सार्वजनिक स्थलमै घन्कियो लुट्न सके लुट

पोखरा । पशुपति शर्माको विवादमा परेको गीत ‘लुट्न सके लुट’ आइतबार काठमाण्डौँको माइतीघर मण्डला पोखराको मावन अधिकार चोक र नेपालका बिभिन्न ठाउँहरुमा बजाइएको छ । स्वतन्त्र युवाको नाममा गरिएको कार्यक्रममा उक्त गीत बजाएर नाचगान गरिएको थियो । त्यसबाहेक उपस्थित युवाले सरकारको आलोचनामा विभिन्न नारा लगाएका थिए। शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको उक्त गीत सत्ता समर्थक व्यक्तिहरुको धम्कीका कारण शर्माले हटाएका थिए । फोटो फिचर ः

Read More

रुपातालमा बाँध निर्माणका मुआब्जा दिन अर्थ मन्त्रालयले जि.प्र.कालाई २५ करोड

पोखरा “रूपै राम्रो रूपा तालमाथि भीरचोक गाउँ ” बोलको गीतलाई चरितार्थ पार्न कास्कीको तेस्रो ठूलो रूपातालको स्वरूप फेरिने भएको छ । किम्बदन्ती अनुसार घामको किरण र मौसम अनुसार तालको पानीले रङ्ग फेर्ने भएकाले यसको नाम रूपाताल राखिएको हो । तालको वास्तविक क्षेत्रफल १३५ हेक्टर रहे पनि अहिले १०७ हेक्टरमा सीमित भएकाले दक्षिणपट्टी ५७२ मिटर लामो बाँध निर्माण गरेपछि क्षेत्रफल वृद्धि भएर १८३ हेक्टर हुने अनुमान गरिएको छ । बाँध निर्माणका लागि मुआब्जा दिन अर्थ मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई रु २५ करोड उपलब्ध गराएको र मुआब्जा पनि वितरण गरिएपछि बाँध निर्माण…

Read More

सरकारको योजना एकै दिशातर्फ केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारको लक्ष्य र योजना एकै दिशातर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति कास्कीले आज पोखरामा आयोजना गरेको जिल्लास्तरीय समन्वय तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले सरकारका प्राथमिकता र स्रोतसाधन भूगोलअनुसार विविध भए पनि समृद्धिका लागि लक्ष्य र योजना भने एउटै हुनुपर्छ भने । उनले सङ्घ र प्रदेश सरकारले बनाएको नीति तथा योजनाका खाकाअनुसार स्थानीय सरकारले पनि आवधिक योजना बनाउनुपर्ने भनाइ राखे । सङ्घ सरकारको २५ वर्षपछि १२ हजार ५०० डलर प्रतिव्यक्ति आय पुर्याउने लक्ष्य हासिल…

Read More

‘पोखरा म्याराथन आर्थिक समृद्धीका लागि महत्वपूर्ण’ उपमेयर ,गुरुङ

पोखरा । यहि फागुन ७ गते भूतपूर्व खेलाडी मंच नेपालको आयोजनामा हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” पोखराको आर्थिक समृद्धीका लागि महत्वपूर्ण रहेको पोखरा महानगरपालिका उपमेयर मञ्जु गुरुङले बताएकी छन । पोखरा महानगरपालिका वडा अध्यक्षहरु र म्याराथन आयोजक संस्थाका पदाधिकारीहरु संग पोखरा म्याराथन सफल बनाउन आयोजित छलफल कार्यक्रममा उपमेयर गुरुङले पोखरालाई खेलकुद मार्फत आर्थिक समृद्धी हासिल गर्न पनि पोखरा म्याराथन सफल बनाउनु पर्ने कुरामा जोड दिएकी छन । उपमेयर गुरुङले पोखरा म्यारथनलाई महानगरको तर्फबाट सहयोगको निरन्तरता संगै १३ औं संस्करणले सफलता लिने कुरामा आफू ढुक्क रहेको र सबै महानगरबाशीहरुलाई…

Read More

आलु महोत्सवको तयारीआलु महोत्सवको तयारी

पोखरा । दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी बारे शनिवार छलफल भएको छ ।महोत्सव यहि चैत २२ गतेबाट बैशाख १ गतेसम्म हेमजा स्थित विष्णुपादुका खेल मैदानमा हुँदैछ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव हुँदै आइरहेको छ ।शनिवार मुल आयोजक समितिका संयोजक एवं आयोजक विष्णुपादुका क्लवका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले धर्मराज बास्तोलाको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । समितिका सदस्यहरुमा दानबहादुर थापा, ऋषिराम पौडेल, चन्द्रकान्त तिमिल्सीना, शिवकुमार श्रेष्ठ, हरी खड्का, प्रकाशचन्द्र सापकोटा, ईश्वरी बास्तोला, दलबहादुर…

