पोखरा महोत्सवमा दर्शकको चाप तिव्र

पोखरा / नामै सुन्दा पर्यटक गन्तव्य मानिन्छ । पोखरामा पर्यटकलाई स्वागत गर्न कुनै मेला महोत्सव चाहीदैन । तैपनी पोखरामा प्राय जसो मेला महोत्सवहरु भई रहन्छन् । यतिवेला पोखरामा महोत्सवको पनि उत्सव चलिरहेको छ । यतिबेला ‘स्ट्रिट फेस्टिबल’ अर्थात पोखरा सडक महोत्सव पोखरामा व्यापक रुपमा लागेको छ । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने मुल नारा बोकेर सुरु हुने यो मेलाले पोखराको पर्यटनका लागि खास अर्थ राख्ने गर्छ ।। व्यवसायीले सडकमै खानाका मेनु सजाउँछन्, पस्कन्छन् । दिउसो लोक दोहोरी र झाँकी । रातमा पप कन्र्सटसँगै झुन्छन् पोखरेली । यो सडक महोत्सवको विशेषता…

Read More

गण्डकी प्रदेशमा तमु ल्होसारमा सार्वजनिक विदा – मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ

पोखरा । गण्डकी प्रदेशमा गुरुङहरुले मनाउने साँस्कृतिक पर्व ल्होसारमा सार्वजनिक विदा हुने भएको छ । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तमुहरुको साँस्कृतिक पर्व ल्होसारमा सार्वजनिक विदा दिने घोषणा गरेका हुन् । लमजुङको घलेगाउँ स्मार्ट भिलेज शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले सो घोषणा गरे हुन् । संघिय सरकारले कम्तीमा ६ दिन विदा दिनको लागि प्रदेश सरकारलाई अनुमती दिएको उल्लेख गर्दै मुख्य मन्त्री गुरुङले तमुहरुको बाहुल्यता रहेको गण्डकी प्रदेशमा प्रदेश सरकारले विदा दिने बताए । उनले प्रदेश मन्त्रीपरिषदबाट निर्णय गरी विदा सार्वजनिक गर्ने बताए ।

Read More

लेखनाथ मेलामा आज बज्रचार्यको प्रस्तुती

पोखरा । लेखनाथम मेलामा आज दिपक बज्रचार्यको प्रस्तुती रहनेछ । पोखरा ‘सबैका लागि महोत्सव सधैंका लागि महोत्सव’ भने जस्तै फरक/फरक दर्शकलाई सुहाउने गरि आयोजना गरिएको लेखनाथमा जारी महोत्सवमा आज कलाकार दीपक बज्राचार्यको विशेष प्रस्तुति रहने भएको छ । शनिबार साँझको कन्सर्टमा लोकप्रिय कलाकार बज्राचार्यको सांगीतिक प्रस्तुतिमा दर्शकहरु रमाउने अवसर आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघले जुराएको हो । बज्राचार्य सांस्कृतिक टोलीसहित महोत्सवमा प्रस्तुत हुनेछन् । उनले आफ्ना चर्चित गीतहरु महोत्सवमा गाउने संघका उपमहासचिव तथा प्रचारप्रसार संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए । ‘शनिबार दिउसो पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति…

Read More

पोखरमा नाटक जयगान मन्चन हुने

पोखरा । ओथेलो नाटक समुहले पोखरामा जयगान नाटक मन्चन गर्ने भएको छ । पोखरा उद्योग वाणिज्य संघको हलमा आज र भोली अर्थात शुक्रबार र शनिवार मन्चन हुने नाटक निकै जटिल र प्रयोगवादी रहेको बताईएको छ । नाटक लेखनमा प्रख्यात कृष्ण उदासीको लेखनमा रहेको यस नाटक लाई ओथेलो नाटक समुहका अध्यक्ष आशिस अधिकारीको निर्देशन गरेका छन् । नाटकमा देवेन्द्र पुन मगर, सबु पाठक, शिवानी कुँवर, सुमन कार्की, सृष्टि केसी, सर्जम, सुष्मिता लगायतको अभिनय रहेको छ। समूहलाई पोखराका रंगमञ्चका अनुभवी व्यवस्थापक हेमन्त हितैषीले व्यवस्थापनमा साथ दिएका छन् ,भने संगति संयोजक निर्मल रामदामले…

Read More

अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च नेपाल लिटरेचर फेस्टिभलमा

पोखरा : बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा विमोचन हुने भएको छ । पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने सातौं संस्करणको फेस्टिभलको पहिलो दिन कृति विमोचन हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पेनगुइनले प्रकाशनमा ल्याएको उक्त पुस्तकको नेपाली अनुवाद फाइनप्रिन्टबाट आउने पनि सम्मेलनमा बताइयो । कार्यक्रममा कोइरालाले आफूलाई क्यान्सर लागिसकेपछि भएको दुःख र अनौठो किसिमको अनुभूतिलाई पुस्तकमा समेटेको बताइन् । साथै क्यान्सर भइसकेपछि आफ्नो जीवन कसरी अघि बढिरहेको छ भन्नेसमेत पुस्तकमा उल्लेख रहेको उनको भनाइ छ…

