आठौं पोखरा महोत्सवको मुख्य प्रायोजक नेपाल शालिमार सिमेन्ट

पोखरा । आठौं पोखरा महोत्सवलाई नेपाल शालिमार सिमेन्टको साथ रहेको छ । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखि माघ ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवलाई नेपाल शालिमार सिमेन्टले मुख्य प्रायाजनमा रहेर साथ दिने भएको हो । महोत्सव आयोजक युनाइटेड क्लव र नेपाल शालिमार सिमेन्टका पोखरा प्रतिनिधी तथा सिजी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक दिनेश चौधरी बीच महोत्सवको मुख्य प्रायोजकको सहमती पत्रमा हस्ताक्षर गरेको हो । आइतबार महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिती संयोजक सुक बहादुर गुरुङ, महोत्सव प्रचार प्रसार उपसमिती संयोजक…

Read More

महोत्सव पेटीमा होइन सडकमै ठिक

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखरा यतिबेला १९ औं पोखरा सडक महोत्सवको तयारीमा जुटेको छ । तयारीकै क्रममा रेवान पोखराले पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका पदाधिकारी, लेकसाइडका स्थानिय समुह तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुसंग अन्र्तक्रियात्मक छलफल सम्पन्न गरेको छ । छलफलका सहभागिहरुले यसपटकको पोखरा सडक महोत्सव पेटीमा नभई सडकमै गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सडक महोत्सवको नारा र विशेषतानै सडकमै खाने सडकमै नाच्ने र सडकमै रमाउने भएकाले यसलाई पेटीमा सिमित गर्न नहुने औल्याए । महोत्सवले पाँच दिनसम्म सडक अबरुद्ध गरेको…

Read More

महायज्ञमा १५ लाख बढी संकलन

श्रीभद्र पौडेल /हेमजा । पोखरा–२५, हेमजा, सुईखेत स्थित अम्विका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापनार्थ मंगलवारदेखि सुरु श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बुधवारसम्ममा प्रन्ध्र लाख बढी संकलन भएको छ । महायज्ञ यहि मंसिर १२ गतेसम्म चल्दैछ । बुधवार महायज्ञमा स्वर्ण महोत्सव मुल समारोह समितिका अध्यक्ष शोभाकर भण्डारीले नगद दुई लाख २२ हजार दुई सय २२, गुरुयोजना निर्माण समितिका अध्यक्ष तीर्थ लुईटेलबाट एक लाख १५ हजार पाँच सय ५५, महायज्ञका सह–कोषाध्यक्ष सुवाश भण्डारीबाट एक लाख २५ हजार पाँच सय ५५, महायज्ञका संरक्षक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रराज पौडेलबाट एक लाख १ हजार…

Read More

आठौ संस्करणको पोखरा महोत्सवमा ९० प्रतिशत स्टल बुकिङ

पोखरा । पोखराको अमरसिंह चौरमा आयोजना हुने आठौं संस्करणको पोखरा महोत्सवका ९० प्रतिशत स्टल बुकिङ सम्पन्न भएको छ । आगामी पुसको २७ देखि माघ ८ गते सम्म युनाइटेड क्लवको आयोजनामा पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ सम्पन्न भएको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक तथा युनाइटेड क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । २ सय २० वटा स्टल रहने पोखरा महोत्सवमा ९० प्रतिशत स्टल बुकिङ सम्पन्न भइसकेको र बांकी रहेका स्टलमा पर्यटन प्रवद्र्धन सम्बन्धी स्टल राख्न चाहनेहरुका लागी निशुल्क स्टलको ब्यवस्था समेत मिलाइने…

Read More

आठौं पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला

पोखरा । आठौं पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको छ । आगामी पुसको २७ देखि पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागी महोत्सवका उपसमितीहरुको बैठकले महोत्सवको स्टल बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो । महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक कमिटीका संयोजक सुक बहादुर गुरुङको अध्यक्षतामा प्रचार प्रसार, कलाकार ब्यवस्थापन र अर्थ तथा स्टल उपसमितीको बैठक समेत सम्पन्न भएको हो । बैठकले पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउका लागी स्टल बुकिङ खुल्ला गरिएकोे अर्थ तथा स्टल उपसमिती संयोजक गणेश तिमिल्सिनाले जानकारी…

