‘गण्डकी प्रदेशको समृद्धि पर्यटनबाट’

पेखरा । पर्यटन क्षेत्रबाट गण्डकी प्रदेशको समृद्धि सम्भव भएको विज्ञहरुले बताएका छन् । बिहीबार पर्यटन पत्रकार मञ्च पोखराले आयोजना गरेको ‘गण्डकी प्रदेशमा आवश्यक पर्यटकीय पूर्वाधार र पोखराको भविष्य’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले पर्यटन क्षेत्रको विकासका लागि पर्यटनमैत्री पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोेड दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गण्डकी प्रदेशको समृद्धिका लागि आफू निरन्तर लागिरहने बताए । ‘पर्यटन क्षेत्रको सुधारका लागि सरकारका तर्फबाट धेरै काम भएका छन्,’ उनले भने, ‘अबको एक वर्षमा पर्यटन क्षेत्रमा धेरै सुधारको अनुभूति हुनेछ ।’ निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन…

Read More

धार्मिक तथा पर्यटन विकासको लागि लाहाचोकको वानेटाकुरमा महामेला

लाहाचोक । ‘पहिचान माछापुच्छ्रे गाउँपालिकाको, जर्गेना धर्म, संस्कृति र पर्यटनको’ भन्ने मुल नाराका साथ बानेटाकुर धार्मिक क्षेत्र संरक्षण समिति माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकले यहि माघ २२ गतेबाट फागुन २ गतेसम्म महाशिवरात्री मेला गर्ने भएको छ । आयोजक संस्थाले सोमवार लाहाचोकमा पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो । आयोजनाले पत्रकार सम्मेलनमा गराएको जानकारी अनुसार माघ २२ गतेदेखि महाशिवपुराण र २७ गतेदेखि फागुनको २ गतेसम्म महामेला चल्ने छ । मेलामा खुल्ला भलिवल प्रतियोगिता, गाउँपालिका स्तरिय नौमती बाजा प्रतियोगिता, खुल्ला भजन चुड्का प्रतियोगिता, खुल्ला रत्यौली प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, लोपउन्मुख भदौरे भाखा (हुरी गीत)…

Read More

सेन्चुरी पर्यटन महोत्सवको समापन शनिबार

पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरणअन्तर्गत छोम्रोङमा आयोजित ल्होसार मेलाको समापन शनिबार हुने भएको छ । पुस १० देखि सुरु भएको महोत्सवमा खेलकुद प्रतियोगिता, विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएका छन् । महोत्सव अन्तर्गत शुक्रबार खुल्ला पुरुष भलिबलतर्फका सेमिफाइनल सम्मका खेल सकिएका छन् । पुरुष भलिबलतर्फ रुपा गाउ“पालिका र सेन्चुरी युवा क्लब छोम्रोङ–११ फाइनल प्रवेश गरेका छन् । नकआउटका आधारमा खेलाइएको खेलमा शुक्रबार रुपाले झिंनु युवा क्लबलाई ३–२ को सेटले हरायो । रुपाले २५–२१, २५–२२ र १५–८ को सेटमा झिंनुलाई सेमिफाइनलमा हराएको हो…

Read More

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पोखरा फोटोग्राफर संघका सदस्यहरु फोटोग्राफी भ्रमणमा

पोखरा । पोखरा फोटोग्राफर संघ पोखरा नेपालको आयोजनामा आज देखि पोखरा फोटोग्राफर संघका सदस्यहरु २ दिने फोटोग्राफी भ्रमणमा निस्केका छन् । आन्तरिक पर्यटन प्रबर्धनका लागि भ्रमणमा निस्केको यो टोलीले पुम्दी कोशान्ती स्तुपा ,पुम्दीकोट टावर हुदै कालाबाड. घरेडी होम स्टे जानेछ र त्यो स्थानबाट देखिने प्राकृतीक सौन्दर्यका तस्बिर खिच्दै स्याजाङ्गको साल्मेडांडा,मट्टिखान पुगेर फोटोग्राफी सम्वन्धी अन्र्तकृयात्मक कार्यक्रम गरेर पहिलोदिन को कार्यक्रम सम्पन्न हुनेछ भने दोसा्रे दिन कृष्ती, निर्मलपोखरी भरतपोखरी हुदीकोट हुदै तनहुको कात्रेमा पुगेर यात्रा समापन हुने पोखरा फोटोग्राफर संघका अध्यक्ष तुलसीराम सुवेदीले बताए । आन्तरिक पर्यटन पवद्र्धधनका साथ साथै फोटोग्राफरहरुमा फोटोग्राफी…

Read More

हिमाल आरोहणको ६७ वर्ष पछि शालिक शिलान्यास

टंकराज अधिकारी/पोखरा । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चर्चित अन्नपूर्ण हिमालको आधार शिविरमा आरोहणको ६७ वर्ष पछि विश्वकै प्रथम हिमाल आरोही मोरिस हर्जोगको शालिक शिलान्य गर्दै अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव सुरु भएको छ । विभिन्न तीन चरणमा गरिने महोत्सवका कार्यक्रम अन्तर्गत पहिलो चरणमा बुधबार आधार शिवरमा शालिक शिलान्यास सहित विभिन्न कार्यक्रम गरिएको हो । सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमा नै हिमाल आरोहण सुरु भएका कारण सधैं चासो र चर्चामा रहेको यो हिमाल र समग्र अन्नपूर्ण क्षेत्रको…

Read More

कास्कीको विरेठाँटीमा क्यानोनिङ संचालनमा

पोखरा । पोखराबाट नजिकै, पर्यटकीय गन्तव्य अन्नपुर्ण पदमार्गको प्रवेशद्धवार कास्कीको अन्नपुर्ण ८ विरेठाँटीमा साहसिक खेल क्यानोनिङ व्यवसायिक रुपमा संचालनमा आएको छ । स्वदेशी तथा विदेशीहरूलाई मध्यनजर गर्दै विरेठाँटी क्यानोनिङ प्रालिले संचालनमा ल्याएको क्यानोनिङको अन्नपुर्ण गाउँपालिका प्रमुख युवराज कुवँरले शुक्रबार उद्घाटन गरे । क्यानोनिङको उदघाटन गर्दै गाउँपालिका प्रमुख कुवँरले पर्यटकको आकर्षक बन्ने साहासिक खेल क्यानोनिङ अन्नपुर्ण गाउँपालिका भित्रै पर्नाले यस ठाँउको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने दावी गर्नुभयो । पर्यटकका लागि गन्तव्य थपिदा त्यस क्षेत्र कै विकासमा महत्व राख्ने भन्दै उनले क्यानोनिङ संचालनका लागि आवश्यक वैधानिक कानुनी प्रकृयाका लागि आफुले सहयोग गर्ने…

Read More