“गण्डकी प्रदेश प्रकृतिको वरदान”-प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश प्रकृतिको वरदान भएको बताएका छन् । गण्डकी प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्बोधनमा उनले गण्डकी प्रदेशको प्रचुर बयान गरे । उनले भने-“यो प्रदेश प्राकृतिक, पर्यटकिय, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक, भाषिक तथा जातिय लगायत सम्पूर्ण हिसावले भरिपूर्ण छ ।” तर यसमा प्रदेश सरकारको चासो केन्द्रित हुनुपर्ने उनको सुझाव छ । सम्बोधनमा उनले गण्डकी प्रदेशका फेवाताल, वेगनासताल, विन्दवासिनी, स्तुपा, मनकामना, मुक्तिनाथ, कालीगण्डकी लगायत धार्मिक, पर्यटकीय तथा प्राकृतिक सम्पदाहरुलाई स्मरण गरे । उनले गण्डकी प्रदेशमा जसलाई जे चाहिन्छ, त्यही पाईने…

Read More

‘गण्डकी प्रदेशको समृद्धि पर्यटनबाट’

पेखरा । पर्यटन क्षेत्रबाट गण्डकी प्रदेशको समृद्धि सम्भव भएको विज्ञहरुले बताएका छन् । बिहीबार पर्यटन पत्रकार मञ्च पोखराले आयोजना गरेको ‘गण्डकी प्रदेशमा आवश्यक पर्यटकीय पूर्वाधार र पोखराको भविष्य’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले पर्यटन क्षेत्रको विकासका लागि पर्यटनमैत्री पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोेड दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गण्डकी प्रदेशको समृद्धिका लागि आफू निरन्तर लागिरहने बताए । ‘पर्यटन क्षेत्रको सुधारका लागि सरकारका तर्फबाट धेरै काम भएका छन्,’ उनले भने, ‘अबको एक वर्षमा पर्यटन क्षेत्रमा धेरै सुधारको अनुभूति हुनेछ ।’ निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन…

Read More

८० वर्षीय वृद्ध आमा भन्छिन-“नातिनातिनालाई पढ्न सिकाएको हेरेर मैले पनि सिके”

तारा पौडेल /पोखरा, १५ असार । “नातिनातिनालाई सिकाएको हेरेर मैले पढ्न सिके ।” यो वाक्य हो, माछापुच्छ«े २ भुजुङ्र्गखोला बस्ने ८० वर्षीय वृद्धा आमा दमयन्ती आचार्यको । उनी अझै अगाडी थप्छिन्—“हाम्रा पाला पढ्ने लेख्ने चलन थिएन, अहिले त विद्यालयमा मात्र होईन्, घर घर हुन्छन् की टोलका बच्चाबच्ची जम्मा पारेर हुन्छ पढ्न सिकाउँछन् । अनि यिनीहरुसँगै बसेर हेर्दा, सुन्दा त मैले पनि पढ्न सिके ।” मुखले बोल्ने मात्र होईन आमाले त टोल पढाई समूहमा राखेका पुस्तक निकालेर नअक्मकाईकन सरर पढेर सुनाईन् । यो देन हो राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत…

Read More

ज्यानै लिने गोल…… तनावमा सान्चेज

काठमाडौं, असार १३ रुसको सारान्स्कस्थित मोर्डोभिया एरिना रंगशालामा विश्वकप फुटबलको समूह ‘एच’को पहिलो खेलमा कोलम्बिया र जापानबीच भेट भयो। खेलको सुरुवातीमै जापानले आक्रमण ग-यो । जापानका सिन्जी काबागाले खेलको तेस्रो मिनेटमै कोलम्बियाली गोलपोस्टमाथि धावा बोले। उनले लगभग गोल हुनेगरी गरेको प्रहारलाई कार्लोस सान्चेजले रोक्ने क्रममा अञ्जानवश उनको हात अघि स-यो । उनले हातले बल रोके। कोलम्बियन समर्थकले आफ्नो टोलीले जापानलाई सजिलै हराउने अनुमान गरेका थिए । तर, त्यस्तो भएन । हारको सबै दोष सान्चेजलाई दिइएको छ। सामाजिक सञ्जालमार्फत उनलाई ज्यान लिने धम्की दिइएको खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ। उनको सुरक्षा सतर्कता बढाइएको…

Read More

प्रदेश ४ मा २४ अर्बको बजेट

पोखरा । प्रदेश ४ को सरकारले आगामी बर्षका लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसदमा बजेट प्रस्तुत गरे । सरकारले केन्द्रीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँट र आन्तरिक स्रोत गरी यो बजेट ल्याएको हो । ६ अर्ब ९१ करोड ७५ लाख चालु खर्च र १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ पुँजीगत र अन्तर सरकारी हस्तान्तरणका लागि १ अर्ब २० करोड रुपैयाँ विनियोजनसहित प्रदेश सरकारले ल्याएको हो । ६६ प्रतिशत पुँजीगत, २९ प्रतिशत…

