शुक्ला गण्डकीमा युआरएलको शिविर

पोखरा। पोखरा लेखनाथको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) र लायन्स क्लब अफ तनहुँ शुक्ला गण्डकी टाउनको संयुक्त आयोजनामा शनिबार शुक्लागण्डकीमा ३ सय ५ जनाको निःशुल्क रगत जाँच गरिएको छ । शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण गरिएको हो । अन्य सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुट दिइएको थियो । कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. तीर्थलाल उपाध्यायले खानपान, जीवनशैली, सचेतना र उचित उपचारको प्रबन्ध हुँदा मात्रै मानिस स्वस्थ हुन सक्ने औंल्याए । उनले भने, ‘जसरी जीवनशैली र खानपान परिवर्तन भएको छ,…

Read More

नाट्यप्रेमीहरुका लागि नाटक ‘सिरुमारानी’ पोखरा थिएटरमा

राजाराम पौडेल/पोखरा । प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ मा अवस्थित थिएटर तथा थिएटरद्धारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त्त श्रेष्ठ र कास्की क्षेत्र नम्बर २ का सांसद रविन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे । समारोहमा बोल्दै दुवै जनाले पोखरा थिएटर उद्घाटन गर्न पाउनु आफुहरुको अहोभाग्य भएको बताए । पोखरा थिएटर र पोखरेली रगंमञ्चप्रति सधै साथ, सहयोग रहने प्रतिवद्धता दुवैजनाले गरे । थिएटरका संरक्षक शंकरनाथ कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा रंगकर्मी…

Read More

छाउपडी कुप्रथा विरुद्धको जनचेतनामुलक वृत्तचित्र ‘चेतना’को विमोचन

तारा पौडेल/कैलाली । कैलालीको घोडाघोडी नगरपालिका सुख्खड स्थित घोडाघोडी बहुमुखी क्याम्पसमा छाउपडी कुप्रथा विरुद्धको जनचेतनामुलक वृत्तचित्रको आईतबार विमोचन गरिएको छ । ‘चेतना’ नामक उक्त वृत्तचित्रमा सुदुरपश्चिम र मध्यपश्चिमका विकट जिल्लाहरुमा अहिलेसम्म कुप्रथाको रुपमा रहेको छाउपडी प्रथालाई प्रस्तुत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी पुर्व खेलकुद राज्यमन्त्री मोहनसिंह राठौरले असाय दिन दुःखीको सेवामा सधैं लागिरहने बताए । उनले राजनीति सेवा भएका कारण आफु पदमा रहे पनि नरहेपनि यस संस्थाका हरेक क्रियाकलापमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरे । राठौरले विकृति, विसङगती विरुद्ध लाग्न सम्पुर्ण युवाहरुलाई आव्हान समेत गरे । लालीगुराँस सेवा समाज बहराईनका अध्यक्ष…

Read More

दुई पिपलेमा ४ सयको निःशुल्क स्वास्थ्य जाँच

पोखरा । दुई पिपले अस्पताल प्रा.लि, मध्यनेपाल–४, दुई पिपले, लमजुङको आयोजना र पोखरा लेखनाथको युनाइटेड रेफरेन्स ल्यावोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा शनिबार निःशुल्क शिविर भएको छ । शिविरमा ४ सय ७ जनाको मधुमेह तथा रगतमा हुने खराब बोसो सम्वन्धी रक्त परिक्षण गरियो । मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले स्वास्थ्य मानिसले मात्र परिवार, समाज र देशको नेतृत्व गर्न सक्ने बताए । पूर्वीय सभ्यताले उपचारका विभिन्न पद्धति सिकाएको उल्लेख गर्दै उनले विलासी, वेपरवाह र तामसी जीवनशैली छाड्नुपर्नेमा जोड दिए । उनले भने, ‘त्याग, समर्पण र आत्मसन्तुष्टिले हामीलाई स्वास्थ रहन धेरै मद्धत गर्छ…

Read More

वाइवाइ मिसेस कल्चरको ट्यालेन्ट–शो सम्पन्न

पोखरा । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लि.ले सञ्चालन गरेको वाइवाइ दोस्रो मिसेस कल्चर नेपाल–२०७४ को प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभासद् विन्दुकुमार थापाले मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएकोले यसले भोली प्रदेश राजधानी पोखराको चिनारी बनाउन समेत सहयोग पुग्ने बताए । थापाले यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा वरिष्ठ पत्रकार रमेश पौडेल, सिजी फुड्सका सिनियर म्यानेजर मिलन राणा, सिजी ब्रअरीका…

Read More

रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन, एक सय २० जनाको निःशुल्क स्वास्थ्य परिक्षण

पोखरा । पोखरा लेखनाथ-२२ पुम्दी भुम्दी स्थित पुम्दीकोट युवा क्लवले शनिवार गरेको वृहत रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन भएको छ । सोहि कार्यक्रममा गरिएको निःशुल्क स्वास्थ्य परिक्षण अन्तर्गत एक सय २० जनाको स्वास्थ्य परिक्षण गरिएको छ । कार्यक्रममा कास्की क्षेत्र नं. ३ बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद रामजी बराल ‘जीवन’लाई बधाई तथा सम्मान समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले जनताको चाहना अनुरुप नै जनप्रतिनिधिहरुले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । क्लवका अध्यक्ष सुरज बरालको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रकान्त बराल, खेमराज पौडेल, नरनाथ…

