पोखरा । अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा जारी १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधी जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा हङकङकका केल लोक इन ताङ र इन्डोनेशियाका जेराल यासिनको जोडीलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै जापानीज जोडीले सो उपाधी रक्षा गरेका हुन् । महिला डबल्सतर्फ चाइनाका ले यु लियु र इटोङ्ग झाङको जोडी प्रथम भएको छन् । चाइनाकै जुछुआन लुओ र जियु झाङको जोडीले वाकओभर दिएपछि लियु र झाङ जोडीले प्रथम स्थान…
Read Moreपोखरामा मेगा शैक्षिक मेला फागुन १० देखि
पोखरा पोखरामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि वान अप प्रा.लि ले मेगा शैक्षिक मेला आयोजना गर्ने भएको छ । पोखरा न्यूरोड स्थित सिटी स्क्वायर परिसरमा यहि फाल्गुन १० र ११ गते मेला आयोजना हुने भएको हो । यो मेला पोखरामा चौथो संस्करण रहेको आयोजकले विज्ञप्तीमा मार्फत जनाएको छ ।वर्तमान परिवेशमा नेपाली विद्यार्थीलाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजील्याण्ड, जापान, युरोप लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृत्तिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उद्देश्यले यस शैक्षिक मेलाको आयोजना गरिएको मुल आयोजक समितिले बताएको छ । उत्कृष्ट कलेज र युनिर्भसिटि तथा…
Read Moreपोखरा म्याराथनको पुरुस्कार राशी १० हजार डलर पु¥याउनुपर्छः मुख्यमन्त्री गुरुङ
पोखरा । १३औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको पूर्व सन्ध्यामा गण्डकी प्रदेश सरकारले आगामी वर्षबाट पोखरा म्याराथनको पुरुस्कार राशीलाई १० हजार डलरसम्म वृद्धी गर्नुपर्ने कुरालाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङले मुख्यताका साथ उठाएका छन् । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं पोखरा म्याराथनका मुख्य संरक्षक पृथ्वी शुव्वा गुरुङले पोखरा म्याराथन सफल बनाउन मुख्यमन्त्री कार्यालयमा शुक्रबार आयोजित उच्च स्तरीय बैठकलाई सम्वोधन गर्दै आगामी वर्षबाट पोखरा म्याराथनको राशीमा वृद्धि गरी अन्तर्राष्ट्रिय धावकहरु पोखरासम्म ल्याउने बातावरण बनाउन बनाउने तर्फ सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताए । सरकारका मन्त्रीहरु, प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष, सचिवहरु, प्रमुख…
Read Moreओली सरकारको एक वर्ष सामान्यः डा। बाबुराम भट्टराई
पोखरा । नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षमा सामान्य भएको बताएका छन् । उनले जनताको आँखाबाट हेर्दा एक वर्ष सामान्य भएको भन्दै दुई तिहाइको सरकारले गुर्न पर्ने काम एक वर्षमा हुन सकेनन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सरकार सुरुदेखि नै चुकेको भन्दै नयाँ कार्यक्रम र योजना ल्याउन नसकेको बताए । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशले शुक्रबार पोखरा आयोजीत पत्रकार सम्मेलनमा भट्टराईले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसेको बताए । उनले सरकार सुशासनको मुद्धा कम्जोर देखीएको, आर्थिक विकासका सुचाकाङ्क नकारात्मक…
Read Moreसिन्धुलीमा आगलागी, दुई घर जले, वृद्धा घाइते
पोखरा। जिल्लाको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर जलेर नष्ट भएको हो । घरमा रहेको ४५ एम्पियरको १२ भोल्टको सोलार ब्याट्री पड्किँदा घरमा आगलागी भई दुवै घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।तार सर्ट भएर ब्याट्री पड्किँदा भएको आगलागीबाट रु पाँच लाख ६४ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । यस्तै हिजै गाउँपालिका–१० धाप्रेमा आगोले जल्दा एक वृद्धा घाइते भएका…
Read Moreतनहुँमा अस्पताल बन्द हुँदा सेवाग्राही मर्कामा
पोखरा । तनहुँ शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित फूलबारी सामुदायिक अस्पताल पाँच महीनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । जनशक्ति अभावले पाँच महीनादेखि अस्पताल बन्द हुँदा यस क्षेत्रका स्थानीयवासी स्वास्थ्य उपचारबाट समेत वञ्चित भएका छन् । मन्त्रिपरिषद्ले ढोरफिर्दी स्वास्थ्य चौकीलाई फूलबारीमा समायोजन गरेर १५ शै्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेपनि अस्पताल बन्द अवस्थामा छ । अस्पताल र स्वास्थ्य चौकीको समायोजन गरी ढोर फूलबारी शहीद अस्पतालको नामबाट सञ्चालन गर्ने तयारी भएपनि जनशक्ति अभावमा अस्पताल बन्द अवस्थामा रहेको छ । सोही वडाको राइपुर निवासी भिमबहादुर थापाले पाँच महीनादेखि अस्पताल बन्द हुँदा स्वास्थ्य उपचारबाट…
Read Moreगण्डकी सरकारको स्थापना दिवसमा ‘वार रुम’ उद्घाटन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीले सपथ ग्रहण गरेको एकवर्ष भएको अबसरमा ‘वार रुम’ उद्घाटन गर्ने भएका छन् । दोस्रो विश्व युद्धताका निर्माण भएको बेलायती प्रधानमन्त्री विन्स्टिन चर्चीलको ‘वार रुम’ अहिले पनि उत्तिकै चर्चामा छ । सोही शैलीमा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पनि वार रुम निर्माणको तयारी पुरा गरेको हो । मुख्मन्त्री पृथ्वी सुब्बा गुरुङले सपथ ग्रहण गरेको आगामी फागुन ४ गते एक वर्ष हुँदैछ । सोही अबसरमा ‘वार रुम’ सुरु गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन गरी आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए । ‘…
Read Moreपोखरामा अन्तराष्ट्रिय नाटक महोत्सव – २०७५ हुने
पोखरा । पोखरामा क्रियाशिल रहेका दुई थिएटर पोखरा थिएटर र युथ क्रियशन थिएटरले पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव – २०७५ गर्ने भएका छन् । आठ दिवशिय यस महोत्सव अन्तर्गतबाट पोखरा थिएटरको गन्धर्व नाटक घरमा यहि फागुन १५ देखि २२ गते सम्म ४ ओटा स्वदेशी र ४ ओटा विदेशी गरी जम्मा ८ वटा नाटक मञ्चन हुने भएको छ । पोखरा थिएटरको वार्षिक उत्सवको अवसर पारेर उक्त महोत्सवको आयोजना गर्न लागिएको बिहिबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । पर्यटन प्रबद्धन र नाट्य संस्कृती विकासका लागि कलात्मक यात्रा मुल मन्त्र सहिलको यस…
Read Moreविश्वभर आज प्रेम दिवस मनाईंदै
पोखरा । विश्वभर आज प्रेम दिवस मनाईंदै छ ।नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ ।तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा…
Read Moreमहान् जनयुद्ध दिवसको २४ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न
पोखरा । महान् जनयुद्ध दिवसको २४ औँ वार्षिक उत्सवमा नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्की जिल्लाको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्गको मुख्य आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । नेपालको इतिहासमा २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा जनयुद्धको सुरुवात भएको थियो र त्यसले १० वर्ष सम्म शसत्र युद्ध द्धारा मुलुकलाई गणतन्त्र स्थापना गर्न महत्वपुर्ण भुमिका खेल्यो । सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्कीले बुधवार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा…
Read More