नयाँबजार मेलामा आज बिक्रमको प्रस्तुती

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित मेलामा शनिबार अवलोकन कर्ताको भीडभाड लागेको थियो। मेला समापन हुन दुई दिन मात्र बाँकी रहँदा पोखराको पहिचान बनेको मेला हेर्नेहरुको घुँइचो लागेको हो । शनिबार करिब ३२ हजार जनाले मेला अवलोकन गरेको अनुमान थियो ।अवलोकनकर्ता बढेपछि कारोवार पनि बृद्धि भएको थियो । संघले आयोजना गर्ने मेला एकपटक पुग्नै पर्ने गन्तव्यको रुपमा विकास भएकोले पनि शनिबार भीडभाड भएको हो’, संघका अध्यक्ष दामु अधिकारीले भने,‘ यो मेला किनमेल गर्ने, उपभोक्ता र उत्पादकबीच सम्बन्ध स्थापना गर्ने माध्यम पनि हो ।’ मेला अब दुई…

Read More

नयाँबजारको मेलामा आज अभिनासको प्रस्तुती

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला’ नामक मेलामा उद्यमशीलता सिकाउन शुक्रबार ‘बि टु बि मिटिङ’ आयोजना हुने भएको छ । नेपाल महिला उद्यमी संघमा आवद्ध महिला उद्यमीहरुको सहभागिता रहने छ भने सो कार्यक्रममा संयोजनमा उद्यमशीलता चाहने महिलाहरुलाई प्रशिक्षण दिइने कार्यक्रम संयोजक तथा संघका उपमहासचिव चिनु गुरुङले बताईन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेला अगाडि बढ्दै गर्दा दर्शक र कारोवारमा पनि वृद्धि भएको छ । साँस्कृतिक कार्यक्रम अन्तर्गत नै शुक्रबार अर्थात आज मंसिर २१ गते चर्चित पप गायक…

Read More

तेस्रो काहुँ धरहरा महोत्सवको तयारी तिव्र,

पोखरा/ पोखरा महानगरपालिका –११ काहुँडाँडामा तेस्रो काहुँ धरहरा महोत्सव हुने भएको छ । काहूँको प्रवद्र्धनका लागि “काहूँ दृश्यावलोकनको एक गन्तव्य” भन्ने नाराका साथ स्थानीय जनकल्याण क्लब तथा फूलबारी क्लबले यही मङ्सिर २८ देखी पुस ८ सम्म महोत्सव आयोजना गरेर काहूँको प्रचारप्रसार गर्ने लक्ष्य राखेका छन् । पोखराबाट नजिकको दूरीमा रहेरपनि पछाडी परेको काहुँको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य रहेको वडा नं ११ का वडाध्यक्ष मोहन बास्तोला बताउँछन्। “यहाँको पर्यटन विकासनै महोत्सवको पहिलो प्राथमिकता हो । अहिले दृश्यावलोकनका सराङकोटलाई मात्र लिने सन्दर्भमा काहूँ धरहराको प्रवद्र्धन गर्ने ध्येय हो।” उनले भने । बास्तोलाले…

Read More

युथ क्रियशनको घेरो पोखरामा मङ्सिर २१ गतेदेखि

अञ्जना पैडेल, पोखरा । पोखरामा यहि मङ्सिर २१ देखि नाटक घेरो मञ्चन हने भएको छ । युथ क्रियशन थिएटरको प्रस्तुति नाटक घेरो यहि मंसिर २१ गतेदेखि २९ गतेसम्म पोखरा थिएटर गैह्रापाटनमा मञ्चन हुने भएको छ । जसलाई कपिल शर्माले निर्देशन गरेका छन् । समाजमा भएको अन्धविश्वास तथा कुरीतीहरुलाई नाटक घेरेले ठकमक्कै घेरेको र समाजमा घटिरहने घटनालाई टपक्कै टिपेर नाटक बनाएको लेखक केदार पौडेलले बताए । पोखराको रंगमञ्चमा भईरहने नाटकभन्दा केही फरक शैलीमा नाटक निमार्ण भएको निमार्ण समितिले बताएको छ । घेरो एउटा बालन शैलीमा लेखीएको लोक नाटक हो । नाटकममा…

Read More

चलचित्र ‘शत्रु गते’को च्यारिटी शो विन्दवासिनी सिनेमा हलमा भोलि

पोखरा । ख्यातिप्राप्त निर्देशक प्रदिप भट्टराईद्धारा निर्देशित नेपाली चलचित्र शत्रु गतेको पोखरामा च्यारिटी शो हुने भएको छ । शो शुक्रवार विहान ८ वजे पोखराको विन्दवासिनी सिनेमा हलमा प्रदर्शन हुनेछ । मह सञ्चारको प्रस्तुतीमा रहेको यस चलचित्रमा चर्चित हास्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, राजाराम पौडेल, शिव हरि पौडेल, किरण केसी लगायत पल शाह, आचल शर्मा, प्रियंका कार्की, बसुन्धरा भुसुल,सुष्मा कार्की, अन्जु महर्जन लगायतको कलाकारको अभिनय रहेको छ । चलचित्र मार्फत समाजमा वातावरणसम्वन्धी सकरात्मक सोचको विकास गर्ने उद्देश्यले ल्याङ्गोईज एशोसियनसन अफ नेपाल (लान)ले च्यारिटी शोको आयोजना गरेको…

