पोखराको याम्दीमा ४ वर्षीय बालिकालाई बलात्कारको प्रयास गर्ने २५ वर्षीय युवक पक्राउ

पोखरा । पोखराको याम्दीमा ४ वर्षीय बालिकालाई बलात्कारको प्रयास गर्ने एक युवकलाई प्रहरीले विहिवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा याम्दीकै २५ वर्षीय सुजन श्रेष्ठ हुन् । घट्ना मंगलवारको हो । श्रेष्ठले ललाई फकाई एकान्तमा लगेर बालिकालाई अस्वभाविक क्रियाकलाप गरेको पिडित बालिकाले गएराति मात्र आमालाई बताएपछि घट्ना बाहिर आएको हो । युवकले बुधवार पनि बालिकालाई फकाउने प्रयास गरेका थिए तर बालिकाको आमाले थाहा पाएपछि बालिकालाई उक्त युवकसँग जानबाट रोकेकी थिईन् । त्यसपछि मात्र बालिकाले आमालाई श्रेष्ठले गरेको अस्वभाविक क्रियाकलापकोे बारेमा बताएपछि घट्ना बाहिरिएको हो । त्यसपछि स्थानिय मधुकर पराजुलीले प्रहरीलाई…

Read More

कुमारी बैंकका सेवाग्राहीलाई युआरएलमा २५ प्रतिशत छुट

पोखरा । कुमारी बैंक लिमिटेड र पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)बीच सेवामा सहुलियता दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी, बैंकका पोखरा शाखा प्रबन्धक सुदर्शनजंग राणा र युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले हस्ताक्षर गरेका छन् । बैंकका सेवाग्राही, कर्मचारी, सेयरधनी र सञ्चालकले युआरएल हुने सबै प्रकारका रक्त परीक्षणमा २५ प्रतिशत छुट पाउनेछन् । यो सम्झौता २ वर्षसम्म मान्य हुने बताइएको छ । बैंकका पोखरा शाखा प्रबन्धक राणाले सेवाग्राहीलाई सुविधा दिन यस प्रकारको सम्झौता भएको बताए । देशभर कुमारीका ९० शाखा र करिब…

Read More

‘लेकसाइडमा केक लेक बेकरी’

पोखरा । युवा ब्यवसायी ओम उपाध्याय र रोशन महर्जनले पोखरामा केक लेक बेकरी संचालनमा ल्याएका छन् । लामो समय देखि ब्यवसाय क्षेत्रमा आवद्ध दुई युवाले लेकसाइडमा आउने पर्यटकलाई लक्षित गरेर बेकरी सप संचालनमा ल्याएका हुन् । केक लेक बेकरीमा ४० भन्दा बढि बेकरी आइटम उपलब्ध हुने संचालक ओम उपाध्यायले जानकारी दिए । उनले भने ‘लेकसाइड पर्यटकीय स्थल हो तर यहाँ विशुद्ध बेकरी सपको अभाव देखिएकाले हामीले संचालननमा ल्याएका हौ ।’ ‘लेकसाइड भन्दा वित्तिकै धेरैले महँगो रुपमा पनि लिन गर्छन् तर हामीले विदेशी तथा स्वदेशी पर्यटकलाई रिजनेबल मुल्यमा गुणस्तरीय सेवा प्रदान…

Read More

गण्डकी प्रदेशका कृषिमन्त्री र विकास समितीविच छलफल,’वास्तविक किसानको पक्षमा कृषिमन्त्री’

पोखरा । गण्डकी प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगर र अर्थ तथा विकास समितीविच समग्र प्रदेशको विकास र समृद्धिका निमित्त आयोजना कार्यान्वयनका समसामयिक विषयमा छलफल भएको छ । मंगलवार भएको छलफलमा समितीका सदस्यहरुले प्रदेश सरकारको संसदिय अभ्याससँगै पर्याप्त कार्यविधी नहुदा कार्ययोजना कार्यान्वयनमा ढिलाई भएको गुनासो पोखेका छन् । उनीहरुले कानुन नबन्दासम्म कार्यविधी सम्म भए पनि कार्यविधीमा टेकेर काम गर्न सकिने भनाई राखे । जसले गदा विकासका आयोजनाहरु सहि समयमा सम्पन्न हुने र आम नागरिक प्रत्यक्ष लाभान्वित भई गुनासो गर्न पर्ने स्थितीको अन्त्य हुने उनीहरुको भनाई छ । उनीहरुले…

Read More

इक्यान कास्कीको अध्यक्षमा भुवन क्षेत्री सर्वसम्मत

पोखरा। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको अध्यक्षमा भुवन क्षेत्री निर्वाचित भएका छन् । अध्यक्ष क्षत्री सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षका दावेदर रहेका रमेशकुमार थापाले क्षेत्रीलाई सर्वसम्मत गराउन प्रस्ताव गरेका हुन् । थापाकै प्रस्तावमा क्षेत्री अध्यक्ष बनेका हुन् । संस्थालाई एक ढिक्का बनाएर अगाडि बढाउन आफूले त्याग गरेको थापाले बताए । थापा यस अगाडि उपाध्यक्ष थिए । समितिको उपाध्यक्षमा सन्दिप अर्याल निर्वाचित भए । २१ मतसहित अर्याल विजयी हुँदा प्रतिस्पर्धी महेश पौडेलको पक्षमा १३ मत खसेको छ । सचिवमा रुद्रप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष र सचिव…

