पोखरा, ६ बैशाख लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ वि १ नेपालको ७ र ८ गत पोखरामा हुने छैंठौं राष्ट्रिय महाधिवेशनमा द्धितिय भाइस गर्भनरको पदका लागि मणिश्री रत्न बज्राचार्यले आफ्नो उम्मेदबारी प्रस्तुत गरेका छन् । बुधबार पोखरामा पत्रकार सम्मेलन गरि बज्राचार्यले लायन वर्ष २०१८—१९ का लागि उम्मेदवारी प्रस्तुत गरेका हुन् । मणिश्री जिताऔं अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उम्मेदबार बज्राचार्यले डिष्ट्रिकका महत्वपुर्ण पदहरु जोन, रिजन हुदै क्याविनेट सेक्रेटरीको भुमिका निर्वाह गर्दै आफुलाई अव्वल प्रमाणित गरिसकेको उनले दाबी गरे । उनले संस्थाको गरिमा र आदर्शलाई कायम राख्न, गुणस्तरिय सदस्यता वृद्धि गर्न,उचित…
Read Moreभाषा संघ नेपालको शुभकामना आदानप्रदान
पोखरा । भाषा संघ नेपालले नयाँ वर्ष २०७५ को पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रम शुभकामना आदानप्रदानसँगै विविध समसामयिक विषयमाथि छलफल भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले संस्था अग्रपंक्तिमा पुग्न सफल बनोस भन्ने शुभकामना दिनुका साथै संस्थाले उल्लेखनिय कार्यहरु गर्दै जानुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा संस्थाका सल्लाहाकार विक्रम उदास, प्रथम उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्ष कोपिला भुजेल, सचिव मोतिप्रसाद श्रेष्ठ, सल्लाहाकार युवराज पौडेल, सदस्य पुर्णबहादुर थापा, पुर्णकुमारी गुरुङ्ग लगायतले बोलेका थिए । भाषा संघ नेपालका अध्यक्ष युवराज खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पूर्णप्रसाद न्यौपानेले गरेका…
Read Moreपुरुन्चौरमा स्वास्थ्य शिविर
पोखरा । जनसेवा बचत तथा ऋण सहकारी पोखरा–पुरुन्चौरले शनिबार आयोजना गरेको निशुल्क मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षणमा ३ सय ५२ जनाले रगत जाँच गराएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा रामचन्द्र काफ्ले धूमपानले मुटुरोगका समस्या निम्त्याउने बताए । उनले भने, ‘मैले उपचार गरेका हृदयघात भएका बिरामीमध्ये ९० प्रतिशतले धूमपान गर्ने गरेको बताए । यसले रगतमा हुने खराब बोसो बढाउछ र आवश्यक बोसो चाहिँ घटाइदिन्छ ।’ डा. काफ्लेले खानपान र जीवनचर्या सन्तुलित बनाउन सके मधुमेहको जोखिमबाट धेरै हदसम्म बाच्न सकिने…
Read Moreमैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुङ्गियो
पोखरा । प्रदेश नं ४ सरकार सम्मिलित स्थानिय सरकार र पूर्व राष्ट्रिय खेलाडी सम्मिलित भूतपूर्व खेलाडी मंच बिचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुङ्गिएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवश मनाउन पोखरा रंगशालामा उत्साहका साथ आएका प्रदेश ४ का मुख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङ कप्तानी गर्दै मैदान छिरेका थिए । रेफ्रीले खेल सुरु भएको संकेत गरे । खेल प्रतिष्पर्धात्मक नै थियो । तर खेल सुरु भएको १५ मिनेट बित्न नपाउँदै मेघ गर्जन सहित आएको वर्षाले खेलमा बाधा पु¥याएयो । प्रदेश सांसदहरु र पोखरा लेखनाथ महानगर पालिकाका मेयर मान बहादुर जिशी, वडा अध्यक्षहरुको…
Read Moreचलचित्रले समाज परिवर्तनमा सघाउँछ : मुख्यमन्त्री गुरुङ
पोखरा । प्रदेश नम्वर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिहिबार मिडटाउन सिनेमाजमा पुगे । महिला हिंसाको कारकका रुपमा विद्यमान दाईजोप्रथामाथि बनेकोे नेपाली कथानक चलचित्र भोरको प्रिमियर सो मा सहभागि हुन मुख्यमन्त्री हलमा पुगेका हुन् । सिनेमाको बारेमा जानकारी लिँदै मुख्यमन्त्री गुरुङले राज्यले गर्नुपर्ने काम सिनेमाको माध्यमबाट गरिएको भन्दै चलचित्रका निर्माता निर्देशक एवं कलाकारहरुलाई हौसला प्रदान गरेका छन् । समाज परिवर्तनमा सिनेमा साधन बन्न सक्ने भन्दै उनले भोर पनि समाज परिवर्तनको संवाहक बन्ने विश्वास व्यक्त गरे । सिनेमा हेर्न प्रदेश नं ४ का सांसदहरु, बुद्धिजिवी, सामाजिक अभियन्ता, पत्रकार लगायत पनि हलमा…