Read More

पोखरामा आज देखि राष्ट्रिय भलिवल प्रतियोगिता सुरु हुदै

पोखरा । पोखरामा आज देखि राष्ट्रिय भलिवल प्रतियोगिता सुरु भएको छ । पोखरा रङगशालामा हुने प्रतियोगिता यहि पुस ७ गतेसम्म जारी रहनेछ । आरबिबि एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिवल प्रतियोगितामा देशका विभिन्न ८ क्लबले सहभागिता जनाउने छन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, मनिमुकुन्द भलिवल क्लब बुटवल, जावलाखेल भलिवल ट्रेनिङ सेन्टर काठ्माण्डौ, ढोरपाटन स्पोर्टस् क्लब काठ्माण्डौ, नयाँबजार स्पोर्टस् क्लब काठमाण्डौ सहभागि हुदैछन् ।

Read More

नयाँबजार मेलामा आज बिक्रमको प्रस्तुती

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित मेलामा शनिबार अवलोकन कर्ताको भीडभाड लागेको थियो। मेला समापन हुन दुई दिन मात्र बाँकी रहँदा पोखराको पहिचान बनेको मेला हेर्नेहरुको घुँइचो लागेको हो । शनिबार करिब ३२ हजार जनाले मेला अवलोकन गरेको अनुमान थियो ।अवलोकनकर्ता बढेपछि कारोवार पनि बृद्धि भएको थियो । संघले आयोजना गर्ने मेला एकपटक पुग्नै पर्ने गन्तव्यको रुपमा विकास भएकोले पनि शनिबार भीडभाड भएको हो’, संघका अध्यक्ष दामु अधिकारीले भने,‘ यो मेला किनमेल गर्ने, उपभोक्ता र उत्पादकबीच सम्बन्ध स्थापना गर्ने माध्यम पनि हो ।’ मेला अब दुई…

Read More

नयाँबजारको मेलामा आज अभिनासको प्रस्तुती

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला’ नामक मेलामा उद्यमशीलता सिकाउन शुक्रबार ‘बि टु बि मिटिङ’ आयोजना हुने भएको छ । नेपाल महिला उद्यमी संघमा आवद्ध महिला उद्यमीहरुको सहभागिता रहने छ भने सो कार्यक्रममा संयोजनमा उद्यमशीलता चाहने महिलाहरुलाई प्रशिक्षण दिइने कार्यक्रम संयोजक तथा संघका उपमहासचिव चिनु गुरुङले बताईन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेला अगाडि बढ्दै गर्दा दर्शक र कारोवारमा पनि वृद्धि भएको छ । साँस्कृतिक कार्यक्रम अन्तर्गत नै शुक्रबार अर्थात आज मंसिर २१ गते चर्चित पप गायक…

Read More

तेस्रो काहुँ धरहरा महोत्सवको तयारी तिव्र,

पोखरा/ पोखरा महानगरपालिका –११ काहुँडाँडामा तेस्रो काहुँ धरहरा महोत्सव हुने भएको छ । काहूँको प्रवद्र्धनका लागि “काहूँ दृश्यावलोकनको एक गन्तव्य” भन्ने नाराका साथ स्थानीय जनकल्याण क्लब तथा फूलबारी क्लबले यही मङ्सिर २८ देखी पुस ८ सम्म महोत्सव आयोजना गरेर काहूँको प्रचारप्रसार गर्ने लक्ष्य राखेका छन् । पोखराबाट नजिकको दूरीमा रहेरपनि पछाडी परेको काहुँको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य रहेको वडा नं ११ का वडाध्यक्ष मोहन बास्तोला बताउँछन्। “यहाँको पर्यटन विकासनै महोत्सवको पहिलो प्राथमिकता हो । अहिले दृश्यावलोकनका सराङकोटलाई मात्र लिने सन्दर्भमा काहूँ धरहराको प्रवद्र्धन गर्ने ध्येय हो।” उनले भने । बास्तोलाले…

Read More

युथ क्रियशनको घेरो पोखरामा मङ्सिर २१ गतेदेखि

अञ्जना पैडेल, पोखरा । पोखरामा यहि मङ्सिर २१ देखि नाटक घेरो मञ्चन हने भएको छ । युथ क्रियशन थिएटरको प्रस्तुति नाटक घेरो यहि मंसिर २१ गतेदेखि २९ गतेसम्म पोखरा थिएटर गैह्रापाटनमा मञ्चन हुने भएको छ । जसलाई कपिल शर्माले निर्देशन गरेका छन् । समाजमा भएको अन्धविश्वास तथा कुरीतीहरुलाई नाटक घेरेले ठकमक्कै घेरेको र समाजमा घटिरहने घटनालाई टपक्कै टिपेर नाटक बनाएको लेखक केदार पौडेलले बताए । पोखराको रंगमञ्चमा भईरहने नाटकभन्दा केही फरक शैलीमा नाटक निमार्ण भएको निमार्ण समितिले बताएको छ । घेरो एउटा बालन शैलीमा लेखीएको लोक नाटक हो । नाटकममा…

Read More