पौडेल /पोखरा, १५ असार । “नातिनातिनालाई सिकाएको हेरेर मैले पढ्न सिके ।” यो वाक्य हो, माछापुच्छ«े २ भुजुङ्र्गखोला बस्ने ८० वर्षीय वृद्धा आमा दमयन्ती आचार्यको । उनी अझै अगाडी थप्छिन्—“हाम्रा पाला पढ्ने लेख्ने चलन थिएन, अहिले त विद्यालयमा मात्र होईन्, घर घर हुन्छन् की टोलका बच्चाबच्ची जम्मा पारेर हुन्छ पढ्न सिकाउँछन् । अनि यिनीहरुसँगै बसेर हेर्दा, सुन्दा त मैले पनि पढ्न सिके ।” मुखले बोल्ने मात्र होईन आमाले त टोल पढाई समूहमा राखेका पुस्तक निकालेर नअक्मकाईकन सरर पढेर सुनाईन् । यो देन हो राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत…

Read More

ज्यानै लिने गोल…… तनावमा सान्चेज

काठमाडौं, असार १३ रुसको सारान्स्कस्थित मोर्डोभिया एरिना रंगशालामा विश्वकप फुटबलको समूह ‘एच’को पहिलो खेलमा कोलम्बिया र जापानबीच भेट भयो। खेलको सुरुवातीमै जापानले आक्रमण ग-यो । जापानका सिन्जी काबागाले खेलको तेस्रो मिनेटमै कोलम्बियाली गोलपोस्टमाथि धावा बोले। उनले लगभग गोल हुनेगरी गरेको प्रहारलाई कार्लोस सान्चेजले रोक्ने क्रममा अञ्जानवश उनको हात अघि स-यो । उनले हातले बल रोके। कोलम्बियन समर्थकले आफ्नो टोलीले जापानलाई सजिलै हराउने अनुमान गरेका थिए । तर, त्यस्तो भएन । हारको सबै दोष सान्चेजलाई दिइएको छ। सामाजिक सञ्जालमार्फत उनलाई ज्यान लिने धम्की दिइएको खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ। उनको सुरक्षा सतर्कता बढाइएको…

Read More

प्रदेश ४ मा २४ अर्बको बजेट

पोखरा । प्रदेश ४ को सरकारले आगामी बर्षका लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसदमा बजेट प्रस्तुत गरे । सरकारले केन्द्रीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँट र आन्तरिक स्रोत गरी यो बजेट ल्याएको हो । ६ अर्ब ९१ करोड ७५ लाख चालु खर्च र १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ पुँजीगत र अन्तर सरकारी हस्तान्तरणका लागि १ अर्ब २० करोड रुपैयाँ विनियोजनसहित प्रदेश सरकारले ल्याएको हो । ६६ प्रतिशत पुँजीगत, २९ प्रतिशत…

Read More