प्रदेश ४ मा २४ अर्बको बजेट

पोखरा । प्रदेश ४ को सरकारले आगामी बर्षका लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसदमा बजेट प्रस्तुत गरे । सरकारले केन्द्रीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँट र आन्तरिक स्रोत गरी यो बजेट ल्याएको हो । ६ अर्ब ९१ करोड ७५ लाख चालु खर्च र १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ पुँजीगत र अन्तर सरकारी हस्तान्तरणका लागि १ अर्ब २० करोड रुपैयाँ विनियोजनसहित प्रदेश सरकारले ल्याएको हो । ६६ प्रतिशत पुँजीगत, २९ प्रतिशत…

Read More

दुई दिने ‘तेस्रो मेगा एजुकेशन फेयर’ सकियो

पोखरा । विद्यार्थीको उत्साहजनक सहभागिताका साथ पोखरामा आयोजित तेस्रो ‘मेगा एजुकेशन फेयर’ सकिएको छ । न्युरोडको सिटी स्क्वायरमा शुक्रबार र शनिबार चलेको फेयरमा विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो । इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा वर्षेनी आयोजना गरेको मेलाको यो तेस्रो संस्करण हो । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि मेला सञ्चालन भएको थियो । वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाका अनुसार फेयर सोचेनुरुप सफल भएको छ । ‘फेयरमा विद्यार्थीहरु समूहगत रुपमा आए । शुक्रबार उपस्थिति उल्लेख्य रह्यो । आगामी मेलामा झनै धेरै सहभागिताको आशा राखेका छौं…

Read More

‘तेस्रो मेगा एजुकेशन फेयर’ सुरु

पोखरा । पोखरामा तेस्रो ‘मेगा एजुकेशन फेयर’ शुक्रबारदेखि सुरु भएको छ । न्युरोडको सिटी स्क्वायरमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि मेला सञ्चालन भएको हो । इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा वर्षेनी आयोजना गरेको मेलाको यो तेस्रो संस्करण हो । शुक्रबार मेलाको प्रिजेन्टर समेत रहेको क्विन्सफोर्ड कलेजका प्रतिनिधि एवं इक्यानका केन्द्रिय निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, टाइटल स्पोन्सरमा ग्लोबल रिचकी शाखा प्रबन्धक सरीता गुरुङ र फेयरका इन एशोसिएशन विथमा इम्पल्स इन्टरनेशनलका प्रबन्ध निर्देशक सन्दिप अर्यालले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे । अध्ययनका लागि…

Read More

‘तेस्रो मेगा एजुकेशन फेयर’ आजदेखि

पोखरा । तेस्रो ‘मेगा एजुकेशन फेयर’ पोखरामा आजदेखि सुरु हुँदैछ । इभेन्ट कम्पनी ‘वान अप’ ले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै यो शैक्षिक मेला आयोजना गरेको हो । दुई दिनसम्म न्युरोड स्थित सिटी स्क्वायरमा सञ्चालन हुने फेयरको सम्पूर्ण तयारी सकिएको छ । पोखरामै आधा दर्जन बढी फेयरको सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गरिसकेको वान अपले यस फेयरलाई उपयोगी बनाउन निकै मेहनत गरेको जनाएको छ । वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाका अनुसार फेयरमा सहभागी हुने विद्यार्थी र अभिभावकका लागि निकै राम्रो परामर्शको व्यवस्था गरिएको छ । दुई दिने…

Read More

।ल्यापटप र मोवाईल चोरेको डेढ घण्टामै पक्राउ परे अनिश

पोखरा । चोरी गरेर भागेको डेढ घन्टामा कास्की प्रहरीले चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । सोमबार गैह्रपाटन स्थित पोखरा उद्योग बाणिज्य संघ अन्तर्गतको बालश्रम न्यूनीकरण कार्यक्रमको कार्यालयमा रहेका सामान चोरी गरी भागेको डेढ घन्टामा प्रहरीले चोरी गर्ने व्यक्तिलाई सामान सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की अन्नपूर्ण गाउँपालिका वडा नं २ घर भइ हाल पोखरा लेखनाथ महानगरपालिका बाग्लुङ बसपार्क बस्ने बर्ष १८ का अनिश श्रेष्ठ रहेका छन् । प्रहरीको टोलीले श्रेष्ठकै डेराबाट चोरिएका सामान सहित पक्राउ गरेको हो । श्रेष्ठले चोरी गरेका सामानमा ल्यापटप लेनेभो २ थान, एचपी…

Read More

प्रदेश नं. ४ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पोखरामा शुरु,”खेलकुद विकासमा प्रतिवद्ध छौं “–मुख्य मन्त्री गुरुङ

पोखरा । पोखरा रंगशालामा आइतवारबाट सुरु भएको प्रदेश नं ४ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फ १५ सय मिटर छात्र तर्फको फाइनलमा कास्कीका इस्माइल भण्डारीले स्वर्ण पदक ल्याएका छन् । उनले उक्त दुरी ४ मिनेट ३३.५ सेकेण्डमा पुरा गरे । सोही दौडमा नवलपरासीका सुनिल बिनले रजत पदक हात पारे । उनले उक्त दौड ४ मिनेट ३४.४ सेकेण्डमा पुरा गरेका थिए भने लमजुङ्गका अदित्य मगरले ४ मिनेट ३५.६ सेकेण्डमा दौड पुरा गर्दै काश्य पदक प्राप्त गरे । यसै गरि छात्रा तर्फको १५ सय मिटर दौडमा स्याङ्गजाकी जमुना खरेलले स्वर्ण पदक प्राप्त…

