आत्मनिर्भर बन्दै कैदीबन्दी

पोखरा । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बुनेर आय आर्जन गर्न थालेका छन् । विभिन्न कसुरमा जेल सजाय भोग्दै आएका तनहुँ कारगारका कैदीबन्दीले फुर्सको समयको सदुयोग गर्दै मुढा बिक्री गरी आत्मनिर्भर बनेका हुन् । कैदीबन्दीले आ–आफूले जानेको सीपको सदुपयोग गर्दै मुढा बुन्ने कार्यमा सहभागी भएर मुढा बिक्रीबाट भएको आम्दानीले घरपरिवारलाई खर्चसमेत पठाउँदै आएका हुन् । तनहुँ कारागारमा केही कैदीबन्दीले मुढा कम्पनी नै खोलेर सबै कैदीबन्दीलाई रोजगारीको वातावरण सिर्जना गराएको कैदीबन्दीका नाइके नरबहादुर थापाले जानकारी दिए । कैदीबन्दीले निर्माण गरेका मुडा आकर्षक हुनाका साथै बलियो हुने हुँदा मुढा किन्ने मानिस कारागारमै…

Read More

हेमजामा श्रीमद्भागवत सुरु

हेमजा, पोखरा महानगरपालिका वडा न. २५ हेमजा स्थित श्री नर्बदेश्वर तथा श्री राधा कृष्ण मन्दिरमा श्रीमद्भागवत सत्सङ्ग प्रबचन आइतबार सुरु भएको छ । यो अमुल्य मानब चोलामा श्रीमद्भागवत सत्सङ्गको असाध्यै महत्व भएकोले र असाहाय बालकहरु सहयोगार्थ श्री जगतगुरु आश्रम गोपाल धामका बालब्यास श्री नारायण शरण पौडेल ज्युको मुखारबृन्दबाट श्रीमद्भागवत सत्सङ्ग प्रबचन आजदेखि मंसिर २९ गतेसम्म हुने छ ।

Read More

नयाँबजार मेलामा आज बिक्रमको प्रस्तुती

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित मेलामा शनिबार अवलोकन कर्ताको भीडभाड लागेको थियो। मेला समापन हुन दुई दिन मात्र बाँकी रहँदा पोखराको पहिचान बनेको मेला हेर्नेहरुको घुँइचो लागेको हो । शनिबार करिब ३२ हजार जनाले मेला अवलोकन गरेको अनुमान थियो ।अवलोकनकर्ता बढेपछि कारोवार पनि बृद्धि भएको थियो । संघले आयोजना गर्ने मेला एकपटक पुग्नै पर्ने गन्तव्यको रुपमा विकास भएकोले पनि शनिबार भीडभाड भएको हो’, संघका अध्यक्ष दामु अधिकारीले भने,‘ यो मेला किनमेल गर्ने, उपभोक्ता र उत्पादकबीच सम्बन्ध स्थापना गर्ने माध्यम पनि हो ।’ मेला अब दुई…

Read More

इक्यान शैक्षिक मेलाको तयारी तिब्र

पोखरा । छैठौं संस्करणको इक्यान शैक्षिक मेला’ आगामी २६ गतेदेखि पोखरा सभागृहमा हुने भएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको वृहत एजुकेसन फेयर २८ गतेसम्म संचालन हुनेछ ।गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेलाको रुपमा स्थापित भएको यस मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्टेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेश लगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहने आयोजक इक्यान कास्की अध्यक्ष भुवन क्षेत्रीले जानकारी गराए । मेला नेपाली विद्यार्थीहरुलाई विश्वका विभिन्न विश्वविद्यालय तथा कलेजहरुको…

Read More

तेस्रो काहुँ धरहरा महोत्सवको तयारी तिव्र,

पोखरा/ पोखरा महानगरपालिका –११ काहुँडाँडामा तेस्रो काहुँ धरहरा महोत्सव हुने भएको छ । काहूँको प्रवद्र्धनका लागि “काहूँ दृश्यावलोकनको एक गन्तव्य” भन्ने नाराका साथ स्थानीय जनकल्याण क्लब तथा फूलबारी क्लबले यही मङ्सिर २८ देखी पुस ८ सम्म महोत्सव आयोजना गरेर काहूँको प्रचारप्रसार गर्ने लक्ष्य राखेका छन् । पोखराबाट नजिकको दूरीमा रहेरपनि पछाडी परेको काहुँको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य रहेको वडा नं ११ का वडाध्यक्ष मोहन बास्तोला बताउँछन्। “यहाँको पर्यटन विकासनै महोत्सवको पहिलो प्राथमिकता हो । अहिले दृश्यावलोकनका सराङकोटलाई मात्र लिने सन्दर्भमा काहूँ धरहराको प्रवद्र्धन गर्ने ध्येय हो।” उनले भने । बास्तोलाले…

