चिलाउनेखर्क होम स्टेका संचालक सिरुवारीमा

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१, निर्मलपोखरीस्थित चिलाउने खर्क सामुदायिक होम स्टे संचालकहरुले स्याङ्जाको सिरुवारी होम स्टेको अवलोकन भ्रमण गरेका छन् । अवलोकन भ्रमण गएको टोलीलाई सिरवारी पर्यटन समितिका अध्यक्ष जुमबहादुर गुरुङले स्वागत गर्दै होम स्टे संचालन गर्नु र धेरै मान्छे आउने वनाउनु मात्रै ठुलो कुरा नहुने वताएका थिए । उनले होम स्टे संचालनको लागि सरसफाई, स्थानिय उत्पादन, साँस्कृतिक कार्यक्रम पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए । भ्रमणटोलीको नेतृत्व चिलाउने खर्क होम स्टेका अध्यक्ष मानबहादुर थापामगरले आफ्नो गाउँलाई पनि पर्यटकिय क्षेत्र वनाउँने उद्धेश्यले घरवास कार्यक्रम संचालन गर्नका लागेको र…

Read More

पोखरालाई अपराधीको सेल्टर हुन दिन्न : एसपी सिंह

पोखरा । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले पोखराको पर्यटन क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । पश्चिमाञ्चल होटल संघ पोखराले सोमबार लेकसाइडमा आयोजना गरेको सुरक्षा सम्बन्धी छलफलमा एसपी सिंहले पर्यटक र अन्य सुरक्षाका लागि पोखराका सबै होटलले सीसी टीभी क्यामेरा राख्नुपर्ने सुझाव राखे । कतिपय पर्यटकीय होटल भित्र त्यस्ता क्यामेरा भए पनि होटल अगाडिको भाग देखिने गरी सबै होटलले क्यामेरा जडान गर्दा सुरक्षा व्यवस्थामा सहयोग पुग्ने भनाई राखे । पोखराबाट कतिपय अवस्थामा ठूलै अपराधीहरु पक्राउ गरी आफूले सम्बन्धित क्षेत्रमा हस्तान्तरण…

Read More

लायन्समा चुनावी दौड, द्धितिय भाइस गर्भनरका लागि मणिश्रीको प्रतिवद्धताहरु घोषणा

पोखरा, ६ बैशाख लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ वि १ नेपालको ७ र ८ गत पोखरामा हुने छैंठौं राष्ट्रिय महाधिवेशनमा द्धितिय भाइस गर्भनरको पदका लागि मणिश्री रत्न बज्राचार्यले आफ्नो उम्मेदबारी प्रस्तुत गरेका छन् । बुधबार पोखरामा पत्रकार सम्मेलन गरि बज्राचार्यले लायन वर्ष २०१८—१९ का लागि उम्मेदवारी प्रस्तुत गरेका हुन् । मणिश्री जिताऔं अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उम्मेदबार बज्राचार्यले डिष्ट्रिकका महत्वपुर्ण पदहरु जोन, रिजन हुदै क्याविनेट सेक्रेटरीको भुमिका निर्वाह गर्दै आफुलाई अव्वल प्रमाणित गरिसकेको उनले दाबी गरे । उनले संस्थाको गरिमा र आदर्शलाई कायम राख्न, गुणस्तरिय सदस्यता वृद्धि गर्न,उचित…

Read More

भाषा संघ नेपालको शुभकामना आदानप्रदान

पोखरा । भाषा संघ नेपालले नयाँ वर्ष २०७५ को पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रम शुभकामना आदानप्रदानसँगै विविध समसामयिक विषयमाथि छलफल भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले संस्था अग्रपंक्तिमा पुग्न सफल बनोस भन्ने शुभकामना दिनुका साथै संस्थाले उल्लेखनिय कार्यहरु गर्दै जानुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा संस्थाका सल्लाहाकार विक्रम उदास, प्रथम उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्ष कोपिला भुजेल, सचिव मोतिप्रसाद श्रेष्ठ, सल्लाहाकार युवराज पौडेल, सदस्य पुर्णबहादुर थापा, पुर्णकुमारी गुरुङ्ग लगायतले बोलेका थिए । भाषा संघ नेपालका अध्यक्ष युवराज खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पूर्णप्रसाद न्यौपानेले गरेका…

Read More

२३ जनाको उद्धार गर्दै पोखरामा मानवसेवा आश्रमको नवौं शाखा सुरुवात, गायक कर्णदासको गायनसंगै कार्यक्रम आरम्भ

पोखरा । सवैलाई खाना, छाना र नाना भन्ने उद्घोषका साथ पोखरा को सडकपेटीमा कस्टकर जीबनयापन गर्न बाध्य अनाथ, आपाङ, असाहय तथा मानसिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई उद्धार गर्दै लेखनाथपोखरा छोरेपाटन वडा नम्बर १७ मा ९ औं शाखाको रुपमा मानवसेवा आश्रमको सुरुवात भएको छ । सुमधुर स्वरका धनि गायक कर्णदासको “ठुला ठुला महल हैन सिप सिकाउने झुपडी देउ दैब ” भन्ने गायनी संगै कार्यक्रमको आरम्भ भएको थियो । मानव सेवा आश्रमको आयोजना तथा सामाजिक जागरणका लागि नारी अभियानको सह आयोजना मा पोखरा लेखनाथ महानगरपालीका वडा नं १७, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन…