Read More

विहिवारदेखि बारटेण्डको ट्रे«निङ

पोखरा । पोखराको जिरो किलोमिटरमा रहेको स्कुल अफ बारटेण्डरर्सले विहिवारदेखि विशेष बारटेण्डको टे«निङ दिने भएको छ । तीन जना युवाहरुले संचालनमा ल्याएको बारटेण्डरर्सले विहीबारदेखि तालिम दिने बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चालक मध्येका एक शैलेश शाहीले जानकारी दिए । बारटेण्डरर्सले विशेष गरि बारटेण्डिङ, बारिष्टा, फायर एण्ड जगिङ र वेटरको तालिम दिने अर्का संचालक राजेन्द्र गुरुङले बताए । उनका अनुसार दुई महिने बारटेण्डिङको लागि २५ हजार, एक महिने बारिष्टाको लागि १५ हजार, एक महिने फायर एण्ड जगिङको लागि १५ हजार र एक महिने वेटरको लागि १२ हजार रुपैयाँ लाग्नेछ । पोखरामा पछिल्लो…

Read More

सञ्चारकर्मी रवि लामिछानेको प्रमुख आतिथ्यतामा हङकङमा हाइकिङ

हङकङ । सहारा क्लव पोखराको भातृ संस्था सहारा हङकङले हङकङमा यहि असौज १४ अर्थात सेप्टेम्बर ३० तारिख आइतबारका दिन वृहत हाइकिङ कार्यक्रम आयोजना गर्ने भएको छ । सहारा क्लवद्वारा संचालित सहारा एकेडेमीको सहयोग संकलनार्थ उक्त कार्यक्रम आयोजना गर्न लागिएको सहारा हङकङका अध्यक्ष दिपक गुरुङले बताए । सो बारे जानकारी दिन सहारा हङकङले आयोजना गरेको जानकारी सभामा उक्त हाइकिङ कार्यक्रमको प्रमुख अतिथीको रुपमा चर्चित सञ्चारकर्मी रवी लामिछाने सहभागी हुने भएका छन । सो कार्यक्रममा सहारा हङकङका महासचिब कुमार गुरुङले हाइकिङ कार्यक्रम बाट संकलित रकम मध्ये बाट खर्च कटाएर सबै रकम सहारा…

Read More

उद्घोषण तालिम र पाठेघरको क्यानसर सम्वन्धी सचेतना कार्यक्रम

पोखरा । खहरे आमा समुहले आयोजना गरेको महिलाहरुको क्षमता तथा व्यक्तित्व विकासका लागि ३ दिने उद्घोषण तालिम र पाठेघरको क्यान्सर सम्वन्धी १ दिने स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले अब महिला दिदीबहिनिहरु चुलो र चौकोमा मात्रै सिमित नभई आफ्नो व्यक्तित्व तथा नेतृत्व विकास,आय आर्जन र स्वास्थ्यमा सचेत हुनुपर्नेमा जोड दिए । उनले तालिमले महिलाहरू समाजमा आत्मविश्वासका साथ निर्धक्क बोल्न सक्ने र विषयगत ज्ञान प्रदान गर्ने धारणा व्यक्त गरे । खहरे टोल विकास संस्थाका निवर्तमान अध्यक्ष इमानाथ देवकोटाले…

Read More

एनमार्कको अष्ट्रेलियन एजुकेशन फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता

पोखरा । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको अष्ट्रेलियन एजुकेशन फेयर विद्यार्थीको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ । पोखरा महेन्द्रपुलस्थित एनमार्क एजुकेशन प्रालिले सोमवार आयोजना गरेको उक्त फेयरमा २ सय भन्दा बढि विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको सिनिएर काउन्सिलर सामना क्षेत्रीले जानकारी दिईन् । फेयरमा अष्ट्रेलियास्थित विभिन्न २० भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा सम्वन्धी प्रत्यक्ष परामर्श दिएको प्रालिका अध्यक्ष नविन अधिकारीले जानकारी दिए । अधिकारीले पछिल्लो समय वैदेशिक अध्ययनमा विद्यार्थीको चासो बढेको र उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य अष्ट्रेलिया भइरहेको सन्दर्भमा विद्यार्थीलाई सहि…

Read More

पोउवा संघ निर्वाचनमा महिला उद्यमी शोभा गौतमको सदस्यमा उम्मेदवारी

पोखरा । महिला उद्यमी तथा सामाजिक अभियान्ता शोभा गौतमले पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशनमा उम्मेदवारी प्रस्तुत गरेकी छन् । असोज ५ र ६ गते हुने संघको ३२ औँ महाधिवेशनमा आकाँक्षीहरुले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएसँगै गौतमले आफुलाई सदस्य पदको उम्मेदवारको रुपमा घोषणा गरेकी हुन् । संघ अन्तर्गतको महिला उद्यमी उपसमितिमा रहेर काम गरिसकेकी गौतम लामो समयदेखि व्यवसायिक क्षेत्रमा आबद्ध छन् । छोटो समयमा सफल महिला उद्यमीको पहिचान बनाउन सफल गौतम व्युटिसियन हुन् । एप्पल इन्टरनेशनल एजुकेसन प्रालिका सञ्चालक गौतम सृजनशील नेपालको अध्यक्ष तथा रेडियो कास्कीको उपाध्यक्षको…

Read More