विदा कटौतिप्रति मुख्यमन्त्रीको असन्तुष्टी,प्रदेश नामाकरण पहिचानका आधारमा हुनुपर्नेमा सांसदहरुको जोड

भुपाल गुरुङ/पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकारले गरेको आदिवासी जनजाति सांस्कृतिक पर्व विदा कटौतिलाई फिर्ता लिनुपर्ने बताएका छन् । आइतबार तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदले पोखरामा आयोजना गरेको प्रदेश नामाङकन विचार गोष्ठीमा बोल्दै गुरुङले केन्द्र सरकारले संविधानको मर्म विपरित पर्वहरुको विदा कटौति गरेकाले तत्काल निर्णय सच्याउन आग्रह गरे । मुख्यमन्त्री गुरुङले सार्वजानिक विदाका कारण देश विकास हुन नसकेको नभई राजनितिक दलका नेताहरु नै भष्ट्राचार प्रमुख कारण भएको आरोप लगाए । गुरुङले देशका सबै तह र तप्कामा समान अधिकार र पहुँच हुनुपर्ने भन्दै सडकको बलमा अधिकार…

Read More

प्रदेशको शान्ति सुरक्षाको लागि विशेष योजना आउँछ : मन्त्री चुमान

तनहुँ  । प्रदेश नं ४ का आन्तरिक मामला तथा कानुनमन्त्री हरिबहादुर चुमानले जनताले शान्ति सुरक्षा र कानुनी शासनको अनुभुति हुने गरि विशेष योजना निर्माणमा आफु लागिरहेको बताएका छन ।  गृह जिल्ला तनहुँको व्यास नगरपालिका १२ छिरकनमा रहेको अमरज्योति माध्यामिक विद्यालयको स्वर्ण जयन्ती समारोहको उदघाटन गर्दे उनले मुलुकमा अहिले संघियताको विबषयमा चलेका सबै खाले चर्चालाई पनि मध्यनजर गर्दे जनताको सरकार घर आँगनमा सजिलै पुग्न सक्ने ब्यबस्था निर्माण तिर ध्यान केन्द्रित रहेको बताए । पहिलो पटक प्रदेश सरकार र स्थानिय सरकारको अभ्यासमा रहेकाले केही कानुन र निति निर्माणका लागि समय खर्चनु पर्ने बाध्यता…

Read More

वाममय बन्यो तनहुँ, विजयी ¥यालीमा उर्लियो जनसागर

तारा पौडेल/आरके पोख्रेल तनहुँ । प्रदेश नम्वर ४ अन्तर्गत पर्ने तनहुँ जिल्ला वाममय बनेको छ । ६ सिट रहेको तनहुँमा ६ वटै सिट बाम गठबन्धन (एमाले र माओवादी केन्द्र)ले आफ्नो पोल्टामा पारेको हो ।  प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ वटै सिटमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका हुन् । तनहुँ निर्वाचन क्षेत्र नम्वर १ को प्रतिनिधी सभा सदस्यमा एमाले तर्फका कृष्णकुमार श्रेष्ठ ‘किसान’ निर्वाचित भए । उनले काँग्रेस उपसभापति रामचन्द्र पौडेललाई हराएका हुन् । काँग्रेसको पकट मानिएको तनहुँ निर्वाचन क्षेत्र नम्वर १ मा काँग्रेस तर्फका उम्मेदवार र गठबन्धन तर्फका उम्मेदवार बिचको प्रतिष्पर्धालाई…

Read More

आज साँझ ७ वजेसम्म सवारीसाधन चलाउन निषेध

काठमाडौं ।  दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने जिल्लामा बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ७ बजेसम्म सार्वजनिक र निजी सवारीसाधन चलाउन गृह मन्त्रालयले प्रतिबन्ध लगाएको छ । एम्बुलेन्स, दमकललगायत अत्यावश्यक क्षेत्रका र निर्वाचनको दिनको लागि पास लिएका बाहेक अन्य सवारी साधन चलाए प्रहरीले नियन्त्रणमा लिन सक्ने गृहले जनाएको छ ।

Read More

वाम गठवन्धन परित्याग गरि कांग्रेसमा प्रवेश,चुनावको बेलामा मात्रै साईनो जोड्नेलाई भोट नदिनुस् : कृष्ण केसी

 पोखरा । वाम गठवन्धन प्रति असन्तुष्ट जनाउदै पार्टी परित्याग गरि समरबहादुर परियारको नेतृत्वमा १३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरु कास्की क्षेत्र नं १ अन्तर्गत मादी गाउँपालिका वडा ६ मा विहिवार भएको नेपाली कांग्रेसको चुनावी कार्यक्रममा काँग्रेस प्रवेश गरेका हुन् । लोकतन्त्रको रक्षा र कांग्रेसका उम्मेदवारहरुलाई जिताउन उनीहरु वामगठबन्धन छोडेर कांग्रेसमा प्रवेश गरेको समरबहादुर परियारले बताए । यसरी पार्टी प्रवेश गर्नेहरुमा समरबहादुर परियार, नौ बहादुर परियार, सुर्य परियार, तिल बहादुर परियार,मंगल परियार, मौतासि परियार, बलराम परियार,पुर्ण गुरुङ,बेल परियार,रुपेश गुरुङ, सुक बहादुर परियार,सुजन पाण्डे र टेक बहादुर गुरुङ रहेका…

