योगेश भट्टराईकी आमा भन्छिन्– कान्छाले जिते हुन्थ्यो, सानैदेखि दुःख मात्रै पायो

रविन भट्टराई/ताप्लेजुङ । ‘आज कान्छाको कार्यक्रम कता छ ? फोन गर्‍यो ?, एमाले सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभातर्फका उम्मेदवार योगेश भट्टराईकी ९३ वर्षीया आमा महेन्द्रादेवी भट्टराईले चिया पकाउँदै गरेकी नातिनी बुहारी अञ्जुलाई सोधिन् । ‘कता बम हाने भन्छन्, चुनाव गराउन दिँदैनौ भनेको समाचार पनि सुन्छु, यस्तो समयमा पनि उम्मेदवार बनेर हिँड्यो, यो कान्छालाई यस्तै जुर्दो रहेछ,’ नातिनी बुहारीले पहिलो प्रश्नको जवाफ दिन नभ्याउँदै योगेशकी आमा महेन्द्रादेवीले चिन्ता जनाइन् । एक महिनाको चुनावी यात्रा सकेर योगेश बिहीबार फुङ्लिङ नगरपालिकास्थित घर आइपुग्दा रातको ११ बजिसकेको थियो । तर छोरो आउने खबरले हर्षित देखिएकी…

Read More

प्रदेश नम्बर ४ लाई शैक्षिक हव बनाउने पूर्वमन्त्री किरण गुरुङको घोषणा

आरके पोख्रेल/तनहुँ । तनहुँ निर्वाचन क्षेत्र २ प्रदेश सभा २ का उम्मेदवार तथा मुख्य मन्त्रीका प्रस्तावित उम्मेदवार किरण गुरुङले प्रदेश नम्बर ४ लाई शैक्षिक हवको रुपमा विकास गर्ने घोषणा गरेका छन् । भिमाद नगरपालिकाको वडा नम्बर ६ मा आयोजित कार्यक्रममा उनले आफू प्रदेशको मुख्यमन्त्री भैसकेपछि नेपालका मात्र नभई विश्वका सबै विद्यार्थीहरु शिक्षाका लागि प्रदेश नम्बर ४ मा आउने वातावरण बनाउने दावी गरे । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर ४ का संयोजक समेत रहेका उनले अहिले शिक्षा क्षेत्रमा कालो बजारले व्यापकता पाएको बताउँदै अब शिक्षा क्षेत्रका सबै खाले…

Read More

नयाँ शक्ति नेपाल अलग पहिचानको रुपमा अगाडी बढीरहेको छ : थापा

पोखरा । नयाँ शक्ति पार्टीका तर्फबाट कास्की क्षेत्र नं. २ (क)का प्रदेश सभा सदस्य उम्मेद्वार हेमबहादुर थापाले नयाँ शक्ति नेपाल अलग पहिचान तथा अलग ध्रुबको रुपमा अगाडी बढीरहेको बताएका छन् । पोखरा लेखनाथ वडा नं. ७ अन्तर्गतको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा उक्त कुरा थापाले बताएका हुन् । निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै, निर्वाचन आचारसंहिता पालना नगर्ने र निर्वाचनलाई पैसाको खोलामा डुबाउने कार्य गर्ने कुनै पनि राजनैतिक दललाई नछोडीने कुरा पनि व्यक्त गरेका थिए । निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा कास्की क्षेत्र नं. २ (ख)का…

Read More

नेपाली कांग्रेस वडा नं २७ एकै दिन ३ वटा सम्पर्क कार्यालय उद्घाटन

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं १ अन्तर्गत साविक लेखनाथ वडा नं ७ डाडाँकोनाक, २ रिठ्ठेपानी, वडा नं ६ अर्घौ वेशी खोलाको डिलमा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । कार्यलयको उद्घाटन गर्दै नेपाल सरकार कानुन न्याय तथा संसदिय मामिलामन्त्री र यज्ञबहादुर थापाले समुन्नत नेपालको विकासका लागी कांग्रेसको विकल्प नभएको बताए । उनले अबको विकास समुन्न नेपाल निर्माण भएकोले नयाँ नपाल निर्माण गर्न काग्रेसको नेतृत्व आवश्यक रहेकोमा जोड दिएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेपाली कांग्रेसवाट कास्की क्षेत्र नं १ प्रदेश क का उम्मेदवार जीवन परियारले नेपाली काग्रेसले सबै…

Read More

‘एक्सन म्यान’ थापालाई युवाहरुको साथ

पोखरा । कास्की क्षेत्र नं २ प्रदेश १ का उम्मेदवार कृष्ण थापालाई जिताउन शनिबारदेखि घरदैलो कार्यक्रम शुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ७ मा भएको घरदैलो कार्यक्रम गर्दा उम्मेदवार थापासँग युवा जमात पनि उत्तिकै उत्साहित भएर हिँडेका थिए । थापाको स्वभावकै कारण युवाहरु उर्लिएर आएको पोखरा–२१ कृस्तिका मनोज पहारीले बताए । ‘थापा एक्सन म्यान हुन,’ उनले भने, ‘उनको स्वभाव जस्तै काम पनि स्पष्ट छ ।’ सामान्यतया जुन वडामा घरदैलो भयो त्यहाँकै मात्र जनसहभागिता हुने गर्छन् । तर थापाको हकमा भने त्यस्तो भएन । उनीहरु अन्य वडाबाट आउने…