Read More

चलचित्रले समाज परिवर्तनमा सघाउँछ : मुख्यमन्त्री गुरुङ

पोखरा । प्रदेश नम्वर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिहिबार मिडटाउन सिनेमाजमा पुगे । महिला हिंसाको कारकका रुपमा विद्यमान दाईजोप्रथामाथि बनेकोे नेपाली कथानक चलचित्र भोरको प्रिमियर सो मा सहभागि हुन मुख्यमन्त्री हलमा पुगेका हुन् । सिनेमाको बारेमा जानकारी लिँदै मुख्यमन्त्री गुरुङले राज्यले गर्नुपर्ने काम सिनेमाको माध्यमबाट गरिएको भन्दै चलचित्रका निर्माता निर्देशक एवं कलाकारहरुलाई हौसला प्रदान गरेका छन् । समाज परिवर्तनमा सिनेमा साधन बन्न सक्ने भन्दै उनले भोर पनि समाज परिवर्तनको संवाहक बन्ने विश्वास व्यक्त गरे । सिनेमा हेर्न प्रदेश नं ४ का सांसदहरु, बुद्धिजिवी, सामाजिक अभियन्ता, पत्रकार लगायत पनि हलमा…

Read More

राष्ट्रिय मुक्तक पुरस्कार सरुभक्तलाई, चैत २२ देखि पोखरामा मुक्तक महोत्सव

पोखरा । यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कार मुक्तककार सरुभक्तलाई प्रदान गरिने भएको छ । मुक्तक विधामा नेपालमै पहिलो पटक साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित र मुक्तक मञ्च पोखराद्वारा सञ्चालित पुरस्कार यस पटक सरुभक्तलाई दिइने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । मञ्चका अध्यक्ष प्राञ्जलले ११ हजार १११ रुपैयाँ रहेको पुरस्कारको राशी यस वर्षबाट बढाएर रु. २२ हजार २२२ रुपैयाँ नगद, ताम्र पत्र र दोसल्ला प्रदान गरिने जानकारी गराए । संस्थापक अल्पविरामले पुरस्कारको अक्षयकोष सकेसम्म बढाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गरे । नेपाली मुक्तकको विकास र लेखनका लागि सरुभक्तको महत्त्वपूर्ण…

Read More

पोखरा थिएटरमा मान्द्रागोरा सर्कस देखाइने

राजाराम पौडेल/ पोखरा । अर्जेन्टिनाको नाटक मान्द्रागोरा सर्कस पोखरामा दूई दिन मञ्चन हुने भएको छ । फागुन २६ गते शनिबार साँझ ५ बजे पहिलो सो तथा २७ गते आइतबार दिउँसो १ बजे दोस्रो सो हुनेछ । पोखराको ग्रैहापाटनमा रहेको पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुने ५५ मिनेटको नाटक हेर्न विद्यार्थीको लागि एक सय र सर्वसाधरणका लागि दुई सयको टिकट लाग्नेछ । विना डाइलग, हाउभाउ, म्युजिक, लाइट र मुम्मेन्टबाट नाटक मञ्चन गरिनेछ । अर्जेन्टिनाका कलाकार मारियाना सिल्भा र जुन क्रिउज वार्कामोन्टको अभिनय नाटकमा रहनेछ । टेक्निसियन आन्द्रे डाइजले नाटकलाई उत्कृष्ट बनाउन…

Read More

‘पञ्चेबाजा’ फिल्मले दर्शकलाई शत प्रतिशत मनोरञ्जन दिने दावी

पोखरा । दर्शकलाई मनोरञ्जनको ‘शतप्रतिशत ग्यारेन्टी’ दिने दाबा गर्दै फिल्म पञ्चेबाजाको यूनिटले प्रचारप्रसारलाई तिव्रता दिएको छ । फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म पञ्चेबाजाको प्रचार अभियान अन्तरगत पोखरा आएको टोलीले यो दाबी पेश गरेको हो । ‘दर्शकलाई मनोरञ्जन दिने कुरामा हामीले ग्यारेन्टी लिन सक्छौँ ।’ निर्देशक घनश्याम लामिछानेले भने–‘दर्शकले हामीलाई गाली अवश्य गर्नेछैनन् ।’ फिल्मको कथावस्तु नै त्यस्तै भएकोले दर्शकले यसलाई निकै रुचाउने उनको तर्क थियो । नेपाली फिल्मको कस्तो धारलाई दर्शकले ठ्याक्कै रुचाईरहेका छन् भन्ने अझै यकिनका साथ भन्न सकिने अवस्था छैन । यद्यपी फिल्म पञ्चेबाजाको टोलीले आफ्नो…

Read More

नाट्यप्रेमीहरुका लागि नाटक ‘सिरुमारानी’ पोखरा थिएटरमा

राजाराम पौडेल/पोखरा । प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ मा अवस्थित थिएटर तथा थिएटरद्धारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त्त श्रेष्ठ र कास्की क्षेत्र नम्बर २ का सांसद रविन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे । समारोहमा बोल्दै दुवै जनाले पोखरा थिएटर उद्घाटन गर्न पाउनु आफुहरुको अहोभाग्य भएको बताए । पोखरा थिएटर र पोखरेली रगंमञ्चप्रति सधै साथ, सहयोग रहने प्रतिवद्धता दुवैजनाले गरे । थिएटरका संरक्षक शंकरनाथ कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा रंगकर्मी…

Read More