वाममय बन्यो तनहुँ, विजयी ¥यालीमा उर्लियो जनसागर

तारा पौडेल/आरके पोख्रेल तनहुँ । प्रदेश नम्वर ४ अन्तर्गत पर्ने तनहुँ जिल्ला वाममय बनेको छ । ६ सिट रहेको तनहुँमा ६ वटै सिट बाम गठबन्धन (एमाले र माओवादी केन्द्र)ले आफ्नो पोल्टामा पारेको हो ।  प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ वटै सिटमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका हुन् । तनहुँ निर्वाचन क्षेत्र नम्वर १ को प्रतिनिधी सभा सदस्यमा एमाले तर्फका कृष्णकुमार श्रेष्ठ ‘किसान’ निर्वाचित भए । उनले काँग्रेस उपसभापति रामचन्द्र पौडेललाई हराएका हुन् । काँग्रेसको पकट मानिएको तनहुँ निर्वाचन क्षेत्र नम्वर १ मा काँग्रेस तर्फका उम्मेदवार र गठबन्धन तर्फका उम्मेदवार बिचको प्रतिष्पर्धालाई…

Read More

पत्रकार खतिवडा युआरएल पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा । पत्रकार ऋषि खतिवडा युआरएल पत्रकारिता पुरस्कार २०७४ बाट सम्मानित भएका छन् । पोखराको गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले स्थापना तथा सञ्चालन गरेको पुरस्कारको राशी १५ हजार नगद, ताम्रपत्र र दोसल्ला छ । युआरएलको चौथो वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित समारोहमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति प्राडा बुद्धिबहादुर थापा, पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसी, अस्पताल व्यवस्थापन विज्ञ डा. बच्चुकैलाश कैनी र युआरएलका अध्यक्ष सुशील थापाले खतिवडालाई सम्मान गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले युआरएलले कास्की र प्रदेश ४ का विभिन्न स्थानमा सेवासँगै सामाजिक…

Read More

आज साँझ ७ वजेसम्म सवारीसाधन चलाउन निषेध

काठमाडौं ।  दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने जिल्लामा बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ७ बजेसम्म सार्वजनिक र निजी सवारीसाधन चलाउन गृह मन्त्रालयले प्रतिबन्ध लगाएको छ । एम्बुलेन्स, दमकललगायत अत्यावश्यक क्षेत्रका र निर्वाचनको दिनको लागि पास लिएका बाहेक अन्य सवारी साधन चलाए प्रहरीले नियन्त्रणमा लिन सक्ने गृहले जनाएको छ ।

Read More

भाषा संघ नेपालको अध्यक्षमा पुनः खनाल

पोखरा । भाषा संघ नेपाल, कास्कीको दोस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशनले पुनः युवराज खनालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । समितीको प्रथम उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा कोपिला भुजेल, महासचिवमा पूर्णचन्द्र न्यौपाने, सचिवमा मोतिप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा जुनकुमारी गुरुङ निर्वाचित भएका छन् । यसै गरी सदस्यहरुमा सिर्जन भान्साकार्य, राजु विश्वकर्मा, निलम बाटाजु, सविता शेरचन, बालकृष्ण शर्मा, सवि शेरचन र रवि लिगल चयन भएका छन् ।समितीको कार्यकाल २ वर्षको हुनेछ । कार्यक्रममा इक्यान कास्कीका अध्यक्ष मिलन तिवारी, समितीका सल्लाहाकार विना गुरुङ लगायतले बोलेका थिए ।…

Read More

वाम गठवन्धन परित्याग गरि कांग्रेसमा प्रवेश,चुनावको बेलामा मात्रै साईनो जोड्नेलाई भोट नदिनुस् : कृष्ण केसी

 पोखरा । वाम गठवन्धन प्रति असन्तुष्ट जनाउदै पार्टी परित्याग गरि समरबहादुर परियारको नेतृत्वमा १३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरु कास्की क्षेत्र नं १ अन्तर्गत मादी गाउँपालिका वडा ६ मा विहिवार भएको नेपाली कांग्रेसको चुनावी कार्यक्रममा काँग्रेस प्रवेश गरेका हुन् । लोकतन्त्रको रक्षा र कांग्रेसका उम्मेदवारहरुलाई जिताउन उनीहरु वामगठबन्धन छोडेर कांग्रेसमा प्रवेश गरेको समरबहादुर परियारले बताए । यसरी पार्टी प्रवेश गर्नेहरुमा समरबहादुर परियार, नौ बहादुर परियार, सुर्य परियार, तिल बहादुर परियार,मंगल परियार, मौतासि परियार, बलराम परियार,पुर्ण गुरुङ,बेल परियार,रुपेश गुरुङ, सुक बहादुर परियार,सुजन पाण्डे र टेक बहादुर गुरुङ रहेका…