Read More

पुम्दीकोट युवा क्लवले शनिवार वृहत रक्तदान तथा सांसद सम्मान कार्यक्रम गर्ने

कमल बराल/पोखरा । पोखरा लेखनाथ-२२ पुम्दी भुम्दी स्थित पुम्दीकोट युवा क्लवले शनिवार वृहत रक्तदान, निःशुल्क स्वास्थ्य परिक्षण तथा सांसद सम्मान गर्ने भएको छ । रेडक्रस कास्कीको प्राविधिक सहयोगमा हुने रक्तदान कार्यक्रममा नि:शुल्क स्वास्थ्य परिक्षणको लागि रोट्रयाक्ट क्लव अफ पोखरा न्यूरोड र रोट्रयाक्ट क्लव अफ मणिपालले सहयोग गर्ने संस्थाका अध्यक्ष सुरज बरालले जानकारी दिए । साथै संस्थाले कास्की क्षेत्र नं. ३ बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद रामजी बराल ‘जीवन’लाई बधाई तथा सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष बरालले बताए। कार्यक्रम शनिवार विहान ८ वजेदेखि पोखरा लेखनाथ-२२, लुकुन्स्वाँरा स्थित क्लव भवन परिसर…

Read More

धार्मिक तथा पर्यटन विकासको लागि लाहाचोकको वानेटाकुरमा महामेला

लाहाचोक । ‘पहिचान माछापुच्छ्रे गाउँपालिकाको, जर्गेना धर्म, संस्कृति र पर्यटनको’ भन्ने मुल नाराका साथ बानेटाकुर धार्मिक क्षेत्र संरक्षण समिति माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकले यहि माघ २२ गतेबाट फागुन २ गतेसम्म महाशिवरात्री मेला गर्ने भएको छ । आयोजक संस्थाले सोमवार लाहाचोकमा पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो । आयोजनाले पत्रकार सम्मेलनमा गराएको जानकारी अनुसार माघ २२ गतेदेखि महाशिवपुराण र २७ गतेदेखि फागुनको २ गतेसम्म महामेला चल्ने छ । मेलामा खुल्ला भलिवल प्रतियोगिता, गाउँपालिका स्तरिय नौमती बाजा प्रतियोगिता, खुल्ला भजन चुड्का प्रतियोगिता, खुल्ला रत्यौली प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, लोपउन्मुख भदौरे भाखा (हुरी गीत)…

Read More

लाहाचोकको वानेटाकुरमा हुने ‘महामेला’को तयारी तिव्र

लाहाचोक । माछापुच्छ्रे ४ लाहाचोकमा माघ २७ गतेदेखि हुने महामेलाको तयारी तिव्र पारिएको छ । वानेटाकुर धार्मिक संरक्षण समितिका सचिव तथा महामेला संयोजक पानबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार माघ २७ गतेदेखि फागुनको २ गतेसम्म महामेला र २२ गतेदेखि महाशिवपुराण चल्ने छ । वानेटाकुरमा रहेको शिवमन्दिरमा हरेक वर्ष मेला लाग्दै आए पनि यस वर्ष महामेला गर्ने धार्मिक क्षेत्र संरक्षण समितिले निर्णय गरेको हो । महामेलाको माध्यमबाट धार्मिक तथा पर्यटकिय महत्व वोकेको वानेटाकुरको प्रवद्र्धन गर्ने आयोजकको लक्ष्य छ । गाउँपालिकामा रहेका पातिखोला गुफा, २२ धारा लगायतका क्षेत्रहरुको प्रचार प्रसारमा महोत्सव फलदायी हुने…

Read More

पोखरा उपत्यका बृहत सफाइ अभियान सेतीका घाटमा

पोखरा । पोखरामा जारी बृहत् सफाइ अभियान वडा नं. २५ स्थित सेती मर्दी दोभानघाटमा शनिबार सम्पन्न भएको छ । ८७ औं हप्ताको उक्त श्रृंखलाअन्तर्गत करिब ५ टन फोहरको थुप्रो सफाइसँगै लथालिङ्ग काठ दाउरा समेत व्यवस्थापन गरिएको अभियन्ता अन्जु केसीले बताइन् । हाम्रा घाटहरु व्यवस्थित, सफा र पवित्र हुनुपर्नछ भन्ने मान्यताका साथ अभियान सेती नदीमा प्रवेश गरेको उल्लेख गर्दै सेती नदीमा सोझै खसालिएका मलमूत्र र दुर्गनिधत ढलहरु अविलम्ब बन्द गर्न महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराइने अभियान संयोजक रामबहादुर पौडेलले बताए । महानगरको झण्डै ३ सय ५ किमी लम्बाईमा फैलिएको सेतीमा करिब ३२…

Read More