Read More

फेसबुकमार्फत राष्ट्रपति र प्रधानमन्त्रीको चरित्रहत्या गरेको आरोपमा पत्रकार पक्राउ

उदयपुर । राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आपत्तीजनक फोटो बनाएर फेसबुकमा पोष्ट गर्ने पत्रकार पक्राउ परेका छन्। उपहार एमएमका निर्देशक सरोज निरौलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो। सिआईबीको निर्देशनमा उदयपुर प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका निरौलालाई सिआईबीमा पठाइएको उयदपुरका एसपी नवराज भट्टले बताए। निरौलाले सामाजिक सञ्जालमा फोटोसप मार्फत राष्ट्रपति र प्रधानमन्त्रीले अंगालो हालेको फोटो बनाई पोष्ट गरेका थिए । सो फोटोलाई सरकार विरोधीले फेसबुकमा ‘भाइरल’ बनाएका थिए। उनीविरुद्ध बिद्युतीय कारोबार ऐनअुनसार कारबाही गरिने प्रहरीले जनाएको छ। पक्राउ परेका निरौलाको एफएम सञ्चालनको तयारीमा छ।…

Read More

विद्यालयको जग्गामाथि चलखेल ! स्थानीयवासीको विरोध

कमल पौडेल अथक/पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं १८ जामुनवोटमा स्थित रत्न आधारभूत विद्यालयको स्वामित्वमा रहेको १३८ रोपनी जग्गामा चलखेल वढेको छ । हालै सो विद्यालयमा गणपुरक विद्यार्थी नपुगेर विद्यालय नै खारेज भएपछि विद्यालयको जग्गामाथि विभिन्न संस्थाले आँखा गाडेका हुन् । करिव ३ अर्व वरावरको विद्यालयको जग्गामा रातारात स्थानीय जनप्रतिनिधि र माफियाको मिलेमतोमा चलखेल बढको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । हाल सो विद्यालयको जग्गामा भूमाफियाको चलखेलमा जग्गा अन्य प्रयोजनको लागि दिने गोप्य सहमति गरेको वुझिएको छ । शिक्षण संस्था वाहेकको कुनै एक प्रचार संस्था राख्ने भन्दै भूमाफियाहरुले जग्गामा…

Read More

सुकुम्बासीको दीर्घकालीन समाधान खोज्छौं : मेयर जिसी

पोखरा । पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीले सुकुम्बासी समास्यलाई दीर्घकालीन समाधानको उपाय खोजिने बताएका छन् । भूमिहीन अधिकार मञ्च पोखराको आइतबार ज्ञापनपत्र बुझ्दै मेयर जिसीले सुकुम्बासी समस्या साझा भएकाले प्रदेश सरकारले कानुन बनाएपछि महानगरपालिकाले उपयुक्त स्थान खोजेर दीर्घकालीन रुपमा समाधान हुनेगरी काम गर्ने बताए । ‘भूमिहीनको समस्या समाधान र व्यवस्थापन छिट्टै गरिने छ’, मेयर जिसीले भने,‘ वास्तविक भूमिहीनको पहिचान गरेर समस्याको उपाय खोजिने छ ।’ भूमिहीन सुकुम्बासीको स्वास्थ्य, शिक्षा, लगायतका मौलिक अधिकारको बारेमा महानगर सचेत रहेको भनाइ मेयर जिसीको छ । उनले भूमिहीन अधिकार मञ्चका सदस्यहरुलाई आगामी आर्थिक वर्षमा…

Read More

वुद्धजयन्ती तथा श्री श्री आनन्दमुर्तिको जन्मजयन्तीमा मानवसेवा आश्रममा सहयोग 

पोखरा । आनन्दमार्ग प्रचारक संघ नेपाल, कास्की शाखाले श्री श्री आनन्दमुर्तीको जन्मजयन्तीका आवसरमा मानव सेवा आश्रम पोखरामा नगद सहित खाद्यसामाग्रीहरु हस्तान्तरण गरेको छ । नगद तथा जिन्सी गरी २२ हजार २ सय ४१ बराबरको सामाग्री हस्तान्तरण गरिएको हो । चामल, दाल, मसला, चिनी, विस्कुट, वाल्टिन लगायत १५ हजार २ सय ४१ रुपयाको जिन्सी सामाग्री नातिनी सहारा थापाकोे तेश्रो जन्मदिनको अवसरमा हजुरबुवा दलवहादुर  र हजुरआमा नानीमाया थापाले हस्तान्तरण गरेका हुन भने आनन्दमार्गीहरुले संघका तर्फबाट ७ हजार नगद हस्तान्तरण गरे । संघका केन्द्रीय सदस्य विष्णुप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिकारकर्मी तथा आनन्दमार्गी …

Read More