चीनले अन्तरिक्षमा पठाएको कपासको बीउ टुसायो

एजेन्सी । चीनको अन्तरिक्ष अभियान चांग’अ ले चन्द्रमामा लिएर गएका केही बीउहरू टुसाएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ। चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो।मङ्गलवार चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चन्द्रमामा पठाइएका कपासको बीउ उम्रिएर तिनमा कोपिला लाग्न थालेको छ। यसलाई लामो समय लाग्ने अन्तरिक्ष अन्वेषण अभियानका सम्बन्धमा उल्लेखनीय कदम भनिएको छ।चीनको चांग’अ फोर नामको अन्तरिक्ष वाहन पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो भागमा अवतरण गर्ने पहिलो वाहन बनेको थियो।उक्त यान गत ३ जेनुअरीका दिन चन्द्रमाको पछाडि पट्टिको क्षेत्रको भौगोलिक अनुसन्धान गर्ने उपकरणहरूसहित त्यहाँ अवतरण गरेको थियो। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा…

Read More

इटाली सरकार महिला कर्मचारीहरुलाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा

एजेन्सी – इटाली सरकारले कामकाजमा रहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । सरकारले महिनावारीका समयमा महिलाहरुलार्इ तीन दिन विदा दिने तयारी गरेको हो ।तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएको बताइएको छ । उक्त विधेयक पास भएमा सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको समयमा तीन दिन तलब सहितको विदा दिनुपर्नेछ ।व्यवसायिक एवं कामकाजी महिलाका संघसंस्थाहरुले उक्त विधेयकको स्वागत गरेका छन् भने स्थानीय सञ्चार माध्यमहरुले सरकारको कदमको खुलेरै प्रशंसा गरेका छन् । लोककल्याणकारी शासन व्यवस्था भएका विश्वका धेरै मुलुकहरुले महिलालाई ६ महिना सुत्केरी विदा दिँदै…

Read More

सञ्चारकर्मी रवि लामिछानेको प्रमुख आतिथ्यतामा हङकङमा हाइकिङ

हङकङ । सहारा क्लव पोखराको भातृ संस्था सहारा हङकङले हङकङमा यहि असौज १४ अर्थात सेप्टेम्बर ३० तारिख आइतबारका दिन वृहत हाइकिङ कार्यक्रम आयोजना गर्ने भएको छ । सहारा क्लवद्वारा संचालित सहारा एकेडेमीको सहयोग संकलनार्थ उक्त कार्यक्रम आयोजना गर्न लागिएको सहारा हङकङका अध्यक्ष दिपक गुरुङले बताए । सो बारे जानकारी दिन सहारा हङकङले आयोजना गरेको जानकारी सभामा उक्त हाइकिङ कार्यक्रमको प्रमुख अतिथीको रुपमा चर्चित सञ्चारकर्मी रवी लामिछाने सहभागी हुने भएका छन । सो कार्यक्रममा सहारा हङकङका महासचिब कुमार गुरुङले हाइकिङ कार्यक्रम बाट संकलित रकम मध्ये बाट खर्च कटाएर सबै रकम सहारा…

Read More

साउदी अरेबियाका राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु

साउदी । साउदी अरेबियाका एक राजकुमारको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । राकुमार मन्सुर बिन मुक्रिन चढेको हेलिकप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उहाँको निधन भएकोअन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकप्टर भ्रमणमा हुनुहुन्थ्यो । दुर्घटनाको कारण नखुलेको बिबिसीले जनाएको छ । युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा रहेको भ्रष्टाचार विरुद्धको नयाँ कमिटिले ११ राजकुमार तथा चार बहालवाल मन्त्रीसहित धेरैलाई पक्राउ गरेको केही दिनमै राजकुमार मन्सुरको हेलिकप्टर दुर्घटना भएको हो ।दुर्घटनामा निधन भएका राजकुमार मन्सुर पूर्व युवराज मुक्रिन बिन अब्दुल अजिजका छोरा…

Read More

यी हुन् ३६ सन्तानका बाउ, ३७ औँ बच्चाको पर्खाइमा (भिडियोसहित)

यो जमानामा एकदुई जना सन्तान हुर्काउन त गाह्रो हुन्छ । तर यहाँ ३६ जना बच्चा पालन पोषण गर्ने मर्द बाउहरु पनि रहेछन् । यी मर्द तीन दर्जनका बाउ बनिसके । अझ केही समयपछि नै थप एक बच्चा पाउनेवाला छन् । गुलजार खान नामक एक पुरुष अन्तर्राष्ट्रिय मिडियामा छाइरहने गरेका छन् । पाकिस्तानको इस्लामावादमा बस्ने गुलजारकी तेश्री पत्नी अहिले गर्भवती छिन् । आफ्ना ३६ जना बच्चा भैसकेको अवस्थामा श्रीमती गर्भवती हुँदा गुलजारलाई चिन्ता हुनुपर्ने हो, कसरी पाल्ने यतिधेरै बच्चा ? भनेर । तर उनी निकै खुसी छन् । उनीमात्र होइन, पूरै…