Read More

उद्योग वाणिज्य संघका मनोनित सदस्यहरुको सपथ ग्रहण

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले आफूबाट मनोनित ४ जना सदस्यहरुलाई आइतबार पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको छ । अध्यक्ष अधिकारीले पोखरा उद्योग वाणिज्य संघको विधानको धारा ६.१.१ (ड) ले दिएको अधिकार प्रयोग गरी साधारण सदस्यहरुबाट ४ जनालाई कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको थियो । सपथग्रहण समारोहमा संघका दुई तिहाई सदस्यहरु भने अनुपस्थित रहनु भएको थियो । संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले संघका दुई तिहाई सदस्यहरुले अध्यक्षबाट भएको मनोनयन प्रक्रियाप्रति लिखित असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेको स्मरण गर्दै सपथग्रहण कार्यक्रमप्रति असन्तुष्टी प्रकट गर्नुभयो । संघका महासचिव अजुर्न…

Read More

भेट्रान्स बास्केटबल प्रतियोगिताको उपाधीे ठमेल यूनाइटेडले जित्यो

पोखरा । कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित “तेश्रो कुँवर व्रर्दश एण्ड शन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५” को उपाधी काठमाण्डौको ठमेल यूनाइटेडले जितेको छ । आज पोखरामा सम्पन्न फाइनल खेलमा काठमाण्डौको ठमेल यूनाइटेडले आयोजक कास्की जिल्ला बास्केटबल संघलाई ६४–४८ को स्कोरले पराजित गर्दै उपाधी हासिल गरेको हो । उपाधी संगै ठमेल यूनाइटेडले नगद ५५ हजार ५ सय ५५ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यत उपबिजेतामा चित्त बुझाएको कास्की जिल्ला बास्केटबल संघले नगद ३३ हजार ३ सय ३३ का साथमा ट्रफी,…

Read More

सांसद बरालद्धारा सेती नदी तटबन्ध अवलोकन

पोखरा । पोखरा महानगरपालिका वढा न. २५ हेमजाको सेति नदिमा रहेको तदबन्द गण्डकी प्रदेशका सांसद माननिय रामजि बराल जिवनले आइतबार अबलोकन गरेका छन । अबलोकन बाल कल्यण आधारभुत प्रा. बि देखि क्रान्ति टोल हुदै मसिना बगरसम्म रहेको ३५ वटा तदबन्द अबलोकन गरेका हुन । अबलोकनमा माननिय रामजि बराल सहित वडा अध्यक्ष शोभाखर तिम्सिना, सदस्य जित ब् कार्की र दलबहादुर कुवँर, इन्जिनियर छबिलाल सुबेदी र ई सुजन खण्का सहित स्थानिय बासि सहभागि थिए । उक्त तदबन्द गण्डकी प्रदेश भौतिक पुर्बधार मन्त्रालयले रु दश लाखको बजेट बिनियोजनबाट निर्माण गरिएको थियो । सो…

Read More

आमा बुबाले छोडेपछि विद्यालयको चर्पिमा नातिहरु पाल्दै हजुरआमा

पोखरा। नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ । ‘कुपुत्रो जायते क्वचिदपि कुमाता नभवति’ हिन्दूहरुको धार्मिक ग्रन्थ ‘दुर्गा सप्तशति’ मा छोरो अर्थात् सन्तानहरु निर्दयी हुन सक्लान् तर आमा कहिल्यै पनि कुमाता अर्थात् निर्दयी हुन सक्दिनन्’ भनेर आमाको महिमा गान गरिएको छ । तर, यसको ठीक विपरीत म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा बुबाआमा दुवै यतिसम्मका निर्दयी देखिएका छन् की त्यो कुरा सुन्दा र पढ्दा धेरैलाई विश्वास नलाग्न सक्छ । आफैंले जन्माएका दुई छोरालाई आमाबुबा…

Read More

पशुपति शर्माको लुट्न सके लुट कान्छा, नेपालमै हो छुट भन्ने गित यूट्यूब च्यानलबाट हटाइएको छ ।

  पोखरा।  नेपालका चर्चित लोक दोहोरी गायक पशुपति शर्माले हालसालै बजारमा ल्याएको लुट्न सके लुट कान्छा, नेपालमै हो छुट भन्ने गित यूट्यूब च्यानलबाट हटाइएको छ । गित नेपाल सरकारको दबाब पछि पशुपति शर्माले हटाएका हुन् । गित हटाएको बारे पशुपतिले आफ्नो फेसबुकबाटै सबैलाई जानकारी दिएका छन् । पशुपती ले यस्तो भनेका छन् आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार । हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा…

Read More