सातौँ वालिङ महोत्सवको प्रचण्डले उद्घाटन गर्ने,मेलाको तयारी अन्तिम चरणमा

पोखरा । सातौँ वालिङ महोत्सव २०७५ एवम् गण्डकी प्रदेशस्तरीय औद्योगिक, कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।माघ १७ देखि २८ गतेसम्म वालिङ खेलमैदानमा ‘हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुने वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक मूल समिति संयोजक शोभाकान्त पौडेलले बताउनु भयो । महोत्सवको नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक पौडेलले जानकारी दिनुभयो ।उहाँले वालिङ महोत्सव समग्र स्याङ्जा जिल्लावासीको गौरव र पहिचान भएको साथै बालकदेखि बृद्धसम्मलाई लक्षित गरी…

Read More

गण्डकी प्रदेशको पञ्चवर्षीय योजना, आवधिक योजना तयार पार्न १० जिल्लामा सुझाव संकलन सकियो

पोखरा । गण्डकी प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजना ल्याउने भएको छ । सरकारले गठन गरेको प्रदेश नीति तथा योजना आयोगले पञ्चवर्षीय आवधिक योजना तयार पार्न १० जिल्लामा सुझाव संकलन सकिसकेको छ ।चैतभित्रै पञ्चवर्षीय आवधिक योजना ल्याउने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले तिव्र तयारी गरिरहेको छ । आयोगले विकास प्राथमिकताका विभिन्न क्षेत्र छुट्याएर १ सय ६८ प्रश्न तयार पारेको फारम बनाएको छ । जिल्ला–जिल्लामा पुगेर विभिन्न समूह विभाजन गरी स्थानीय तहका जनप्रतिनिधि र विषयगत विज्ञता हासिल गरेका व्यक्तिबाट सोही फारममार्फत सुझाव संकलन गरिरहेको छ । गण्डकी प्रदेशले पर्यटन, ऊर्जा, कृषि, उद्योग र…

Read More

पोखरा चिप्लेढुङ्गामा व्यवस्थीत पार्कीङ्ग सहित क्याफे दी गार्डेन संचालन

पोखरा। पोखराको चल्तीको व्यापारिक केन्द्र चिप्लेढुंगामा रहेको ‘क्याफे दी गार्डेन’ रेस्टुरेन्ट नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएकोछ ।ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय परिकार छिटो, मिठो र सुलभ मूल्यमा उपलब्ध गराउने संचालक अर्जुन गिरीले जानकारी दिए । माघ ७ गतेदेखी १४ गतेसम्म अपनिङ कार्यक्रम राखिएको संचालक गिरीले बताए । ‘ओपनिङको अवसरमा २० प्रतिशत छुट दिएका छौ,’ उनले भने । अर्का संचालक विजय लम्सालले मिठो परिकारका साथै लाइभ म्युजिक पनि राखिने जनाए । उनले भने ‘ ग्राहकको रोजाइ अनुसार खानामा विविधता पस्कन्छौं नै । सँगै लाइभ म्यूजिक पनि राखिने छ । सर्वसाधारण र…

Read More

भट्टराई परिवारद्वारा पाँच लाखको अक्षयकोष स्थापना 

पोखरा । लेकसाइड स्थित भट्टराई परिवारले स्ययाङ्जा  बिरुवा गाउँपालिकामा रहेको नवज्योति माध्यमिक विद्यालयमा ५ लाख १ हजार १ सय १५ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । स्व.माता पूर्णकुमारी भट्टराई (मिठू) को स्मृतीको उनको परिवारले उक्त रकमको अक्षयकोष स्थापना गरेका हुन् । शुक्रबार विद्यालयको ५२ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहका विच स्व.पूर्णकुमारीका परिवारले उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर खड्का र प्रधानाध्यापक बमबहादुर रानालाई संयुक्त रुपमा हस्तान्तरण गरे । स्व.भट्टराईका छोराहरु चित्रबहादुर भट्टराई, चिनबहादुर भट्टराई, गोपीबहादुर भट्टराई, छोरी बिमला अधिकारी भट्टराई र नाती विकास भट्टराईले उक्त रकमको चेक हस्तान्तरण…