Read More

साइकल लेनमा ट्रक चलाउँदा ८ को मृत्यु

अमेरिका । अमेरिकाको न्युयोर्कमा साइकल लेनमा एक ड्राइभरले ट्रक चलाउँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १२ जना घाइते भएका छन् । लोअर म्यानह्याटनमा ती व्यक्तिले फुटपाथ र साइकल लेनमा पिक – अप ट्रक जोताएपछि एउटा स्कूल बससँग ठोक्काएको प्रहरीले जनाएको छ । त्यसपछि २९ वर्षीय ती आक्रमणकारीले दुईवटा बन्दुक राखिएको आफ्नो ट्रक छाडेका थिए । लगत्तै प्रहरीले उनलाई गोली हानी नियन्त्रणमा लिएको बीबीसीले खबर लेखेको छ ।

Read More

पत्याउनुहुन्छ ? आइन्स्टाइनले कोरेका २ टुक्रा कागज २० करोडमा बिके

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले मनका कुरा कोरेका दुइ टुक्रा कागज २० करोड रुपैयाँ भन्दा धेरै मूल्यमा बिक्रि भएका छन् । इजरायलको राजधानी जेरुसेलममा भएको लिलामीमा आइन्स्टाइनले कोरेका कागजका टुक्रा करोडौँमा बिकेका हुन् । आइन्स्टाइनले खुसी जिवनका बारेमा एक हरफ लेखेको कापीको एउटा पाना झण्डै साढे १५ करोड रुपैयाँमा बिकेको छ । उक्त हरफ आइन्स्टाइनले सन् १९२२ मा जापानको टोकियोमा लेखेर एक वेटरलाई टिप्सको रुपमा दिएका दिए । आइन्स्टाइनलाई त्यसबेला केही समय अघिमात्र उनले नोबेल पुरस्कार जितेको जानकारी प्राप्त भएको थियो । नोबेल पुरस्कार जितेको त्यो समाचार उनलाई ल्याइदिने व्यक्तिलाई उनले…

Read More

पोर्चुगलका दुई वटा जंगलमा आगलागी, कम्तिमा ३१ जनाको मृत्यु

पोर्चुगल । पोर्चुगलका दुई वटा जंगलमा भएको आगलागीमा परेर कम्तिमा ३१ जनाको मृत्यु भएको छ । पोर्चुगलको उत्तरी सीमामा रहेको स्पेनिस क्षेत्र गालिसिया क्षेत्रको जंगलबाट आगलागी भएको हो । यस्तै पोर्चुगलको मध्य क्षेत्रमा रहेको जंगलमा पनि आगलागी भएको छ । दुवै जंगलमा लागेको आगोमा परेर कम्तिमा ३१ जनाको मृत्यु भएको र धेरै घाइते भएको अधिकारीहरुले जनाएका छन् । गर्मी मौसम र हावाहुरीका कारण आगो तिव्ररुपमा फैलिएको बताइएको छ । आगलागी नियन्त्रणमा लिन हजारौं अग्नि नियन्त्रक खटिएका छन् । आगलागी फैलिएको उत्तरी पोर्चुगलको तागुस नदी क्षेत्रमा आपतकालिन अवस्था घोषणा गरिएको छ…

Read More

हिटलरको कट्टु ६० हजारमा बिक्यो !

कसैले प्रयोग गरेर फ्याँकेको कट्टुको मूल्य कति होला रु वास्तवमा यो कुनै सोध्ने प्रश्न नै होइन, किनकि त्यस्तो मूल्यहीन वस्तु रद्दीका लागि मात्र योग्य हुन्छ । तर जर्मनीका चर्चित तानाशाह हिटलरले प्रयोग गरेको कट्टु भने झन्डै ६० हजार रुपैयाँमा बिक्री भएको छ । अमेरिकामा भएको एक लिलामीका क्रममा हिटलरको कट्टु ५५ सय अमेरिकी डलरमा लिलाम भएको हो । सेतो पाटे नाइलनको कट्टु निकै ठूलो आकारको थियो, १९ इन्च लामो । साथै यसको कम्मरको साइज ३९ थियो भने दायाँ माथिपट्टि हिटलरको नाम जनाउन ए एच लेखिएको थियो । अष्ट्रियाको ग्राजस्थित पार्कहोटलमा…

Read More