Read Moreपेट्रोल, डिजेल र मटितेलको मूल्य लिटरमा २ रुपैयाँले बढ्यो
पोखरा । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २ २ रुपैयाँ बृद्धि गएको हो । यो मध्यराति १२ बजेबाट लागू हुनेछ । बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य लिटरको ८५ रुपैयाँ पुगेको छ ।
Read More२३ जनाको उद्धार गर्दै पोखरामा मानवसेवा आश्रमको नवौं शाखा सुरुवात, गायक कर्णदासको गायनसंगै कार्यक्रम आरम्भ
पोखरा । सवैलाई खाना, छाना र नाना भन्ने उद्घोषका साथ पोखरा को सडकपेटीमा कस्टकर जीबनयापन गर्न बाध्य अनाथ, आपाङ, असाहय तथा मानसिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई उद्धार गर्दै लेखनाथपोखरा छोरेपाटन वडा नम्बर १७ मा ९ औं शाखाको रुपमा मानवसेवा आश्रमको सुरुवात भएको छ । सुमधुर स्वरका धनि गायक कर्णदासको “ठुला ठुला महल हैन सिप सिकाउने झुपडी देउ दैब ” भन्ने गायनी संगै कार्यक्रमको आरम्भ भएको थियो । मानव सेवा आश्रमको आयोजना तथा सामाजिक जागरणका लागि नारी अभियानको सह आयोजना मा पोखरा लेखनाथ महानगरपालीका वडा नं १७, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन…
Read Moreविदा कटौतिप्रति मुख्यमन्त्रीको असन्तुष्टी,प्रदेश नामाकरण पहिचानका आधारमा हुनुपर्नेमा सांसदहरुको जोड
भुपाल गुरुङ/पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकारले गरेको आदिवासी जनजाति सांस्कृतिक पर्व विदा कटौतिलाई फिर्ता लिनुपर्ने बताएका छन् । आइतबार तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदले पोखरामा आयोजना गरेको प्रदेश नामाङकन विचार गोष्ठीमा बोल्दै गुरुङले केन्द्र सरकारले संविधानको मर्म विपरित पर्वहरुको विदा कटौति गरेकाले तत्काल निर्णय सच्याउन आग्रह गरे । मुख्यमन्त्री गुरुङले सार्वजानिक विदाका कारण देश विकास हुन नसकेको नभई राजनितिक दलका नेताहरु नै भष्ट्राचार प्रमुख कारण भएको आरोप लगाए । गुरुङले देशका सबै तह र तप्कामा समान अधिकार र पहुँच हुनुपर्ने भन्दै सडकको बलमा अधिकार…
Read Moreएम्वुलेन्स सञ्चालनका लागि भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम
२०७४ चैत्र १७ , शनिबार तारा पौडेल/स्याङ्गजा । प्रगतिशिल युवा क्लवले तेस्रो आँधिखोला ओहियाकप रनिङशिल्ड भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यकम गर्ने भएको छ । कार्यक्रम आउँदो वैशाख १ गतेदेखि ४ गतेसम्म स्याङ्गजाको आँधिखोला २ स्थित क्लवको खेलमैदान ओहियास्थित आँधीखोला बगरमा सञ्चालन हुने क्लवले शनिवार आयोजित छलफल तथा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । “प्रगतिशिल युवा क्लवको अभियान, आँधिखोला गाउँपालिकामा स्तरिय एम्वुलेन्स” भन्ने नारासहित कार्यक्रम गर्न लागिएको क्लवले जनाएको छ । ‘आफ्नो गाउँ आफै बनाऔं’ भन्ने उद्देश्य सहित स्थापित क्लवले विगत तीन वर्षदेखि निरन्तर नयाँ वर्षमा कार्यक्रम गर्ने गरे पनि…
Read Moreनेपाल ज्योतिष परिषद् प्रदेश नम्बर ४ को अध्यक्षमा कोइराला
पोखरा । नेपाल ज्योतिष परिषद् प्रदेश नम्बर ४ को प्रथम अधिवेशनले रामप्रसाद कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको बरिष्ठ उपाध्यक्षमा दुर्गादत्त शर्मा आचार्य, उपाध्यक्षमा मोहराज ढकाल, टेकनारायण शर्मा, शान्ति श्रेष्ठ, भिमनाथ कुइकेल, महासचिवमा ज्यो.कमल पौडेल शास्त्री , उपमहासचिवमा देवीप्रसाद रेग्मी, नारायणप्रसाद पौडेल, कृष्णकान्त काफ्ले, सचिवमा विजय दोरङ्गा, कोषाध्यक्षमा तोयनाथ आचार्य,सहकोषाध्यक्षमा गोविन्द रिजाल, प्रचार सचिवमा दिनेश परियार, संगठन सचिवमा धनपति रेग्मी छन्। त्यस्तै, सदस्यमा उमाकान्त शर्मा, हिरण्यप्रसाद शर्मा, कमलापति रेग्मी, हरि घिमिरे, होमनाथ पोखरेल, खगेन्द्रप्रसाद घिमिरे, ओमप्रसाद उपाध्याय, भुवानीप्रसाद बराल, तेजबहादुर भुजेल, पुष्पराज न्यौपाने र संगीता थापा छन् ।…
Read More