Read More

आठौं पोखरा महोत्सवको मुख्य प्रायोजक नेपाल शालिमार सिमेन्ट

पोखरा । आठौं पोखरा महोत्सवलाई नेपाल शालिमार सिमेन्टको साथ रहेको छ । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखि माघ ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवलाई नेपाल शालिमार सिमेन्टले मुख्य प्रायाजनमा रहेर साथ दिने भएको हो । महोत्सव आयोजक युनाइटेड क्लव र नेपाल शालिमार सिमेन्टका पोखरा प्रतिनिधी तथा सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश चौधरी बीच महोत्सवको मुख्य प्रायोजकको सहमती पत्रमा हस्ताक्षर गरेको हो । आइतबार महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिती संयोजक सुक बहादुर गुरुङ, महोत्सव प्रचार प्रसार उपसमिती संयोजक…

Read More

महोत्सव पेटीमा होइन सडकमै ठिक

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखरा यतिबेला १९ औं पोखरा सडक महोत्सवको तयारीमा जुटेको छ । तयारीकै क्रममा रेवान पोखराले पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका पदाधिकारी, लेकसाइडका स्थानिय समुह तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुसंग अन्र्तक्रियात्मक छलफल सम्पन्न गरेको छ । छलफलका सहभागिहरुले यसपटकको पोखरा सडक महोत्सव पेटीमा नभई सडकमै गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सडक महोत्सवको नारा र विशेषतानै सडकमै खाने सडकमै नाच्ने र सडकमै रमाउने भएकाले यसलाई पेटीमा सिमित गर्न नहुने औल्याए । महोत्सवले पाँच दिनसम्म सडक अबरुद्ध गरेको…

Read More

महायज्ञमा १५ लाख बढी संकलन

श्रीभद्र पौडेल /हेमजा । पोखरा–२५, हेमजा, सुईखेत स्थित अम्विका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापनार्थ मंगलवारदेखि सुरु श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बुधवारसम्ममा प्रन्ध्र लाख बढी संकलन भएको छ । महायज्ञ यहि मंसिर १२ गतेसम्म चल्दैछ । बुधवार महायज्ञमा स्वर्ण महोत्सव मुल समारोह समितिका अध्यक्ष शोभाकर भण्डारीले नगद दुई लाख २२ हजार दुई सय २२, गुरुयोजना निर्माण समितिका अध्यक्ष तीर्थ लुईटेलबाट एक लाख १५ हजार पाँच सय ५५, महायज्ञका सह–कोषाध्यक्ष सुवाश भण्डारीबाट एक लाख २५ हजार पाँच सय ५५, महायज्ञका संरक्षक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रराज पौडेलबाट एक लाख १ हजार…

Read More

शनिवार पोखरामा बृहद चुनावी सभा,ओली र प्रचण्डले सम्बोधन गर्ने

पोखरा ।  बाम गठबन्धनले शनिवार पोखरामा बृहद चुनावी सभा गर्ने भएको छ । प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनको तयारी, बाम गठबन्धनका नीतिगत एजेण्डा, विकासका एजेण्डाका साथै विकासका एजेण्डासमेत औपचारिक रुपमा जनतासमक्ष सिधै पु¥याउन मंसीर ९ गते शनिवार पोखराको अमरसिंहचौरमा बृहद चुनावी सभा गर्न लागेको बाम गठबन्धन निर्वाचन जिल्ला संयोजन समितिले मंगलवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पोखरामा हुने चुनावी सभा वाम गठबन्धनको अन्तिम चुनावी सभा हो । यस चुनावी सभालाई शक्ति प्रदर्शनको रुपमा पनि हेरिएको छ । बृहद चुनावी सभालाई बाम गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने आयोजकले…

Read More

आठौ संस्करणको पोखरा महोत्सवमा ९० प्रतिशत स्टल बुकिङ

पोखरा । पोखराको अमरसिंह चौरमा आयोजना हुने आठौं संस्करणको पोखरा महोत्सवका ९० प्रतिशत स्टल बुकिङ सम्पन्न भएको छ । आगामी पुसको २७ देखि माघ ८ गते सम्म युनाइटेड क्लवको आयोजनामा पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ सम्पन्न भएको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक तथा युनाइटेड क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । २ सय २० वटा स्टल रहने पोखरा महोत्सवमा ९० प्रतिशत स्टल बुकिङ सम्पन्न भइसकेको र बांकी रहेका स्टलमा पर्यटन प्रवद्र्धन सम्बन्धी स्टल राख्न चाहनेहरुका लागी निशुल्क स्टलको ब्यवस्था समेत मिलाइने…

Read More