Read More

बेगनासताल किनारामा पितृउद्दार महायज्ञहुने

पोखरा , पोखराको दोस्रो ठूलो ताल बेगनासताल र यस वरीपरीका क्षेत्रमा आवश्यक पूर्वधार निर्माण गरि उत्कृष्ट पर्यटकीय गन्तव्य वनाउने पहल स्वरुप मंसिर २२ गते देखि २९ गतेसम्म बेगनासतालमा आयोजना गर्न लागिएको श्रीमद भागवत विराट ज्ञानमहायज्ञको तयारी पुरा भएको छ ।श्रीमद भागवत विराट ज्ञान महायज्ञ मूल आयोजक समितिले बिहिबार पत्रकार सम्मेलन आयोजना गरि सो जानकारी दिएको हो । बेगनासताल लगायत अन्य क्षेत्रमा पानीमा डुबेर असामयिक निधन भएका व्यक्तिहरुको आत्माको चिर शान्तिको कामना गर्दै पितृउद्दार धार्मीक कार्य अन्र्तगत यो महायज्ञ गरिन लागिएको हो । पूर्वीय दर्शन अनुसार पितृ तथा मृतात्माहरुको शान्तिले पनि…

Read More

युथ क्रियशनको घेरो पोखरामा मङ्सिर २१ गतेदेखि

अञ्जना पैडेल, पोखरा । पोखरामा यहि मङ्सिर २१ देखि नाटक घेरो मञ्चन हने भएको छ । युथ क्रियशन थिएटरको प्रस्तुति नाटक घेरो यहि मंसिर २१ गतेदेखि २९ गतेसम्म पोखरा थिएटर गैह्रापाटनमा मञ्चन हुने भएको छ । जसलाई कपिल शर्माले निर्देशन गरेका छन् । समाजमा भएको अन्धविश्वास तथा कुरीतीहरुलाई नाटक घेरेले ठकमक्कै घेरेको र समाजमा घटिरहने घटनालाई टपक्कै टिपेर नाटक बनाएको लेखक केदार पौडेलले बताए । पोखराको रंगमञ्चमा भईरहने नाटकभन्दा केही फरक शैलीमा नाटक निमार्ण भएको निमार्ण समितिले बताएको छ । घेरो एउटा बालन शैलीमा लेखीएको लोक नाटक हो । नाटकममा…

Read More

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानः ६४ करोड २० लाख बराबरको बजेट पास

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो बैठकले ६४ करोड २० लाख रुपैयाँ बराबरको बजेट पास गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारले दिएको २२ करोड २० लाखको बजेट र प्रतिष्ठानको आन्तरिक आम्दानीबाट उठेको ४२ करोड रुपैयाँको बजेट पास गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रतिष्ठानका १० एजेन्डाहरुसमेत प्रस्तुत् गरिएको थियो । बजेट आएको ६ महिनापछिमात्र बैठक बसेर बजेट पास गरेका कारण धेरै काम रोकिएको प्रतिष्ठानका पदाधिकारीहरुले बताएका थिए । २०७२ सालमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समिति खारेज भइ प्रतिष्ठान स्थापना गरिएको…

Read More

१५ औँ लेखनाथ महोत्सव पौषको पहिलो सातादेखि  

पोखरा / १५ औँ लेखनाथ महोत्सव पौषको पहिलो सातादेखि सुरु हुने भएको छ । “महोत्सव लेखनाथको संस्कृित, स्थानिय उत्पादन, विकास र सम्वृद्धि” भन्ने मुल नाराका साथ आयोजित महोत्सव आगामी पौष ५ गतेदेखि १६ गते सम्म संचालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवले औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन, स्थानिय उत्पादन एवं उद्यमशिलता प्रविधि हस्तान्तरण, जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाज जर्गेनामा टेवा पु¥याउने साथै आन्तरिक एवं वाह्य पर्यटक प्रवद्धन गर्ने प्रचारप्रसार उपसमितिका संयोजक…

Read More

गोरखामा सिसि क्यामेरा जडान

१८, मंसीर- पोखरा । गोरखा नगरपालिकाका बजार क्षेत्रमा पनि सिसि क्यामेरा जडान गरीएको छ । जडान गरिएका उक्त सिसि क्यामेराहरुलाई यही मंसिर १७ गते एक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यालय गोरखालाई हस्तान्तरण गरिएको  हो । । सामुदायिक सेवा केन्द्र गोरखाको आयोजना साथै जिल्ला समन्व समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङको प्रमुख आतित्थ्यता सम्पन्न भएको उक्त कार्यक्रममा बजार क्षेत्र भित्र जडान भएका ३९ वटा सि.सि. क्यामेराहरुको उद्‌घाटन साथै सार्वजनकिकरण गरिएको हो । गोरखा स्थित विभिन्न वित्तिय संघ सस्था, टोल विकास संस्था र अन्य साझेदारी सस्थाहरुको सहयोगमा गोराखा नगरपालिकाका वडा नं।६, ७,…

Read More