Read More

दुई दिने ‘तेस्रो मेगा एजुकेशन फेयर’ सकियो

पोखरा । विद्यार्थीको उत्साहजनक सहभागिताका साथ पोखरामा आयोजित तेस्रो ‘मेगा एजुकेशन फेयर’ सकिएको छ । न्युरोडको सिटी स्क्वायरमा शुक्रबार र शनिबार चलेको फेयरमा विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो । इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा वर्षेनी आयोजना गरेको मेलाको यो तेस्रो संस्करण हो । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि मेला सञ्चालन भएको थियो । वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाका अनुसार फेयर सोचेनुरुप सफल भएको छ । ‘फेयरमा विद्यार्थीहरु समूहगत रुपमा आए । शुक्रबार उपस्थिति उल्लेख्य रह्यो । आगामी मेलामा झनै धेरै सहभागिताको आशा राखेका छौं…

Read More

‘तेस्रो मेगा एजुकेशन फेयर’ सुरु

पोखरा । पोखरामा तेस्रो ‘मेगा एजुकेशन फेयर’ शुक्रबारदेखि सुरु भएको छ । न्युरोडको सिटी स्क्वायरमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि मेला सञ्चालन भएको हो । इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा वर्षेनी आयोजना गरेको मेलाको यो तेस्रो संस्करण हो । शुक्रबार मेलाको प्रिजेन्टर समेत रहेको क्विन्सफोर्ड कलेजका प्रतिनिधि एवं इक्यानका केन्द्रिय निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, टाइटल स्पोन्सरमा ग्लोबल रिचकी शाखा प्रबन्धक सरीता गुरुङ र फेयरका इन एशोसिएशन विथमा इम्पल्स इन्टरनेशनलका प्रबन्ध निर्देशक सन्दिप अर्यालले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे । अध्ययनका लागि…

Read More

‘तेस्रो मेगा एजुकेशन फेयर’ आजदेखि

पोखरा । तेस्रो ‘मेगा एजुकेशन फेयर’ पोखरामा आजदेखि सुरु हुँदैछ । इभेन्ट कम्पनी ‘वान अप’ ले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै यो शैक्षिक मेला आयोजना गरेको हो । दुई दिनसम्म न्युरोड स्थित सिटी स्क्वायरमा सञ्चालन हुने फेयरको सम्पूर्ण तयारी सकिएको छ । पोखरामै आधा दर्जन बढी फेयरको सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गरिसकेको वान अपले यस फेयरलाई उपयोगी बनाउन निकै मेहनत गरेको जनाएको छ । वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाका अनुसार फेयरमा सहभागी हुने विद्यार्थी र अभिभावकका लागि निकै राम्रो परामर्शको व्यवस्था गरिएको छ । दुई दिने…

Read More

।ल्यापटप र मोवाईल चोरेको डेढ घण्टामै पक्राउ परे अनिश

पोखरा । चोरी गरेर भागेको डेढ घन्टामा कास्की प्रहरीले चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । सोमबार गैह्रपाटन स्थित पोखरा उद्योग बाणिज्य संघ अन्तर्गतको बालश्रम न्यूनीकरण कार्यक्रमको कार्यालयमा रहेका सामान चोरी गरी भागेको डेढ घन्टामा प्रहरीले चोरी गर्ने व्यक्तिलाई सामान सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की अन्नपूर्ण गाउँपालिका वडा नं २ घर भइ हाल पोखरा लेखनाथ महानगरपालिका बाग्लुङ बसपार्क बस्ने बर्ष १८ का अनिश श्रेष्ठ रहेका छन् । प्रहरीको टोलीले श्रेष्ठकै डेराबाट चोरिएका सामान सहित पक्राउ गरेको हो । श्रेष्ठले चोरी गरेका सामानमा ल्यापटप लेनेभो २ थान, एचपी…

Read More

प्रदेश नं. ४ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पोखरामा शुरु,”खेलकुद विकासमा प्रतिवद्ध छौं “–मुख्य मन्त्री गुरुङ

पोखरा । पोखरा रंगशालामा आइतवारबाट सुरु भएको प्रदेश नं ४ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फ १५ सय मिटर छात्र तर्फको फाइनलमा कास्कीका इस्माइल भण्डारीले स्वर्ण पदक ल्याएका छन् । उनले उक्त दुरी ४ मिनेट ३३.५ सेकेण्डमा पुरा गरे । सोही दौडमा नवलपरासीका सुनिल बिनले रजत पदक हात पारे । उनले उक्त दौड ४ मिनेट ३४.४ सेकेण्डमा पुरा गरेका थिए भने लमजुङ्गका अदित्य मगरले ४ मिनेट ३५.६ सेकेण्डमा दौड पुरा गर्दै काश्य पदक प्राप्त गरे । यसै गरि छात्रा तर्फको १५ सय मिटर दौडमा स्याङ्गजाकी जमुना खरेलले स्वर्ण पदक प्राप्त…

Read More