Read More

अन्नपूर्ण गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका सडकको स्तरोन्नति कार्य शुरु

पोखरा । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका सडकको स्तरोन्नति कार्य थाल्ने लक्ष्यअनुरूप अन्नपूर्ण गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका सडकको स्तरोन्नति कार्य शुरु गरेको छ । बजेट समेत विनियोजन गरिएको जानकारी दिँदै गाउँपालिका अध्यक्ष युवराज कुँवरले सडकको स्तरोन्नति कार्य अघि बढिसकेको बताए ।स्तरोन्नति गर्न लागिएका सडकमध्ये नयाँ पुल हुँदै घान्द्रुक जोड्ने सडकका लागि गण्डकी प्रदेश सरकारले रु दुई करोड १० लाख छुट्याएको छ भने अन्य अधिकांश सडकका लागि गाउँपालिकाले नै बजेट विनियोजन गरेको छ । गाउँपालिकाले काँडे हुँदै सल्यान जोड्ने ११ किमि। सडकका लागि रु ७० लाख छुट्याएको छ भने वीरेठाँटी हुँदै उल्लेरी…

Read More

फेरि घट्यो इन्धनको मूल्य

पोखरा । नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो। स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन भएको निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। यसअघि प्रतिलिटर ११० पर्ने पेट्रोलको मूल्य १०८ पुगेको छ भने प्रतिलिटर ९७ रुपैयाँमा रहेको मट्टीतेल र डिजेल ९५ रुपैयाँमा झरेको छ। निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

Read More

इन्धनको मूल्यमा फेरी २ रुपैया घट्यो

पोखरा । इन्धनको मूल्य फेरि घटेको छ । नेपााल आयल निगमले बुधबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपेयाँ घटाएको हो । अब पेट्रोल लिटरको १०८ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेल लिटरको ९५ रुपैयाँ पर्छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ । निगमकाअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिण्डर ८० रुपैयाँ ६९ पैसा घाटा छ ।

Read More

गण्डकी प्रदेश सरकारले तनहुँ शुक्लागण्डकीको बेलचौतारामा विश्वविद्यालय खोल्ने निधो

पोखरा । गण्डकी प्रदेश सरकारले तनहुँ शुक्लागण्डकीको बेलचौतारामा विश्वविद्यालय खोल्ने निधो गरेको छ । प्रा.डा. गणेशमान गुरुङको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले भानुभक्त क्याम्पसलाई विश्वविद्यालयको रुपमा विकास गर्न सकिने सुझावसहितको प्रतिवेदन गत असारमा प्रदेश सरकारलाई बुझाएको थियो । भानुभक्त क्याम्पस, यसको स्वामित्वमा रहेको जग्गा र थप सार्वजनिक जग्गा पनि रहेकाले त्यहाँ विश्वविद्यालय खोल्न उपयुक्त हुने सुझाव समितिको थियो । समितिको प्रतिवेदनमाथि छलफल गर्दै मन्त्रिपरिषदले बेलचौतारामा नै विश्वविद्यालय खोल्ने निधो गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले कुल ४ सय ७५ रोपनी क्षेत्रफल जग्गा प्रदेशलाई उपलब्ध…

Read More

१५ औँ लेखनाथ महोत्सव पौषको पहिलो सातादेखि  

पोखरा / १५ औँ लेखनाथ महोत्सव पौषको पहिलो सातादेखि सुरु हुने भएको छ । “महोत्सव लेखनाथको संस्कृित, स्थानिय उत्पादन, विकास र सम्वृद्धि” भन्ने मुल नाराका साथ आयोजित महोत्सव आगामी पौष ५ गतेदेखि १६ गते सम्म संचालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवले औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन, स्थानिय उत्पादन एवं उद्यमशिलता प्रविधि हस्तान्तरण, जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाज जर्गेनामा टेवा पु¥याउने साथै आन्तरिक एवं वाह्य पर्यटक प्रवद्धन गर्ने प्रचारप्रसार उपसमितिका संयोजक…

Read More