विद्युत आपूर्ति नहुँदा नर्सिङ होममा ८ जनाको मृत्यु

अमेरिका । अमेरिकाको फ्लोरिडामा इर्मा आँधीका कारण हप्ता दिनसम्म विद्युत आपूर्ति नहुँदा नर्सिङ होममा रहेका ८ जनाको मृत्यु भएको छ ।तीन जना हलिवुड सिटीको नर्सिङ होममा मृत अवस्थामा भेटिएको र अरु पाँच जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । अरु एक सय १५ जनालाई हलिवुड हिल्स फ्यासिलिटीको नर्सिङ होमबाट उद्धार गरिएको छ । इर्मा आँधीका कारण फ्लोरिडामा विद्युत आपूर्ति प्रभावित भएको छ । अहिले पनि एक करोडभन्दा भन्दा बढी मानिस विद्युत बिना बसेका छन् । इर्मा आँधीका कारण अमेरिकामा मात्रै २४ जनाभन्दा बढीको मृत्यु गइसकेको छ ।आँधीकै कारण…

Read More

इजिप्टमा १८ जना प्रहरीको हत्या

इजिप्ट । इजिप्टको उत्तरी सिनाईस्थित अल आरिस शहरमा आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आईएस)ले १८ जना प्रहरीको हत्या गरेको छ ।प्रहरीको टोलीमाथि आईएसका कार्यकर्ताले आक्रमण गरी हत्या गरेका हुन् । घटनामा आठ जना घाइते भएका छन् । गस्तीमा रहेको सुरक्षाकर्मीको गाडीलाई लक्षित गर्दै आईएसका कार्यकर्ताले बम विस्फोट गराएको र त्यसपछि प्रहरीको हत्या गरेको बताइएको छ ।

Read More

डेंगुका कारण १७ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको दक्षिण पश्चिम खैबर पाकथुङ्वा प्रान्तमा डेंगुका कारण १७ जनाको मृत्यु भएको छ । लामखुट्टको टोकाइबाट सर्ने भाइरस डेंगुका कारण ४ हजार २ सयभन्दा बढी प्रभावित भएका छन् । गत जुनदेखि पाकिस्तानमा डेंगुको महामारी फैलिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । डेंगु संक्रमितहरु अहिले पाकिस्तानका विभिन्न अस्पतालमा उपचारार्थ भर्ना भएको अधिकारीहरुले जनाएका छन् । डेंगु प्रभावित ३ हजार ५ सय जना उपचारपछि घर फर्किसकेको बताइएको छ ।

Read More

भारतकी वरिष्ठ पत्रकार गौरीको हत्या

भारत । भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थी विचारधाराकी आलोचक गौरीको बैंङ्लोरमा गोली हानी हत्या भएको हो । ५५ वर्षीया गौरी हिजो साँझ आफ्नो घरतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मोटरसाइकलमा आएका व्यक्तिले उनको टाउको र छातीमा गोली हानेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘लंकेश’ पत्रिकाको सञ्चालक रहनु भएका गौरी ४० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी थिईन् ।

Read More

हवाई आक्रमणमा एकै परिवारका १३ जनाको मृत्यु

अमेरिका । पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई आक्रमणमा एकै परिवारका १३ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । अमेरिकी सेनाले हवाई कारबाही भने पनि मारिएका एकै परिवार १३ जनामा प्राय महिला र बालबालिका रहेका वीवीसीले जनाएको छ । अमेरिकी सुरक्षा बलले यस घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । अफगान अधिकारीका अनुसार अफगान सुरक्षाबलले नै छुट्टाछुट्टै इलाकामा गरेको हवाई कारबाहीमा १३ सर्वसाधारणको मृत्यु भएको केही दिनमा नै पुनः यो घटना भएको हो ।

Read More

इतिहासमा आज : सोभियतले कोरियन विमानमा गोली हान्दा दुई सय ६९ को मृत्यु

सेम्टेम्बर १ मा विश्वमा भएका मुख्य घटना १८९४ अमेरिकी राज्य मिनेसोटाको हिंक्ले सहरमा डढेलोबाट फैलेको आगलागीमा परी चार सय ४० को मृत्यु भएको थियो । १९३९ जर्मनीले पोल्यान्डमाथि कब्जा जमाएसँगै दोस्रो विश्वयुद्ध आरम्भ भएको थियो । १९६९ २७ बर्षका सैनिक क्याप्टेन मौमार अल गद्दाफस्ले लिबियाका राजा इद्रिसविरुद्ध सफल सैनिक विद्रोह गरेका थिए । १९७९ अमेरिकी अन्तरिक्षयान पायोनियर ११ पहिलोपल्ट ग्रहमा पुग्न सफल भएको थियो । १९८३ सोभियत हवाई क्षेत्रमा उडेको आरोपमा सोभियत लडाकु विमानबाट कोरियन वायु सेवाको विमानमा गोली प्रहार भएको थियो । उडीरहेको चालक खस्दा चालक दलका सदस्यसहित दुई…

