विहिवारदेखि बारटेण्डको ट्रे«निङ

पोखरा । पोखराको जिरो किलोमिटरमा रहेको स्कुल अफ बारटेण्डरर्सले विहिवारदेखि विशेष बारटेण्डको टे«निङ दिने भएको छ । तीन जना युवाहरुले संचालनमा ल्याएको बारटेण्डरर्सले विहीबारदेखि तालिम दिने बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चालक मध्येका एक शैलेश शाहीले जानकारी दिए । बारटेण्डरर्सले विशेष गरि बारटेण्डिङ, बारिष्टा, फायर एण्ड जगिङ र वेटरको तालिम दिने अर्का संचालक राजेन्द्र गुरुङले बताए । उनका अनुसार दुई महिने बारटेण्डिङको लागि २५ हजार, एक महिने बारिष्टाको लागि १५ हजार, एक महिने फायर एण्ड जगिङको लागि १५ हजार र एक महिने वेटरको लागि १२ हजार रुपैयाँ लाग्नेछ । पोखरामा पछिल्लो…

Read More

सञ्चारकर्मी रवि लामिछानेको प्रमुख आतिथ्यतामा हङकङमा हाइकिङ

हङकङ । सहारा क्लव पोखराको भातृ संस्था सहारा हङकङले हङकङमा यहि असौज १४ अर्थात सेप्टेम्बर ३० तारिख आइतबारका दिन वृहत हाइकिङ कार्यक्रम आयोजना गर्ने भएको छ । सहारा क्लवद्वारा संचालित सहारा एकेडेमीको सहयोग संकलनार्थ उक्त कार्यक्रम आयोजना गर्न लागिएको सहारा हङकङका अध्यक्ष दिपक गुरुङले बताए । सो बारे जानकारी दिन सहारा हङकङले आयोजना गरेको जानकारी सभामा उक्त हाइकिङ कार्यक्रमको प्रमुख अतिथीको रुपमा चर्चित सञ्चारकर्मी रवी लामिछाने सहभागी हुने भएका छन । सो कार्यक्रममा सहारा हङकङका महासचिब कुमार गुरुङले हाइकिङ कार्यक्रम बाट संकलित रकम मध्ये बाट खर्च कटाएर सबै रकम सहारा…

Read More

उद्घोषण तालिम र पाठेघरको क्यानसर सम्वन्धी सचेतना कार्यक्रम

पोखरा । खहरे आमा समुहले आयोजना गरेको महिलाहरुको क्षमता तथा व्यक्तित्व विकासका लागि ३ दिने उद्घोषण तालिम र पाठेघरको क्यान्सर सम्वन्धी १ दिने स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले अब महिला दिदीबहिनिहरु चुलो र चौकोमा मात्रै सिमित नभई आफ्नो व्यक्तित्व तथा नेतृत्व विकास,आय आर्जन र स्वास्थ्यमा सचेत हुनुपर्नेमा जोड दिए । उनले तालिमले महिलाहरू समाजमा आत्मविश्वासका साथ निर्धक्क बोल्न सक्ने र विषयगत ज्ञान प्रदान गर्ने धारणा व्यक्त गरे । खहरे टोल विकास संस्थाका निवर्तमान अध्यक्ष इमानाथ देवकोटाले…

Read More

एनमार्कको अष्ट्रेलियन एजुकेशन फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता

पोखरा । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको अष्ट्रेलियन एजुकेशन फेयर विद्यार्थीको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ । पोखरा महेन्द्रपुलस्थित एनमार्क एजुकेशन प्रालिले सोमवार आयोजना गरेको उक्त फेयरमा २ सय भन्दा बढि विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको सिनिएर काउन्सिलर सामना क्षेत्रीले जानकारी दिईन् । फेयरमा अष्ट्रेलियास्थित विभिन्न २० भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा सम्वन्धी प्रत्यक्ष परामर्श दिएको प्रालिका अध्यक्ष नविन अधिकारीले जानकारी दिए । अधिकारीले पछिल्लो समय वैदेशिक अध्ययनमा विद्यार्थीको चासो बढेको र उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य अष्ट्रेलिया भइरहेको सन्दर्भमा विद्यार्थीलाई सहि…

Read More

पोउवा संघ निर्वाचनमा महिला उद्यमी शोभा गौतमको सदस्यमा उम्मेदवारी

पोखरा । महिला उद्यमी तथा सामाजिक अभियान्ता शोभा गौतमले पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशनमा उम्मेदवारी प्रस्तुत गरेकी छन् । असोज ५ र ६ गते हुने संघको ३२ औँ महाधिवेशनमा आकाँक्षीहरुले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएसँगै गौतमले आफुलाई सदस्य पदको उम्मेदवारको रुपमा घोषणा गरेकी हुन् । संघ अन्तर्गतको महिला उद्यमी उपसमितिमा रहेर काम गरिसकेकी गौतम लामो समयदेखि व्यवसायिक क्षेत्रमा आबद्ध छन् । छोटो समयमा सफल महिला उद्यमीको पहिचान बनाउन सफल गौतम व्युटिसियन हुन् । एप्पल इन्टरनेशनल एजुकेसन प्रालिका सञ्चालक गौतम सृजनशील नेपालको अध्यक्ष तथा रेडियो कास्कीको उपाध्यक्षको…

Read More

भोलि पोखरामा एनमार्कको ‘अष्ट्रेलियन एजुकेशन फेयर’

