दाङमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुग्यो

पोखरा । दाङमा हिजो भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । घाइते १५ जनामध्ये ११ को अवस्था गम्भीर छ । बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का मदन केसी, घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ वर्षीय प्रदीप घिमिरे, पूर्वीरुकुमको भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दाङको दंगीशरण गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय सञ्जित रत्गैया र घोराही उपमहानगरपालिका वडा नम्बर १४ का २७ वर्षीय विजय जिएमको सनाखत भएको हो । उनीहरुको शव परिवारका सदस्यहरुले पहिचान गरेका हुन् । मृतक र घाइते सबै घोराही उपमहानगरपालिका…

Read More

श्रेया सुनारको बलात्कारपछि हत्या गर्ने कुसुमलाई जन्मकैद

पोखरा । कास्कीको पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्या गर्ने कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले जन्मकैदको फैसला सुनाएको छ । मुलुकी संहिता २०७५ पछि यो फैसला भएको यो घटना नेपालको पहिलो जन्मकैद फैसला हो । न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले बुधबार स्याङ्जा स्थायी घर भई पोखरा– २२ पुम्दीभुम्दी बस्दै आएका २७ वर्षीय पौडेललाई जीवित रहेसम्म थुनामा राख्न आदेश दिएको कास्की जिल्ला अदालतका श्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिए । मुलुकी अपराधसंहिता २०७४ को दफा ४१ मा ६ किसिमका कसूरमा कसुरदार जीवित रहेसम्म कैद सजाय गर्ने व्यवस्था गरिएको छ । जसमा…

Read More

रगताम्य अवस्थामा उखुबारीमा भेटिइन् बालिका, बलात्कारको आशंका

पोखरा / धनुषाको ढल्केवर क्षेत्रको एक उखुबारीमा ७ वर्षीया बालिका रगताम्य अवस्थामा भेटिएकी छन् । उनीमाथि बलात्कार भएको आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय, ढल्केवरले उनीमाथि बलात्कार भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय रोशन बस्नेत रहेको ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । उनका अनुसार गएराति नै बस्नेतलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । प्रारम्भिक अनुसन्धानमा बस्नेतले विदेशी चकलेट दिने भन्दै फकाएर बालिकालाई उखुबारीमा लगेका थिए । बालिकाको रक्तस्राव नरोकिएपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ ।

Read More

पेट्रोलियन पदार्थको मूल्य घट्यो

पोखरा । नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २र२ रुपैयाँ घटाउने निर्णय गरेको हो । इण्डियल आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको निगमले जनाएको छ । अब पेट्रोल लिटरको ११० र डिजेल तथा मट्टितेल लिटरको ९७ रुपैयाँ पर्छ ।हवाइ इन्धन र एलपीजी ग्यासको मूल्य भने पुरानै कायम छ ।

Read More

पोखरामा ज्ञानेन्द्रको स्वागतमा गणतन्त्रविरोधी नाराबाजी

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा गणतन्त्रविरोधी नारा लगाएका छन् । राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका छन् । नारा लगाउने क्रममा राष्ट्रिय झण्डाको समेत प्रयोग गरिएको छ । ज्ञानेन्द्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाएका थिए । सयौंको संख्यामा विमानस्थल अगाडि भेला भएका उनीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबारदेखि पोखराको निजी भ्रमण गर्दैछन् । उनी एक साता यहाँ रहने कार्यक्रम छ…

Read More

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा भव्य स्वागतको तयारी

पोखरा। पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार बिहान पोखरा आउदै छन् । पूर्वराजा पूर्वरानी कोलमसहित बिहान बुद्ध एयरको फ्लाइटमा पोखरा आउन लागेका हुन् । उनलाई बिहान ११ः३० बजे पोखरा विमानस्थलमा भब्य स्वागत गर्ने तयारी भइरहेको छ । पूर्वराजाको स्वागत र व्यवस्थापनका लागि समाजसेवी एवं वरिष्ठ पत्रकार केसव भण्डारीको संयोजकत्वमा ५५१ सदस्यीय समिति बनाइएको छ । समितिमा बीपी कांग्रेस, तीन वटै राप्रपा र शिव सेना लगायतको सहभागीता रहेको छ । संयोजक भण्डारीले पूर्वराजाको भब्यतापूर्वक स्वागत गर्ने तयारी भइरहेको बताएका छन् । निजी भ्रमणका लागि पोखरा जाँदै गएर पूर्वराजाले धार्मिक स्थल भ्रमण गर्नुका साथै…

Read More

पाल्पामा सुत्केरी लिएर फर्किंदै जीप दुर्घटना, पाँच जनाको मृत्यु

पोखरा । सुत्केरी लिएर फर्किंदै गरेको जीप पाल्पामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाको जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप गएराति सात बजेतिर आर्गिडाँडा ओढारे भन्ने स्थानमा दुर्घटना भएको थियो । प्रहरी निरीक्षक अमृत भण्डारीका अनुसार मृत्यु हुनेमा पाल्पाको माथागढी गाउँपालिका- ८ बस्ने अन्दाजी ३२ वर्षीया यानीसरा गाहा, वर्ष ४० की बुमा कुमारी दर्लामी, वर्ष ७१ का रेवतबहादुर जीसी, वर्ष २४ की कुनीसरा रुचाल र जीप चालक २० वर्षीय वीरेन्द्र राना छन् । रुचालको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमै र अन्यको घटनास्थलमै…

Read More

यूनिप्स स्पोट्र्स मिट अन्तर्गत विभिन्न खेल जारी

पोखरा। निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स)को चौथो स्र्पोट्स मिट अन्र्तगत फुटबल, भलिबल र कब्बडीका खेल जारी रहेका छन । प्रतियोगिताको खुल्ला विद्या तर्फ छात्र तर्फ फूटबल, छात्र–छात्रा भलिबल र कब्बडीका खेलहरु लेखनाथ भण्डारढिक स्थित खेल मैदानमा संचालन गरिएको प्रतियोगिता प्रतियोगिता प्रचार–प्रसार संयोजक सन्तोष तिवारीले जानकारी दिएका छन । बिहिबार सम्पन्न छात्र फुटबल खेल तर्फ पिनाकल एकेडेमी र कालिका ईङलिस वोर्डिङ स्कुलले जितेका छन । खेलमा पिनाकलले माउन्ट हेभेनलाई र कालिकाले सत्य साईलाई पराजित गरेका छन । त्यस्तै भलिबल छात्र तर्फ वेलनन, स्माइल…

Read More

जीप दुर्घटनामा परि बेहुलाका आमा  बुवासहित ६ को मृत्यु

पोखरा । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका आमा(बुवासहित ६ जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहीबार बिहान २ बजेतिर ठोक्किएका हुन् । मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण…

Read More

छैटौं इक्यान शैक्षिक मेला आजबाट शुरु

पोखरा । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी बुधबारबाट ‘इक्यान शैक्षिक मेला’ भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजना र व्यवस्थानमा पोखराको सभागृह हलमा मेला संचालन हुदैछ । मेला ३ दिनसम्म चल्ने इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए । मेलामा विद्यार्थी तथा अभिभाबकहरुको उत्साहजनक सहभागिता रहनेमा आफूहरु विश्वस्त रहेको क्षेत्रीले बताए । ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभाबकका लागि मेला निकै उपयोगी हुनेछ,’ उनले भने, ‘एकै थलोमा दर्जनभन्दा बढी देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिसँग भेट्ने अवसर मेलामा…

Read More