Read More

नेपाल ज्योतिष परिषद् प्रदेश नम्बर ४ को अध्यक्षमा कोइराला

पोखरा । नेपाल ज्योतिष परिषद् प्रदेश नम्बर ४ को प्रथम अधिवेशनले रामप्रसाद कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको बरिष्ठ उपाध्यक्षमा दुर्गादत्त शर्मा आचार्य, उपाध्यक्षमा मोहराज ढकाल, टेकनारायण शर्मा, शान्ति श्रेष्ठ, भिमनाथ कुइकेल, महासचिवमा ज्यो.कमल पौडेल शास्त्री , उपमहासचिवमा देवीप्रसाद रेग्मी, नारायणप्रसाद पौडेल, कृष्णकान्त काफ्ले, सचिवमा विजय दोरङ्गा, कोषाध्यक्षमा तोयनाथ आचार्य,सहकोषाध्यक्षमा गोविन्द रिजाल, प्रचार सचिवमा दिनेश परियार, संगठन सचिवमा धनपति रेग्मी छन्। त्यस्तै, सदस्यमा उमाकान्त शर्मा, हिरण्यप्रसाद शर्मा, कमलापति रेग्मी, हरि घिमिरे, होमनाथ पोखरेल, खगेन्द्रप्रसाद घिमिरे, ओमप्रसाद उपाध्याय, भुवानीप्रसाद बराल, तेजबहादुर भुजेल, पुष्पराज न्यौपाने र संगीता थापा छन् ।…

Read More

लायन्सको छैंठौं महाधिवेशन पोखरामा,दोस्रो भाईस डिष्ट्रिक्ट गर्भनर पदमा मणीश्रीको उम्मेदवारी

पोखरा । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ वि १ नेपालको छैंठौं राष्ट्रिय महाधिवेशन पोखरामा हुदैछ । आगामी वैशाख ७ र ८ गते हुने महाधिवेशनमा अहिलेका प्रथम डिष्ट्रिक्ट भाईस गर्भनर अशोक श्रेष्ठ गर्भनर र हालका द्धित्तिय भाईस डिष्ट्रिक्ट गर्भनर ईन्दु लम्साल प्रथम डिष्ट्रिक्ट भाईस गर्भनर हुनेछन् । स्वतः निर्वाचित हुने सो पदमा विश्वासको मत भने लिनुपर्ने हुन्छ । लायन्सको महाधिवेशनमा अत्यन्तै चासोको रुपमा हेरिने दोस्रो भाईस डिस्ट्रिक्ट गर्भनर पदका लागि लायन वर्ष २०१४/१५ डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी मणीश्रीरत्न बज्राचार्य र हालका चिफ डिष्ट्रिक्ट एड्भाईजर मनबहादुर रोकाले आफुलाई प्रमुख दावेदारको रुपमा प्रस्तुत गरेका…

Read More

बृहत सफाइ अभियानमा वातावरणमन्त्री

पोखरा । पोखरामा जारी बृहत सफाइ अभियानलाई प्रदेश सरकारका वातावरण मन्त्रीले साथ दिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले यस क्षेत्रकै सांस्कृतिक धरोहर गाईघाटमा शनिबार आयोजित ९४ औं हप्ताको सरसफाइ कार्यक्रममा उपस्थित भई त्यहाँ थुप्रिएको फोहरमैला उठाएर ऐक्यबद्धता जनाए । नागरिकस्तरबाट संचालित यस्ता अभियानबाट वातावरण संरक्षणमा ठूलो योगदान पुगेको भन्दै यसको निरन्तरताका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकारका तर्फबाट पहल गर्न तयार रहेको बताए । कार्यक्रममा सेती नदी किनारस्थित गाईघाटको उचित व्यवस्थापन, नियमित सरसफाइ एवं पवित्रता कायम राख्नेछु भन्ने प्रतिबद्धता पत्रमा वडा कार्यालय १ का अध्यक्ष…

Read More

यूएस बंगला विमान दुर्घटना:२० जनाको शव निकालियो

काठमाडौं । बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बङ्ला विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । अवतरणको क्रममा रहेको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेटमा रनवे मा दुर्घटनामा परेको हो । हालसम्म २० जनाको शव निकालिएको र १२ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । ९० डिग्रि मोडिएर राजधानीको चावहिलबाट ल्याण्ड भएको बिमानमा एकै पटक आगोको मुस्लो देखिएको थियो । आगलागी नियन्त्रणमा आएको अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । दुर्घटनामा घाइते भएका १४ जनालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ  । विमानमा चालक दलका सदस्यसहित…

Read More

यातायात कार्यालय सेवाग्राहीमैत्री बनाउन कानुनमन्त्री चुमानको निर्देशन 

 पोखरा । आफ्नो मातहत भएका सरकारी तथा  दैनिक जनचासोका कार्यालयहरुमा प्रदेश सरकारले अनुगमन तथा निरिक्षण सुरु गरेको छ । संघीयता निर्माण भएपछि सरकारी कार्यालयमा देखिएको अन्योलता हटाउन र कर्मचारी र जनताको मनोबल बढाउनको लागि प्रदेश ४ ले अनुगमन तथा निरिक्षण सुरु गरेको हो । मंगलवार यातायात व्यवस्था विभागको सवारी कार्यालयमा प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले अनुगमन गरि कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अहिले मुलुकमा संघीयता कार्यान्वयन भएको अवस्थामा कर्मचारीहरुलाई के कसरी काम गर्ने भन्ने विषयमा अन्यौलमा नबस्न उनले सो क्रममा निर्देशन दिए । केन्द्रिकृत शासन…

Read More