Read More

शनिवार पोखरामा बृहद चुनावी सभा,ओली र प्रचण्डले सम्बोधन गर्ने

पोखरा ।  बाम गठबन्धनले शनिवार पोखरामा बृहद चुनावी सभा गर्ने भएको छ । प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनको तयारी, बाम गठबन्धनका नीतिगत एजेण्डा, विकासका एजेण्डाका साथै विकासका एजेण्डासमेत औपचारिक रुपमा जनतासमक्ष सिधै पु¥याउन मंसीर ९ गते शनिवार पोखराको अमरसिंहचौरमा बृहद चुनावी सभा गर्न लागेको बाम गठबन्धन निर्वाचन जिल्ला संयोजन समितिले मंगलवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पोखरामा हुने चुनावी सभा वाम गठबन्धनको अन्तिम चुनावी सभा हो । यस चुनावी सभालाई शक्ति प्रदर्शनको रुपमा पनि हेरिएको छ । बृहद चुनावी सभालाई बाम गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने आयोजकले…

Read More

तरुण दलका सचिव एमालेमा प्रवेश

पोखरा । नेपाली काग्रेस पोखरा–२१ इकाइ सदस्य एव तरुण दलका सचिव नारायण गिरी र काग्रेसका अर्का कार्यकर्ता पुरन गिरी एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई क्षेत्र नम्बर २ का उम्मेदवार रवीन्द्र अधिकारी र क्षेत्र नं २ प्रदेश १ का उम्मेदवार कृष्ण थापाले सोमबार कार्यक्रमको विच अविर र माला लगाएर स्वागत गरेका हुन् । २०७२ सालदेखी काग्रेसमा रहेका काम गरेपनि देशको विकास एमालेलेनै गर्छ भन्ने विश्वासका साथ एमाले प्रदेश गरेको नारायणले बताए । ‘देशको विकास र समृद्धिको लागि जनताको मन जितेको र जित्ने पाटी भनेको एमालेनै थियो र रहनेछ,’ गिरीले भने,…

Read More

मुस्लिम र ताङ्वे समाजको समर्थन बाम गठबन्धनलाई, कांग्रेस दलाल पुँजीवादको पक्षमा : करण

पोखरा । कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले लुटाहा र फटाहा वर्तमान शासन प्रणाली अन्त्यका लागि बाम गठबन्धनलाई जिताउन आग्रह गरेका छन् । कास्की क्षेत्र नम्बर २ अन्तर्गत बाम गठबन्धनका मजदुरहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै ‘करण’ले लुटाहा र फटाहा शासन प्रणाली अन्त्य गरी गरीब, दलित, महिला, पिछडा वर्ग तथा मजदुर सबैको समान हैसियत बनाउने लोकतान्त्रिक समाजवादका लागि बाम गठबन्धनलाई जिताउन आग्रह गरेका हुन् । उम्मेद्वार ‘करण’ले बाम गठबन्धनले मात्र मुलुक र मजदुरको मुहार फेर्न सक्ने बताए । कांग्रेस दलाल पुँजवादी तन्त्रको पक्षपाती भएको आरोप…

Read More

योगेश भट्टराईकी आमा भन्छिन्– कान्छाले जिते हुन्थ्यो, सानैदेखि दुःख मात्रै पायो

रविन भट्टराई/ताप्लेजुङ । ‘आज कान्छाको कार्यक्रम कता छ ? फोन गर्‍यो ?, एमाले सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभातर्फका उम्मेदवार योगेश भट्टराईकी ९३ वर्षीया आमा महेन्द्रादेवी भट्टराईले चिया पकाउँदै गरेकी नातिनी बुहारी अञ्जुलाई सोधिन् । ‘कता बम हाने भन्छन्, चुनाव गराउन दिँदैनौ भनेको समाचार पनि सुन्छु, यस्तो समयमा पनि उम्मेदवार बनेर हिँड्यो, यो कान्छालाई यस्तै जुर्दो रहेछ,’ नातिनी बुहारीले पहिलो प्रश्नको जवाफ दिन नभ्याउँदै योगेशकी आमा महेन्द्रादेवीले चिन्ता जनाइन् । एक महिनाको चुनावी यात्रा सकेर योगेश बिहीबार फुङ्लिङ नगरपालिकास्थित घर आइपुग्दा रातको ११ बजिसकेको थियो । तर छोरो आउने खबरले हर्षित देखिएकी…

Read More

प्रदेश नम्बर ४ लाई शैक्षिक हव बनाउने पूर्वमन्त्री किरण गुरुङको घोषणा

आरके पोख्रेल/तनहुँ । तनहुँ निर्वाचन क्षेत्र २ प्रदेश सभा २ का उम्मेदवार तथा मुख्य मन्त्रीका प्रस्तावित उम्मेदवार किरण गुरुङले प्रदेश नम्बर ४ लाई शैक्षिक हवको रुपमा विकास गर्ने घोषणा गरेका छन् । भिमाद नगरपालिकाको वडा नम्बर ६ मा आयोजित कार्यक्रममा उनले आफू प्रदेशको मुख्यमन्त्री भैसकेपछि नेपालका मात्र नभई विश्वका सबै विद्यार्थीहरु शिक्षाका लागि प्रदेश नम्बर ४ मा आउने वातावरण बनाउने दावी गरे । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर ४ का संयोजक समेत रहेका उनले अहिले शिक्षा क्षेत्रमा कालो बजारले व्यापकता पाएको बताउँदै अब शिक्षा क्षेत्रका सबै खाले…

Read More