पोखरा । पोखरा महेन्द्रपुल चोक स्थित एनमार्क एजुकेशन प्रालिले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरु लक्षित गरेर अष्ट्रेलियन एजुकेशन फेयरको तयारी अन्तिम चरणमा पुगेको जानकारी सिनिएर काउन्सिलर सामना क्षेत्रीले जानकारी दिईन् । फेयरमा पोखरामा कहिल्यै नआएका कलेज तथा युनिभर्सिटीहरुको समेत उपस्थिति रहने एनमार्क एजुकेशनको दावी छ । भदौ ४ गते सोमवार एनमार्कको आफ्नै केन्द्रिय कार्यालय, महेन्द्रपुल चोकमा हुने एजुकेशन फेयरमा अष्ट्रेलियास्थित विभिन्न २० भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा सम्वन्धी प्रत्यक्ष परामर्श दिने प्रालिका अध्यक्ष नविन अधिकारीले जानकारी दिए । अष्ट्रेलियाका प्रमुख शहरहरुमा रहेका युनिभर्सिटी तथा कलेजहरु…

Read More

बसको ठक्करबाट घाईते व्यक्ति अझै अचेत,परिचय समेत खुलेन

पोखरा । पोखराको चाईनापुलमा बसमा ठोकिन घाईते हुन पुगेका एक व्यक्ति अझैसम्म अचेत अवस्थामा रहेका छन् भने उनको हालसम्म परिचय समेत खुल्ल सकेको छैन् । शनिबार साँझ करिब ६ः३० बजेको समयमा अम्मरसिंहचोबाट पुथ्बीचोक तर्फ आउदै गरेको पोखरा बस व्यबसायि समितिको ग १ ख ६९९२ को बसमा करिब ५० बर्षको जस्तो देखिने पुरुष एकाएक ठोकिन पुग्दा सक्क्त घाईते भई हालसम्म अचेत अवस्थामा रहेका छन् भने उनको हालसम्म कुनै परिचय खुल्ल नसकेको समितिले जनाएको छ । उनको हाल फिस्टेल हस्पिटलको सघन कक्ष (आईसियू) मा उपचार भईरहेको छ । उपचारमा संलग्न डा. बालगोपाल…

Read More

एनमार्कको अष्ट्रेलियन एजुकेशन फेयर पोखरामा

पोखरा । अष्ट्रेलिया जान चाहाने विद्यार्थीहरु लक्षित गरेर पोखरामा अष्ट्रेलिया एजुकेशन फेयर हुने भएको छ । विद्यार्थीहरुको चाहाना र आवश्यकतालाई मध्यनजर गर्दै एनमार्क एजुकेशन प्रालिले ‘एनमार्क अष्ट्रेलियन एजुकेशन फेयर’को आयोजना गरेको हो । भदौ ४ गते सोमवार एनमार्कको आफ्नै कार्यालय महेन्द्रपुल पोखरामा हुने फेयरमा अष्ट्रेलियाका विभिन्न २० वटा कलेजका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा सम्वन्धी परामर्श दिने प्रालिका अध्यक्ष नविन अधिकारी(नसिव)ले जानकारी दिए । ‘फेयरमा अष्ट्रेलियाका प्राय शहर समेटिने गरी प्रतिनिधिहरुको सहभागिता रहन्छ,’ उनले भने, ‘उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान इच्छुक विद्यार्थी र अभिभावकका लागि फेयर उपयोगी हुनेछ ।’ कन्सल्टेन्सीको एक…

Read More

जहाँ माया त्यहि हुन्छ झलल…गीतबाटै मायालुको बखान (भिडियोसहित)

पोखरा । तिज भनेको बिशेष गरी महिलाहरुको पर्व भन्ने बुझिन्छ । तर हिजो आज समयको परिवर्तनसँगै पुरुष कलाकारहरुले पनि तिज गीत गाउन थालेका छन् । गत वर्ष साँझमा भेट्न आम्ला बरिलै, काँकरी पहेँलै जस्ता गीतमा आवाज भरेकी दुर्गा क्षेत्रीले यस वर्ष पनि तिज गीतलाई निरन्तरता दिदैँ रातो सारी सितारा टलल तिज गित बजारमा ल्याएकी छन् । यसपटकको तिजमा सबैलाई नचाउने उद्देश्यले यो गीत निकालिएको उनी बताउँछिन् । दुर्गा क्षेत्री र सञ्चारकर्मी समेत रहेका नारायण भट्टराईको आवाजमा रहेको गीतमा प्रत्यक्ष प्रतियोगी दोहोरीका बादशाह राजु के.सी.को शव्द सिर्जना छ भने चर्चित सर्जक…

Read More

कास्की एजुकेशनका अध्यक्ष बराल सामाजिक कार्यमा,संस्कृत गुरुकुल आश्रमका ६० वटुकलाई भोजन

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १, भिमकाली पाटनमा रहेको संस्कृत माविमा रहेको गुरुकुल आश्रममा आवासिय रुपमा अध्ययन गर्ने वटुकहरुलाई एक दिनको भोजन सहयोग गर्ने दाता दिन प्रतिदिन आकर्षित हुँदै आएका छन् । शनिबार सञ्चारकर्मी तथा कास्की एजुकेशन प्रा.लिका अध्यक्ष कमल वराल र उनकी धर्मपत्नीले आवासिय रुपमा अध्ययनरत ६० जना वटुकलाई भोजन प्रदान गरेका थिए । वरालले आगामी दिनमा सहयोगलाई निरन्तरता दिदैं विद्यालय र विद्यार्थीेहरुको आवास तथा शैक्षिक क्षेत्रमा सहयोग गर्ने तथा सहयोगी मनहरुलाई प्रोत्साहित गर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीले पोखराको सबैभन्दा पुरानो स्कुल भएर…

Read More