Read More

एनआरएन कतार प्रदेश नं ४ को सदस्यमा स्याङजाका जैसीको उम्मेदवारी

उत्तम भट्टराई /कतार । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको प्रदेश नं चारको सदस्यमा घनश्याम जैसी (अर्याल)ले उम्मदवारी घोषणा गरेका छन् । स्याङजाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ रैते घर भई हाल कतारको एक प्रतिष्ठित कम्पनीमा एक दशक भन्दा लामो समय देखी कार्यरत जैसीले मध्यपूर्व कतारमा कार्यरत नेपाली श्रमिकहरुको दुख सुखमा साथ दिएर दबिएर रहेका आवाजलाई बुलन्द पार्न आफुले उम्मेदवारी दर्ता गराएको जानकारी गराए । कतारको अग्रणी संस्था स्याङजा सहयोग समाज कतारको मौजुदा कार्यसमितिको उपाध्यक्ष मा रहेर काम गरीरहेका जैसी एनआरएनमा प्रबेश गर्न खोजेका हुन् । स्याङजा सहयोग…

Read More

आमिर खानका १० रोचक तथ्य

एजेन्सी । बलिउड फिल्म क्षेत्रमा सबैभन्दा लोकप्रिय नायकको रुपमा चिनिन्छन् आमिर खान । आमिर खानलाई मिस्टर पर्फेक्ट्निस्टको नामले पनि चिनिन्छन् । आमिर आफैमा अभिनेता, निर्देशक, पटकथा लेखक, गायक र प्रोडक्सन संस्थापक पनि हुन् । आमिरका बाहिर नआएका केही रोचक तथ्य यस्ता छन् । १. आमिरले फिल्मी क्षेत्रमा पाइला टेकेपछि २० वर्षको उमेरमा पहिलो पटक अनस्क्रिन किसिङ सिन दिएका थिए । सन् १९८४ मा फिल्म होलीको लागी उनले उक्त दृश्य दिएका थिए । जुन दृश्य एकदमै भद्दा देखिन्थ्यो । २. आमिरले मागअनुसार तिन हप्तामै १३ किलो तौल घटाएर सबैलाई चकित पारेका…

Read More

मान्छेको मासु खाएको आरोपमा ५ जना पक्राउ

अफ्रिका । दक्षिण अफ्रिकाको क्वाजुन्जु–नटाल प्रान्तको शायामोया गाउँमा टाउको बिनाको लास भेटिएपछि खैलाबैल मच्चियो । गएको जुलाईदेखि बेपत्ता भएका २५ वर्षका जोनेल लाशवेयो लास टाउको नभएको अवस्थामा भेटिएको हो । उनका परिवारले लाशवेयो नरभक्षी मानवको शिकार बनेको आरोप लगाएका छन् । प्रहरीले यो घटनामा संलग्न भएको आरोपम अहिलेसम्म पाँचजनालाई पक्राउ गरेको छ । आफूलाई पारम्परिक डाक्टर बताउने एक व्यक्तिले प्रहरीकोमा गएर आफूले मानिसको मासु खाने गरेको र अब चाहिँ मानिसको खाँदा खाँदा थाकेको बताए । ती व्यक्तिले प्रहरीसँग यस्तो बताएपछि मात्रै गाउँबाट बेपत्ता भएका व्यक्तिको मासुकै लाग हत्या हुने गरेको…

Read More

उत्तर कोरियाले फेरि मिसाइल परीक्षण ग¥यो

कोरिया । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । यस पटक उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापानको उत्तरी क्षेत्रमाथिबाट गएर समुद्रमा खसेको छ । आज बिहान उत्तर कोरियाले जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहार गरेको हो । सुरक्षात्मक चुनौतीका कारण जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास नगरेको पनि अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । मिसाइल समुद्रमा खस्नुअघि तीन टुक्रा भएको जनाइएको छ । उत्तर कोरियाले पछिल्लो ८ वर्षमा धेरै प्रकारका धेरै मिसाइल परीक्षण गरिसकेको छ । तर जापानको माथिबाट जाने गरी मिसाइल परीक्षण गरेको भने पहिलो पटक हो…

Read More