Read More

भ्रमको खेती गर्नेहरुको दिन सकियोःगुरुङ

आरके पोख्रेल/तनहुँ । नेकपा एमाले स्थायी कमिटी सदस्य प्रदेश ४ का संयोजक तथा तनहुँ निर्वाचन क्षेत्र नम्वर २ प्रदेश सभा २ का उम्मेदवार किरण गुरुङले जनतालाई भ्रमको खेति गर्नेका दिन अब सकिएको बताएका छन् । चुनावी प्रचार प्रसार अभियान अन्तर्गत ऋषिङ गाउँपालिकाको राम्जाकोटमा आयोजित जनसभालाइ सम्बोधन गर्दै उनले अब जनतालाई जालझेल गरेर छलकपट गर्नेको दिन सकिएको दाबी गरे । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार केदार सिग्देलले बाम गठबन्धनको जित नै जनताको जित रहेको बताउँदै कसैको त्रासमा नपरी मतदान गर्न आग्रह गरे ।…

Read More

सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट सरकार आवश्यक-अधिकारी

पोखरा । वाम गठवन्धनका तर्फवाट कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार खगराज अधिकारीले सामाजिक र आर्थिक रुपान्तरणका लागि नेपालमा कम्युनिष्ट सरकारको विकल्प नरहेको वताएका छन् । युवा संघ नेपाल र वाईसियल नेपाल क्षेत्र नं १ कास्कीको शुक्रवार लेखनाथमा भएको संयुक्त भेलालाई सम्वोधन गर्दै नेकपा एमाले सल्लाहाकार परिषदका उपाध्यक्ष समेत रहेका नेता अधिकारीले युवा स्वरोजगार, सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ आँफै वनाउ अभियान र उज्यालो नेपाल जस्ता कार्यक्रम लागु गर्न नेपालमा कम्युनिष्ट सरकारको विकल्प नरहेको बताए । उनले तालहरुको संरक्षण र व्यवस्थित बस्ती विकास र वेरोजगारीको अन्त्य यस…

Read More

राष्ट्रिय दलको लक्ष्यसहित नयाँ शक्ति कास्की चुनावी अभियान

पोखरा । नयाँ शक्ति पार्टी नेपालले कास्कीका सबै क्षेत्रमा चुनावी अभियान थालेको छ । सबै क्षेत्रमा उम्मेदवारी दर्ता गराएर उम्मेदवारहरु चुनावी कार्यक्रम लिएर मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । आर्थिक समृद्धिको नारा लिएर राष्ट्रिय राजनीतिको निर्णायक दल बन्ने लक्ष्यसहित देशभरजस्तै कास्कीमा पनि नयाँ शक्तिले चुनावी अभियान थालेको कास्की संयोजक हेमबहादुर थापाले बताए । नयाँ शक्ति नेपाल कास्कीले सबैजसो क्षेत्रमा युवा उम्मेदवारलाई टिकट दिएर मतदाताको घरआँगनमा पठाएको छ । समृद्ध कास्की र समृद्ध प्रदेश नम्बर ४ निर्माणका लागि योजनासहित चुनावी अभियान लिएर मतादातको घरआँगनमा जान थालेको संयोजक थापाले बताए । शम्भु…

Read More

कास्कीकोटमा पहारीको घरदैलो

पोखरा । पोखरा लेखनाथ वडा नम्वर २४ कास्कीकोटमा बाम गठबन्धनको निवाचन कार्यालय स्थापना गरिएको छ । कार्यालयको क्षेत्र नम्वर ३ (ख)का उम्मेदवार युवा नेता राजीव पहारीले उद्घाटन गरेका छन् । कार्यालयको उद्घाटन गदै उनले देशमा राजनीतिक स्थायित्व र विकासका लागी गठबन्धनबाट आफुलाई जिताउन मतदातालाई आग्रह गरे । उनले कास्कीकोट पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको बताउदै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरि अगाडी बढने बताए । उनले प्रदेश ख को समग्र विकासका लागि सराङकोट, कास्कीकोट, पुम्दीभुम्दी हुदै छोरेपाटन जोडने गरि चक्रपथ निर्माण गर्ने बताए । उनले प्राकृतिक, सांस्कृतिक, धार्मिक र पर्यटका…

Read More

नयाँ शक्ति जिल्ला सह-संयोजक नै माओवादी केन्द्रमा प्रवेश

लमजुङ । नयाँ शक्ति नेपालका लमजुङ जिल्लाका सह–संयोजक नारायाण पौडेल तथा बिदेश विभाग कतारका उप–प्रमुख राजेन्द्र शिर्मल मिजार सहित दुई दर्जन कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । लमजुङको राईनास नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि सह संयोजक पौडेल सहित नयाँ शक्तिका साउदी सह संयोजक तथा दलित विभागका अन्तर्राष्ट्रिय सह संयोजकसम्म रहेका राजेन्द्र शिर्मला, सदस्यहरु बावुराम रोका, रमेश रोका   गोविन्द लम्साल, सोम लम्साल, इन्दिरा लोका लगायतका कार्यकर्ताहरु बाम गठबन्धनमा आवद्ध भएका छन् । नयाँशक्तिले आर्थिक विकासको नारा दिएकाले आफुहरुले स्वीकार गरेर सहयोग गरे पनि पछिल्लो समय संयोजक डा. बाबुराम भट्टराईले नै…

Read More