Read More

पोखरा ट्रेड मलमा विन्दुकुमार थापा

पोखरा । प्रदेश नम्बर ४ कै नमुना व्यापारिक भवन सञ्चालन गरेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रा.लि. को ५ औं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट दोस्रो कार्यकालको लागि सञ्चालक समिति अध्यक्षमा विन्दुकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट प्रबन्ध सञ्चालकमा मीनराज काफ्ले, सञ्चालकमा (अर्थ) दीपक कुमार मुल्मी, सन्तोष कुमार घिमिरे, वासुदेव पराजुली, शिव शर्मा र  राजुकुमार शर्मा निर्वाचित भएको कम्पनी सचिव माधव तिमिल्सिनाले जानकारी दिए । निर्वाचन अधिकृत अधिवक्ता दामोदर अधिकारी थिए । विभिन्न व्यवसायमा आबद्ध व्यवसायीको सहलगानीमा प्रदेश नम्बर ४ कै पहिलो र अत्याधुनिक मल पोखराको चिप्लेढुंगामा सञ्चालित…

Read More

पुसको २७ गतेदेखि आठौं पोखरा महोत्सव, तयारी तीव्र

पोखरा । आगामी पुसको २७ देखि माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने आठौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक युनाइटेड क्लवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आठौ पोखरा महोत्सवको तयारीलाई तीव्र पारेको जनाएको हो । आठौं संस्करणको पोखरा महोत्सवलाई सफल बनाउनका लागी क्लवका अध्यक्ष सुक बहादुर गुरुङको मुल आयोजक समिती रहने गरी विभिन्न ४१ वटा उपसमितीहरु निर्माण गरी तीब्र रुपमा काम अगाडी वढेको क्लवका महासचिव तथा प्रचार प्रसार संयोजक राजु श्रेष्ठले वताए । “युवाको जांगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ स्थापना भएको क्लवले…

Read More

हाम्रो सहयोगी सहकारीमा सापकोटा

कमल बराल पोखरा, १९ कार्तिक हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शिवप्रसाद सापकोटा निर्वाचित भएका छन् । सहकारीको आईतवार सम्पन्न आठौं साधारणसभा तथा तेस्रो अधिवेशनले दुई वर्षका लागि सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । समितीको उपाध्यक्षमा राधिका योगि, सचीवमा नवीनकिरण भुसाल, कोषाध्यक्षमा दिपेन्द्रबहादुर आचार्य र सहकोषाध्यक्षमा लोकेन्द्र राई चयन भएका छन् । समितीको सदस्यहरुमा गोकर्ण क्षेत्री, दिपेन्द्र शर्मा, ऋषिकुमार श्रेष्ठ, कृष्ण तिमिल्सिना, रुद्रबहादुर वि.क., श्रीजन श्रेष्ठ र कृष्ण कला श्रेष्ठ रहेका छन् । यस्तै लेखा समिति संयोजकमा डिल्लीप्रसाद शर्मा चयन भएका छन् भने सदस्यमा…

Read More

ट्रेडमलको दसैं तिहार उत्सव समापन शनिबार, विविध मनोरञ्जनात्मक कार्यक्रम हुँदै

पोखरा । पोखराको व्यावसायिक प्रतिष्ठान पोखरा ट्रेड मल चिप्लेढुङगाले दसैं तिहार उत्सवको औपचारिक समापन कार्यक्रम शनिबार गर्ने भएको छ ।चाडपर्वलाई लक्षित गरी गत भदौ देखि सञ्चालन भएको दशै तिहार उत्सव–२०७४ अन्तर्गतको नगद वर्षा कार्यक्रमको बम्पर उपहार विजेता छनोट गरिने मलले जनाएको छ । नगद वर्षा कार्यक्रम अन्तर्गत २ सय ७ जनाग्राहकले विभिन्न साप्ताहिक उपहार पाइसकेको मलका अध्यक्ष विन्दु कुमार थापाले जानकारी दिए । शनिबार हुने बम्पर उपहार लक्की ड्र कार्यक्रममा १ लाख रुपैयाँको नगद तथा सपिङ भौचर १ जनाले जित्नेछन् । ६०हजार रुपैयाँ, ४०हजार रुपैयाँ र २५ हजार रुपैयाँको नगदतथा…

Read More

आठौं पोखरा महोत्सव पुस २७ देखि, महोत्सव सफल बनाउन ४१ सदस्यीय उपसमिती गठन

पोखरा । सामाजिक क्षेत्रमा छुट्टै स्थान हासिल गर्न सफल युनाइटेड क्लव पोखराले आयोजना गर्ने आठौ संस्करणको पोखरा महोत्सव आगामी पुसको २७ देखि माघको ८ गते सम्म हुने भएको छ । आठौं संस्करणको पोखरा महोत्सव सफल बनाउनका लागी क्लवका अध्यक्ष सुक बहादुर गुरुङ मुल आयोजक समिति रहने गरी विभिन्न ४१ वटा उपसमितिहरु गठन गरेकोे छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र सेती नदी संरक्षण संगै पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणका लागी आवाज उठाउदै आएको युनाइटेड क्लवले पोखराको अमरसिंह चौरमा आयोजना गर्नेे आठौ संस्करणको पोखरा महोत्सव सफल बनाउनका लागी मंगलबार बसेको…

Read More